कुनै पनि दिन पार्टीएकता : प्रम

आदर्श समाज सम्वाददाता
जेठ २, २०७५

काठमाडौँ, १ जेठ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अन्य तयारी बाँकी नरहेकाले चुनावमा गरिएको प्रतिबद्धताअनुसार निकट भविष्यमा नेकपा (माओवादी केन्द्र) सँग एकता हुने बताएका छन् ।

युवा संघ नेपालको २८औँ स्थापना दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूहरूको एकता भाँड्न खोज्नेहरूलाई जवाफ दिँदै कुनै पनि दिन एकता हुन सक्ने भएकाले त्यसको तयारीमा रहन आहृवान गरे ।

उनले भने, ‘दुर्इ पार्टीका नेताहरूलाई दुर्इतिर र्फकेको तस्बीर राखेर गलत प्रचार गर्नेहरूलाई अहिले सन्तोष मान्न दिउ तर हामी दुर्इ/तीन दिनको समय राखेर एकताको मिति घोषणा गर्न सक्छौँ । पत्रकारहरू भोलि बालुवाटारमा हेर्न आए हुन्छ, त्यहाँ हामी एकताको तयारी गर्दैछौँ ।’

एकतापछि समृद्धि, सुशासन र राष्ट्रिय स्वाधीनताका लागि देशव्यापी अभियान सञ्चालन गरेर दुनियाँलाई देखाउने उद्घोष गर्दै प्रधानमन्त्री ओलीले चुनावी घोषणापत्रअनुसार समृद्धि र न्यायपूर्ण समाज अनुकूल संयुक्त नीति कार्यक्रम र बजेटको तयारीमा सरकार रहेको स्पष्ट गरे ।

अबको ३ वर्षपछि नेपालले भारतलाई बिजुली बेच्ने स्थिति आउने ठोकुवा पनि उनले गरे । सरकारले सुन तस्करी र यातायातमा एकाधिकार तोडेको उल्लेख गर्दै उनले भ्रष्टाचार, कालोबजारी, तस्करीको विरुद्ध अभियान छेड्न युवालाई आहृवान गरे । यस्तै, प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमण र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका अवसरमा आफूले नेपालको स्वाभिमानमा आँच आउने कुनै काम नगरेको बरु विगतमा भएका राष्ट्रहितविरोधी व्यवहारलाई सच्याएको दाबी गरे ।

उनले भारतीय प्रधानमन्त्रीसँग विगतमा सरकार प्रमुखले ‘हजुर संविधान संशोधन गर्छु भनेर घुँडा टेकेको तर पछिल्लो समयमा मोदीले नेपालमा संविधान जारी भई निर्वाचन सम्पन्नपश्चात् नयाँ सरकार गठन भएकामा यसलाई स्वणिर्म समय भन्दै नेपालको प्राथमिकता र आवश्यकतामा सहयोग गर्छुभनेकाले नेपालको शिर झुक्यो कि भनेर भ्रममा नपर्न आग्रह गरे ।

प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्रीको भ्रमणका समयमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु रावतले दिएको अभिव्यक्ति गलत भएको र त्यो नेपाल सरकारको धारणा नभएको र हुन नसक्ने स्पष्ट पनि गरे ।

नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले आन्दोलनको चरण समाप्त भएकाले पुनः निर्माणको अभियानमा लाग्न युवाहरूलाई आग्रह गरे । अर्का वरिष्ठ नेता माधवकुमार नेपालले छिट्टै पार्टीएकता गरेर समृद्धि र स्थायित्वको अभियान दिशामा मुलुकलाई लगिने बताए ।

पार्टीका महासचिव एवं रक्षामन्त्री इश्वर पोखरेलले युवाहरूमा सही विचार, विधि र नेतृत्वलाई मान्ने क्षमता हुनुपर्नेमा जोड दिए ।

संघका अध्यक्ष रमेश पौडेलले समृद्धि र सुशासनका लागि युवा अभियानको घोषणा गरे ।

Related News

सम्बन्धित समाचार

  • हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन  

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाको २५ औं वार्षिकोत्सव तथा रजत जयन्तिको अवसरमा बिहीबार रक्तदान कार्यक्रम भएको छ । संस्थाले…
  • शिशुवा सिसाघाट सडक शिलान्यास

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    लेखनाथ । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले शिशुवा सिसाघाट सडक अन्तर्गतको शिशुवा–खुदीखोला पुल खण्डको बिहीबार शिलान्यास गरेका छन् । प्रमुख…
  • मुख्य न्यायाधिवक्ताको कार्यालयले बल्ल सच्यायो विवरण

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । गण्डकी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले मुख्य न्यायाधिवक्ता नियुक्तिको १५ दिन पछि मात्र वेबसाइटको विवरण अपडेट गरेको छ ।…
  • कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । नेपालको राजकीय भ्रमणमा आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानी बुधबार स्वदेश फर्किएका छन् । राष्ट्रपति…
  • पुस्तक दिवसमा पुस्तक साटासाट

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस पोखरामा पुस्तक साटासाट गरी मनाइएको छ । ¥यान्डम रिडर्स सोसाइटीले मंगलबार आयोजना…

hero news full width