नवलपुर, १ जेठ । नवलपरासी बर्दघाट सुस्ता पूर्वको मध्यविन्दु नगरपालिकाको दोस्रो नगर सभा ९ वटा विधेयक पारित गर्दै सकिएको छ।
नगरप्रमुख चन्द्रबहादुर रानाको अध्यक्षतामा भएको नगर सभामा नगरप्रमुख रानाले पेश गरेको ती विधेयक पास भएको मध्यविन्दु नगरपालिकाका विकाश रानाले बताए। स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार एक आर्थिक वर्षमा २ वटा नगरसभा गर्न पाइने प्रावधान अनुसार मध्यविन्दु नगरपालिकाले आज दोस्रो नगरसभा गरेको हो।
नगर सभाले नगर सभा सञ्चालन कार्यविधि २०७५, आर्थिक ऐन २०७४ लाई संशोधन गर्न बनेको आर्थिक (संशोधन) विधेयक २०७५, विनियोजन ऐन २०७४ लाई संशोधन गर्न बनेको विनियोजन -संशोधन) विधयक २०७५, प्रशासकीय कार्यविधि (नियमित गर्ने) विधेयक २०७५ पारित गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज सेर्ढाईले बताए।
त्यस्तैगरी मध्यविन्दु नगरपालिकाको दोस्रो नगरसभाले सहकारी विधेयक २०७५, नगरपालिकाको स्थानीय कृषि व्यवस्थापन प्रबर्द्धन विधेयक २०७५, आर्थिक कार्यविधि -नियमित तथा व्यवस्थित गर्न बनेको) विधेयक २०७५, न्यायिक समितिले उजुरीको कारवाही किनारा गर्दा अपनाउनु पर्ने कार्यविधिको सम्बन्धमा विधेयक २०७५ र आर्थिक वर्ष २०७४/२०७५ को -आय र व्ययको अनुमान) बजेट वक्तव्य मार्फत अनुमानित र विनियोजित रकमको अंकमा भएको संशोधन प्रस्तात पारित भएको हो।
दोस्रो नगरसभाले चालु आर्थिक वर्षको बजेटलाई संशोधन गरेर कुल बजेटको संशोधित अनुमान ४८ करोड ९४ लाख ४८ हजार ९ सय ८७ रुपैयाँ विनियोजन विनियोजन गरेको छ।
सभाले चालु तर्फ १८ करोड ७५ लाख ३ हजार ७ सय र पुँजीगत तर्फ ३० करोड १९ लाख ४५ हजार २ सय रुपैयाँ विनियोजन गरेको मध्यविन्दु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज सेर्ढाईले बताए। त्यस्तै अधिवेशनले मध्यविन्दु नगरपालिकाको न्यायिक समितिलाई पूर्णता दिएको छ। नगर उपप्रमुख ओमकुमारी महताको संयोजकत्वमा ३ सदस्यीय न्यायिक समिति बनेको हो। न्यायिक समितिका सदस्यहरुमा अमृतप्रसाद ज्ञवाली र दीर्घलक्ष्मी काफ्लेलाई पारित गरेको छ।
Related News
सम्बन्धित समाचार
कार्यकारी अधिकार खोज्दै समन्वय समिति
गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी
पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैते दसैँमा गण्डकीमा सार्वजनिक बिदा
नवलपुरको सर्दी जंगलमा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?
चैत्र १३, २०७९फिर्के र सिमसार दोहन रोक्न ध्यानाकर्षण
चैत्र १३, २०७९संसद फेस गर्छु : मुख्यमन्त्री अधिकारी
चैत्र १३, २०७९