पोखरा, २ जेठ । कास्की प्रहरीले पोखराका विभिन्न स्थानमा भएका चोरीका घटनामा संलग्न २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोरखा मान्वु घर भइ हाल पोखरा ६ बस्ने १९ वर्षे दीपक घले र उदयपुर घर भै हाल पोखरा १३ बस्ने ३१ वर्षे विन्दा तामाङ रहेको बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताए ।
लेकसाइड खहरेचोकमा वैशाख ३१ मा चेकिङ क्रममा घलेको साथबाट चोरी गरेको ल्यापटप एक थान सहित विभिन्न कमपनीका ८ थान मोवाइल, मेमोरी कार्ड, पेनड्राइभ बरामद गरिएको हो भने न्यूरोडबाट तामाङलाई चोरी गरेका विभिन्न झोलासहित १ जेठ मा पक्राउ गरिएको हो ।
प्रहरीले जेठ १ मा खैरो हेरोइन सहित पोखरा १०, इन्द्रचोकबाट २ जना युवायुवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा १०, घलेचोक बस्ने ४० वर्षे जूना नेपाली र पोखरा १५ बस्ने वर्ष ३० का सुवास राना छन् । शंकास्पद रुपमा हिडिरहेको अवस्थामा खानतलास गर्दा उनीहरुको साथबाट ९ पोका खैरो हेरोइन बरामद गरिएको जनाइएको छ ।
Related News
सम्बन्धित समाचार
कालीगण्डकी दोहन रोक्न साझा पहल
राष्ट्रपति भण्डारी आज पोखरा आउँदै, भोलि दिउँसाेमात्र फर्कने
नागरिकता विधेयक फिर्तापछि तरंग
ट्होटेका दिन साउन ३१ गते पाेखरामा स्थानीय बिदा
आत्महत्या रोक्न परिवारको मुख्य भूमिका
hero news full width
मुख्य समाचार
गण्डकीको होमस्टे : पाहुना जाँदैनन्, पैसामात्रै खर्च
कोरोनापछि गाईजात्रा रौनक
श्रावण २८, २०७९मुखियाका गाउँमा न्यायिक समिति : पहिलो मुद्दामै मिलापत्र
श्रावण २७, २०७९रत्न मन्दिर र हिमागृह खोल्न माग
श्रावण २७, २०७९विमानस्थल संचालन नयाँ वर्षमै : पर्यटमन्त्री श्रेष्ठ
श्रावण २६, २०७९टुक्रे योजनाले काम दिगो भएन
श्रावण २६, २०७९