पोखरा, १ जेठ । ‘तेस्रो टिभिएस अपाचे पोखरा स्पोर्टस अवार्ड-२०७४’ को मनोनयन सार्वजनिक गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कास्कीले आगामी जेठ १८ मा पोखरा सभागृहमा आयोजना गर्ने उक्त समारोहमा प्राडा वीरेन्द्रसिंह गुरुङ लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित हुनेछन् ।
मञ्चले मंगलबार पत्रकार सम्मेलन आयोजना गरी दिएको जानकारी अनुसार विभिन्न विधामध्ये वर्ष उत्कृष्ट खेल संघमा कास्की जिल्ला ब्याण्डमिन्टन संघलाई सम्मान गरिनेछ । यस्तै, वर्ष उत्कृष्ट खेलाडी (पुरुष) विधामा कमलबहादुर भण्डारी (शारीरिक सुगठन), करण केसी (क्रिकेट), तिल पुनमगर (आर्चरी) मनेानयनमा परेका छन् ।
वर्ष उत्कृष्ट खेलाडी (महिला) विधामा विमला नेपाली (सितेरियो कराँते), कमला पुन (हक्की), केशरी आले मगर (आर्चरी), वर्ष उत्कृष्ट उदयीमान खेलाडीमा विवेक अधिकारी (एथ्लेटिक्स), बुद्धिमाया मगर कविता (कबड्डी), मेगबहादुर सेन (क्रिकेट), वर्ष उत्कृष्ट प्रशिक्षकमा जीवन घिमिरे (शारीरिक सुगठन), रिजन प्रजु (क्रिकेट), शिवबहादुर गुरुङ (फुल कन्ट्याक्ट कराँते) मनोनयनमा परेको मञ्च अध्यक्ष केशव पाठकले जनाए । कास्कीमा जन्म तथा कर्मथलो बनाएर जिल्ला, क्षेत्रीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चा कमाएका खेलाडीलाई मनोनीत गरिएको जुरी कमिटीले जनाएको छ ।
लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्ने भूपू खेलाडी मञ्चका पूर्व अध्यक्ष समेत रहेका प्राडा गुरुङलाई ताम्रपत्रसहित सम्मान गरिनेछ । प्राज्ञिक क्षेत्रका व्यक्तित्व रहेर पनि पोखरामा खेलकुदका विकासमा उनको योगदानको कदर गर्दै मञ्चले सम्मान गर्न लागेको हो। उनी पृथ्वीनारायण क्याम्पस पोखराका पूर्व प्रमुख हुन्। पोखरामा हक्की खेल भित्राउने श्रेय उनलाई नै जान्छ। लनटेनिससँगै अहिले लोकप्रिय बनेको क्रिकेट खेलको विकास र पूर्वाधार निर्माणमा उनको महत्वपूर्ण योगदान रहेकोले उनलाई सम्मान गर्न लागिएको मूलआयोजक समिति संयोजक दीननाथ बरालले बताए ।
वर्ष खेलाडी पुरुषलाई टिभिएस अपाचे मोटरसाइकल, वर्ष खेलाडी महिलालाई टिभिएस विगो स्कुटर, वर्ष उत्कृष्ट उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षकलाई जनही १५ हजार र वर्ष उत्कृष्ट खेल संघलाई १० हजार रुपैयाँसहित सम्मान गरिनेछ । खेलाडी तथा प्रशिक्षकलाई वर्ल्ड वाइड कनेक्सन मोबाइल हब, वर्ल्ड भिजनबाट ४ थान मोबाइल प्रदान गरिनेछ ।
यसपालि थप विधातर्फ खेलकुद पर्यटन पत्रकारिता पुरस्कार रहेको छ । कास्कीमा रहेर कम्तीमा ५ वर्ष निरन्तर खेल-पर्यटनमा कलम चलाउने पत्रकारलाई १५ हजार रुपैयाँसहित ताम्रपत्र प्रदान गरिनेछ ।
गायन क्षेत्रबाट खेलकुदमा योगदान दिने बिनोद बानियाँ समेत सम्मानित हुनेछन् । कार्यक्रममा गायक शिव परियार, कर्णदास, बिनोद बानियाँको गायन तथा हिमाली सांस्कृतिक परिवारको प्रस्तुति, खेलाडीद्वारा र्याम्प वाक समेत हुनेछ । बतास ब्रदर्श प्रालिले मञ्चको अवार्डलाई ३ वर्षसम्म हालै मुख्य प्रायोजन सम्झौता गरेको हो ।
कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले पत्रकारले आयोजना गरेको यो अवार्ड पत्रकार र खेलाडीको मात्र नभई सम्पूर्ण पोखरेलीको प्रतिष्ठाको विषय भएको बताए। मञ्च अध्यक्ष पाठकले कार्यक्रमलाई सफल पार्न सम्पूर्णको सहयोगको खाँचो औल्याए । कार्यक्रम सञ्चालन सचिव रञ्जन अधिकारीले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
सेभेन ए साइडमा तितुङको दोहोरो ह्याटिक
सेभेन ए साईड फुटबल : भीमकालिसँग बी–१३ पराजित
सेभेन ए साइड प्रतियोगिता सुरु
गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
नवौं राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा सार्वजनिक
hero news full width
मुख्य समाचार
नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
चुनावको जात्रा, मकैको व्यापार
जेठ ११, २०७९बजेट अधिवेशन आजदेखि
जेठ ११, २०७९पोखराको पन्ध्राैं मेयर धनराज आचार्य, ६ हजार मतान्तर
जेठ ११, २०७९पोखराको स्थगित मतगणना फेरि सुरु
जेठ १०, २०७९पोखराको स्थगित मतगणना अझै सुरु भएन
जेठ १०, २०७९