पोखरा, १ जेठ । मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृत -सिइओ) मा नियुक्त प्रद्युमन पोखरेलको पदस्थापन भएको छ । बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा कार्यरत पोखरेललाई बैंकल सञ्चालक समितिले यसअघि सिइओमा नियुक्ति गर्ने निर्ण गरेको थियो । बैंकि· क्षेत्रमा करिब २८ वर्ष लामो अनुभव संगालेका पोखरेलले संस्थापक प्रमुख कार्यकारी अधिकृत भरत राज ढकालको कार्यकाल समाप्त भएपश्चात बैंकको दोस्रो प्रमुख कार्यकारी अधिकृतका रुपमा पदभार ग्रहण गरेका हुन् ।
सञ्चालक समिति अध्यक्ष खिमप्रकाश मल्लले नवनियुक्त प्रमुख कार्यकारी अधिकृत पोखरेललाई पद तथा गोपनियताको शपथ ग्रहण गराए ।वाणिज्य शास्त्रमा स्नातकोत्तर पोखरेलले नबिल बैंकबाट आफ्नो बैंकि· सेवा शुरु गरी करिब १९ वर्ष उक्त बैकको विभिन्न विभागहरुको जिम्मेवारी वहन गरेका थिए ।पछि उनी ६ वर्ष मेघा बैंक नेपाल लिमिटेडमा सहायक महाप्रबन्धकको रुपमा कार्यरत रही २०७३ मंसिर १९ गतेदेखि मुक्तिनाथ बैंकको नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रहेका थिए। बैंकले नवनियुक्त प्रमुख कार्यकारी अधिकृतको पदस्थापन कार्यक्रमको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत वीर अस्पतालको सरसफाइको लागि १ लाख आर्थिक सहयोग गरेको छ। उक्त सहयोग रकम धुर्मुस सुन्तली फाउन्डेशन मार्फत फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुश) लाई बैंकका सञ्चालक समितिका अध्यक्ष मल्लले प्रदान गरेको बैंकका प्रवक्ता/ सहायक प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
कार्यकारी अधिकार खोज्दै समन्वय समिति
गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी
पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैते दसैँमा गण्डकीमा सार्वजनिक बिदा
नवलपुरको सर्दी जंगलमा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?
चैत्र १३, २०७९फिर्के र सिमसार दोहन रोक्न ध्यानाकर्षण
चैत्र १३, २०७९संसद फेस गर्छु : मुख्यमन्त्री अधिकारी
चैत्र १३, २०७९