खैरेनीटार, १ जेठ। शुक्लेश्वर बैजनाथ बोल बम समूह, शुक्लागण्डकीको आयोजनामा त्रिवेणीधाम दोभानमा रहेको मन्दिर परिसरमा शिवलि· स्थापना भएको छ।
शिवलि· शिलान्यास गर्दै शुक्लागण्डकी नगरपालिका वडा ७ का वडाध्यक्ष रामबहादुर क्षेत्री थापाले त्रिवेणीधाम दोभानलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य लिइएको र यसको प्रचारप्रसार गरी आर्थिक वृद्धि गर्न सम्भव रहेको बताए। उनले यस क्षेत्रको विकासमा सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जनाए।
वडा ३ का वडाध्यक्ष रामकुमार श्रेष्ठले धर्मले मानिसलाई असल कार्य गर्न प्रेरित गर्ने भएकोले धार्मिक स्थल तथा मठ मन्दिरको संरक्षण र विकासमा ध्यान दिनुपर्ने बताए।
भिमाद नगरपालिका वडा ८ का वडाध्यक्ष बुद्धिमान श्रेष्ठले धार्मिक ऐतिहासिक पृष्ठभूमि भएको यस ठाउँको धार्मिक तथा पर्यटकीय महत्व रहेको बताए। उनले पवित्रस्थलमा शिवलि· स्थापना गरी धार्मिक पर्यटनलाई बढाउने कार्य गरेकोमा आयोजकको प्रशंसा गरेका थिए।
शुक्लेश्वर बैजनाथ बोल बम समूहका सचिव रितुभुवाईले श्रावण महिनामा गरिने बोलबम यात्रासँगै यस क्षेत्रको विकासको लागि तथा विभिन्न समयमा हुने धार्मिक कार्यक्रमका लागि समेत सहयोग मिलोस् भन्ने उद्देश्यले शिवलि· स्थापना गरिएको बताए। उनले आगामी दिनमा यस ठाउँमा १०८ शिवलि· स्थापना गरी धार्मिक, सांस्कृतिक विकासमा योगदान दिने लक्ष्य रहेको पनि जनाए।
कार्यक्रममा समाजसेवी गोपिकृष्ण तिवारीले ८८ हजार ऋषिमुनिले तपस्या गरेको यस पुष्यमूमिको पौराणिक महत्व रहँदारहँदै पनि प्रचारप्रसार नहुँदा ओझेलमा परेको गुनासो गरे। उनले यस त्रिवेणीधाम दोभानमा गएर स्नान तथा तोरण तार्ने कार्य गरेमा जीवनमा सुर्चेभोग गर्न पाइने तथा विभिन्न समस्याबाट मुक्त भइने पौराणिक मान्यता अनुसार हरिशयनी एकादशी लगायत विभिन्न धार्मिक पर्वमा भक्तजनको आगमन हुने गरेको बताए ।
स्थानीय समाजसेवी प्रेमबहादुर श्रेष्ठले देशको विकास गर्नको लागि धार्मिक तथा पर्यटकीय क्षेत्रलाई राज्यले समयमा नै पहिचान गरी यस्ता क्षेत्रको विकास र संरक्षणमा लाग्नुपर्ने बताए।
शुक्लेश्वर बैजनाथ बोल बम समूहका अध्यक्ष रमानन्द चौधरीको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन सचिव ऋतु भुवाईले गरेका थिए।
Related News
सम्बन्धित समाचार
नौमती बाजाः जीतको पर्याय
सार्वजनिक बिदाका दिन चलेका सरकारी गाडी नियन्त्रणमा
महानगरमा बिदा नहुने
गणतन्त्र दिवस ३ दिन मनाइने
भारतीय प्रधानमन्त्री मोदी भोलि नेपाल भ्रमणमा आउँदै
hero news full width
मुख्य समाचार
कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
जेठ ९, २०७९आमाको प्रेरणाले समाजसेवामा लागें : पूर्व मेजर डिलबहादुर
जेठ ९, २०७९पोखरा मतगणना: धनराज र मञ्जुको अग्रता कायमै
जेठ ९, २०७९गण्डकीमा दलित नेतृत्व २ मात्रै
जेठ ९, २०७९