सोत, १ जेठ : उत्तर र दक्षिण कोरियाका उच्चस्तरीय अधिकारीको बैठक बुधबार दक्षिण कोरियातर्फ पर्ने एक सीमा क्षेत्रीय गाउँ पानुमजोममा बस्ने भएको छ।
उत्तर कोरियाली उच्चस्तरीय अधिकारी सम्मिलित एक प्रतिनिधिमण्डल सोमबारमात्र चीन पुगेको समाचारमा जनाइएको थियो।
उत्तर कोरियाली उच्चस्तरीय अधिकारी सम्मिलित सो प्रतिनिधिमण्डलले चीन भ्रमण गरे लगत्तै यता उत्तर र दक्षिण कोरियाली उच्चस्तरीय बैठक पनि आयोजना गर्ने सहमति भएको पनि जानकारी छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ मा सिंगापुरमा उच्चस्तरीय बैठक हुन लागेको छ। त्यसअघिका अरु उत्तर र दक्षिण कोरियाका उच्च अधिकारीको बैठकलाई महत्वपूर्णरुपमा लिइएको छ।
सोही बैठकको पूर्वसन्ध्यामा भएको उत्तर कोरियाली नेताको चीन भ्रमणलाई पनि अर्थपूर्ण भ्रमणका रुपमा लिइएको छ। उत्तर कोरियाली नेता उन पनि केही दिनमात्र अघि चीन पुगेका थिए ।
उनले गएको दुर्इ महिनायता यो दोस्रो पटकसम्म चीनको भ्रमण गरेका थिए। दुर्इ महिना यताको यो पनि एक उच्चस्तरीय भ्रमण नै रहेको अधिकारीले जनाएका छन्।
गत अप्रिल २७ मा उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाई इनबीच उच्चस्तरीय बैठक भएको थियो।
उक्त बैठकमा भएको शान्ति सम्झौताका साथै अरु सहमतिको कार्यान्वयनका लागि बुधबार दुर्इ कोरियाबीच यो बैठक बस्न लागेको बताइएको छ।
उक्त बैठक मन्त्रीस्तरमा हुने बताइएको छ। दक्षिण कोरियाका राष्ट्रिय एकता मन्त्रीले सो बैठकमा सहभागिता जनाउने छन्।
विश्वकै चासो र प्रतिक्षाको उक्त विषयको अन्त्य भएको भन्दै सिंगापुरमा हुने अमेरिका उत्तर कोरिया वार्ता कोरियाली प्रायःद्वीपमा शान्ति स्थापनाका लागि महत्वपूर्ण कदम हुने अपेक्षा पनि गरिएको छ।
अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच हुने उच्चस्तरीय भेटवार्ताको तयारी भइरहेको अमेरिकाले जनाएको छ। यसका लागि उत्तर कोरियाले आफ्नो थुनामा रहेका अमेरिकी नागरिकलाई पनि रिहा गरिसकेको छ।
सो वार्ताको पूर्वसन्ध्यामा अमेरिकी राष्ट्रपति ट्रम्पले एसियाली विभिन्न देशका नेतासँग फोनवार्ता गरेका थिए ।
गत अप्रिल महिनामा भएको सो शान्ति सम्झौता र सहमतिको कार्यान्वयनका लागि भन्दै सो बैठकको आयोजना गरिएकोले उत्तर र दक्षिण कोरियाबीच वार्ताप्रति आशा जागेको छ।
Related News
सम्बन्धित समाचार
६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
राष्ट्रियसभा उपाध्यक्षमा उर्मिलाको उम्मेदवारी
पर्वतीय संग्रहालयले स्थापना दिवस मनायो
राष्ट्रिय स्वन्तन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा
पिएनसी जग्गा विवाद : कित्ता नम्बर ८३३ साठीघरे पराजुलीको ‘खरबारी ’
hero news full width
मुख्य समाचार
पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
माघ २२, २०७९समाचार गाली बेइज्जती नभएको कास्की अदालतको ठहर
माघ २२, २०७९हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
माघ २२, २०७९राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
माघ २२, २०७९राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
माघ २२, २०७९