पोखरा, १ जेठ । वास्तवमा उनले पेसा बदल्न सक्थे । राम्रो मुनाफा दिने क्षेत्रमा लगानी गर्न सक्थे । तर बगरमै श्रम, सीप र पसिना सिँचेर युवायुस्तालाई नयाँ पाठ सिकाएका छन्, उनले । किनकि उनकै आँखाअघि निरस युवापुस्ता ठूलो संख्या विदेशी भूमिमा दिनहुँ श्रमशक्ति बेचिरहेको छ ।
तर लिला लामिछाने उमेरले छ दशक पुग्न लाग्दा कृषि र्फममै रमाइरहेका छन् । पोखरा १५, रानीखहरेस्थित सेती किनारमा उनको लोभलाग्दो ढंगले ‘नमूना अर्गानिक कृषि तथा पशु विकास र्फम प्रालि’ सञ्चालित छ । सेती बगर क्षेत्रको करिब ५४ रोपनी क्षेत्रफलमा फैलिएको र्फमका किस्सा-किस्सामा भैंसीपालन, माछापालन, कुखुरापालन, अर्गानिक तरकारी खेती, केरा खेती देख्न सकिन्छ ।
लामिछानेको जन्म पर्वतको राम्जा तिलाहारमा बाबु मानबहादुर र आमा गौरा लामिछानेको कोखबाट ५८ वर्षअघि भएको हो । २ दाजुभाइ र २ दिदी रहेकोमा उनले ११ वर्षकै उमेरमा बाबु गुमाए । यद्यपि गाउँघरमा दुःखजेलो गरी जीवनको गति अगाडि बढाउँदै गए । पछि भारतीय सेनामा भर्ति भएका उनी २०५१ सालमा पेन्सन निस्के । त्यसबेलासम्म उनको परिवार पोखरा बसाइँ सरिसकेको थियो । साढे १६ वर्ष पल्टन सेवा पूरा गरेपछि पोखरामा सुरुवातमा जेसिबीको डिलर लिए । सो व्यवसायमा खासै मन गएन । किनकि उनको अभिरुची कृषि गड्यो । र, झरे सेती बगरतिर ।
एक दशकअघि नेपाल बैंकको लिलामीमा रहेको बगर क्षेत्रको ५४ रोपनी जग्गा खरिदपछि सो ठाउँ सदुपयोग गरी उनले पशुपालन तथा अर्गानिक खेती थाल्ने योजना बनाए । त्यहाँ पुग्ने मोटरबाटो थिएन । करिब २ किमीबाटो आफैले करिब १० लाख खखर निर्माण गरे । बगर खेतीयोग्य बनाउन सम्याए । सुरुवातमा उनले र्फममा गाईपालन थाले ।
७ वर्षअघि उनले १४ वटा गाईबाट पशुपालन व्यवसाय थालेका हुन् । गाई मर्ने र त्यसले राम्रो नभएर भैंसीपालनमा आकषिर्त भए । उन्नत जातको भैंसी खरिदका लागि भारतको बिहार राज्यको बेतिनी पुगे । हाल फार्ममा पाडापाडी गरेर कुल ५६ वटा भैंसी छन् । लामिछानेले दैनिक झण्डै सय लिटर भैंसीको शुद्ध दुध बेच्छन् ।
‘नेपाली पुस्ता कहिलेसम्म विदेशिने -’ स्वदेशमै केही गर्ने सल्लाह दिँदै प्रश्न गर्छन्, ‘युवा जनशक्ति यसरी बाहिर जाँदा नेपाल कस्ले बनाउने ?’
ढल्कदो उमेरमा पनि उत्तिकै जाँगरिला लामिछाने हरेक क्षेत्रमा प्रशस्त सम्भावना देख्छन् । २८ जनाका रोजगारदाता उनी चाउथेबाट दैनिक गाडी चलाउँदै फार्म र्झछन् । भन्छन्, ‘कुनै पनि काममा सीप, जाँगर, लगनशील र समर्पण चाहिन्छ ।’ उनको फार्मको कथा यत्तिकै सकिँदैन । फार्ममा अको मनै लोभ्याउने विषय भनेको कुखुरापालन । यहाँ लहरै ८ वटा कुखुरा फार्म छन् । एउटै र्फममै ४ हजार वटा चल्ला अट्ने क्षमता छ । यतिखेर प्यारेट जातको १४ हजार चल्ला हुर्किरहेका छन् । थाइल्याण्ड, फिलिपिन्सबाट खरिद गरिने यो चल्ला यहाँसम्म ल्याइपुर्याउन भने निकै झन्झटिलो रहेको उनको गुनासो छ । शुरुवातमा जिल्ला पशु सेवा कार्यालयको सिफारिस बनाउनेदेखि एयरपोर्टसम्म विभिन्न शीर्षकमा पैसा बुझाउनुपर्छ । यहाँ ल्याइपुर्याउँदा कतिपय मरेर ठूलो नोक्सानी बेहोर्र्नुपर्छ । आफ्नै फार्ममा हृयाचरिङ गरिन्छ । खरिद गर्दा प्रतिचल्ला ४० देखि ६० रुपैयाँसम्म पर्छ । यो जातको कुखुरालाई २४ घण्टामा मात्र एकपटक दान खुवाए पुग्छ भने अन्य बेला पानी खुवाइन्छ । कुखरा फार्ममा रेखदेखको जिम्मा लिएका यसबारे जानकार विपीन पाठक भन्छन्, ‘६ महिनासम्म पालेपछि मात्र प्रोडक्ट फेज आउँछ । एउटा कुखुराले सरदर ९० वटासम्म अण्डा पार्छ । यो जातको कुखुरा ३ देखि साढे ३ किलोसम्म हुन्छ ।’ यसका अलावा लामिछानेले ८ कुखुरा फार्ममध्ये १ फार्ममा क्रस गरिएका लोकल जातका करिब ४ सय वटा कुखुरा पनि पालेका छन् । यसरी सबै कुखुरा फार्मबाटै मात्रै वाषिर्क ४०/५० लाख आम्दानी हुने उनी सगर्व बताउँछन् ।
र्फमको १० रोपनी क्षेत्रफलमा भने हरियै केराखेती छ । घीउ केरा/मालुङ्गे जातको केराको बोट सिँचिदै सेती बग्छ ।
यस्तै, कुनै पनि विष नहालिकन तरकारी खेती गर्न रुचाउने लामिछानेको फार्ममा टमाटर पनि बाक्लै । ७ वटा टनेलमा रोपिने टमाटर ३५ दिनमै फल्छ र उत्पादन दिन्छ । एउटा बोटमा ८ किलोसम्म उत्पादन हुने र यसले १० महिनासम्म निरन्तर उत्पादन दिने उनी बताउँछन् ।
यस्तै, दैनिक उनले ८८ किलोग्रामसम्म अर्गानिक साग बिक्री गर्छन् । ५ वटा पोखरीमा पालिएका ग्रास्का, कमनकाप्र, रैनी जातका माछा पानीमा सल्बलाउँछन् । एउटै पोखरी डेढ रोपनीमा फैलिएको छ ।
लिलालाई काममा श्रीमती माया र छोराछोरीले पनि फुसदमा सघाउँछन् । उनका २ भाइ छोरा र १ छोरीमध्ये जेठा शंकर बीबीए सकेका छन् । कान्छा विशाल एमबीबीएस गर्दैछन् भने छोरी आशा बीएस्सी नर्सिङमा अध्ययरत् छन् ।
फार्ममा उत्पादित दूध, मासु, तरकारी उनको स्वागतम् पार्टीम्म पनि आइपुग्छ । पृथ्वीराजमार्ग किनार पोखरा चाउथेमा रहेको सो पार्टीप्यालेस पनि पोखरामै चल्तीको पार्टीप्यालेस हो ।
‘इमान्दार, मेहनती मानिसले कहिले पनि झुक्नु पर्दैन,’ उनको अहिलेसम्मको बुझाइ हो । स्वास्थ्यमा कहिल्यै पनि सम्झौता नगर्ने उनी अर्गानिक खेती उत्पादित गरेर कृषिमा नेपाल आत्मनिर्भर बनोस् भन्ने चाहना राख्छन् । तर अहिलेसम्म राज्यबाट कुनै पनि सहयोग र अनुदान नपाएका उनले जाँदाजाँदै तिक्कता पोखे, ‘केही गरेर खान्छुभन्दा खुट्टा तान्ने प्रवृत्ति छ ।’
Related News
सम्बन्धित समाचार
शिवशिखर र इमेज सहकारीको समस्याबारे गृहमन्त्रीको ध्यानाकर्षण
प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
नेपाली युवा उद्यमी मञ्च पोखरामा निरन केसी
लेकाली सेकुवा रेस्टुरेन्ट एन्ड बारको ओपनिङमा प्रकाश सपूत
लोककल्याणकारी विज्ञापन रोक्ने निर्णयप्रति स्वतन्त्र पत्रकार संघको ध्यानाकर्षण
hero news full width
मुख्य समाचार
‘मौलिक’ संघीयतामा केन्द्रको तगारो
गण्डकीको आगामी बजेट ३२ अर्ब मात्रै !
जेठ १५, २०८०रेशम चौधरीसहित ५०१ लाई आम माफी
जेठ १४, २०८०गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
जेठ १४, २०८०फल इन लभ नै किन ?
जेठ १३, २०८०संघीयताबारे अहिले नै सफल असफल भनेर मूल्यांकन गर्ने बेला भएको छैन: प्रथम राष्ट्रपति डा यादव
जेठ १३, २०८०