d’:tfªsf] w’Daf tfn d’:tfªsf] 3/khf]ª ufpFkflnsf–% df cjl:yt ko{6sLo w’Daf tfn . tl:a/ M /fdaxfb’/ yfkf, afun’ª, /f;;
मुस्ताङ, १ जेठ : “ढुम्बा तालको पर्यटकीय आकर्षण ‘जेरी’ फिल्मको छायाङ्कन पछि मात्र बढेको हो, ” ढुम्बा ताल संरक्षण समितिका सदस्य एवं स्थानीयवासी श्यामलाल गुरुङले भने।
हिमालपारिको जिल्ला मुस्ताङको घरवजोङ गाउँपालिका- ५ ढुम्बा गाउँमा रहेको रमणीय ताल यतिखेर आन्तरिक तथा बाहृय पर्यटकको आकर्षण बनेको छ। सदरमुकाम जोमसोमबाट ४५ मिनेटको पैदल यात्रापछि पुगिने यो ताल मुस्ताङको ऐतिहासिक ठिनी गाउँको नजिकै पर्छ।
लगभग ४ सय मिटर लम्बाइ र १ सय मिटर चौडाइमा अवस्थित ढुम्बा तालको गहिराइ करिब १० मिटर रहेको गुरुङ बताउँछन्। २०७२ को भूकम्पका कारण तालको पानी सुक्दै जान थालेपछि चिन्तित बनेका स्थानीवासी यतिखेर पानी पूर्ववत् अवस्थामा रहन थालेपछि खुशी छन्।
भूकम्पपछि मुहान सुक्नाका साथै तालको भूभाग चर्कंदा पानी सुक्दै गएको थियो। ‘जेरी’को छायाङ्कनसँगै विश्व बजारमा चर्चा पाएको ढुम्बा ताललाई त्यसपछि छायाङ्कन भएका विभिन्न चलचित्र एवं गीतको भिडियोले पर्यटन बजारमा थप चर्चामा ल्याएको हो। वरपरका हिमालको छायाँका साथै माछा एवं जलचरको दृश्यले यहाँ आउने जो कोही पर्यटक मोहित हुने गरेका छन्।
तालको नजिकै रहेको ऐतिहासिक कुछप तेरेङ्गा गुम्बामा यही तालको पानी चढाउने भएका कारण यसको धार्मिक महत्व रहेको गुरुङको भनाइ छ। ढुम्बा तालमाथिको उक्त गुम्बामा गुरु पद्मसम्भवले प्रयोग गरेका केही सामान अझै सुरक्षित छन्। उनका कपडा, जुत्ता र कपाल यहाँ अझै छन्। बौद्धमार्गी यस गुम्बामा दर्शन गर्न पाउँदा आफूलाई निकै भाग्यमानी ठान्छन्।
तालमा देखिने निलगिरि हिमालको छायाँले पर्यटकलाई मोहित पार्ने गरेको छ। वरपरका हिमाली दृश्यको छायाँसमेत तालभित्र देख्न सकिन्छ। ताल किनारमा रहेको शिलामा नागको वासस्थान भएको विश्वासका आधारमा समय समयमा यहाँ भक्तजनले नागको पूजाआजा गर्ने गरेका छन्।
नागको पूजा गरेमा पारिवारिक सुर्चेशान्तिका साथै मनोकांक्षा पूरा हुने जनविश्वास छ। हिमालको कार्चेमा रहेको यो ताल पछिल्ला समय आन्तरिक तथा बाहृय पर्यटकको आकर्षणको केन्द्र बनेको ढुम्बा आधारभूत विद्यालयका शिक्षक राजेन्द्र गुरुङले बताए।
“मुक्तिनाथ दर्शनका साथै मुस्ताङको दृश्यावलोकन र पदयात्रामा आउने पर्यटक ताल हेर्न आउने गरेका छन्,”उनले भने।
जलवायु परिवर्तनको बढ्दो असरसँगै तापक्रम वृद्धि र अन्य मानवीय कारणले तालमा पानीको सतह घट्दै गएकोतर्फ राज्यस्तरबाट चासो राखिनुपर्ने स्थानीयवासी बताउँछन्। समुद्री सतहदेखि करीब तीन हजार ५०० मिटरको उचाइमा अवस्थित ढुम्बा ताल चलचित्रको छायाङ्कन र वृत्तचित्र निर्माणका कारण चर्चामा छ। ताल संरक्षणका लागि वरपर वृक्षरोपण आवश्यक छ।
ढुम्बा तालका साथै प्राचीन गुम्बा, नमखु लेक र थकाली संस्कृतिले भरिपूर्ण ठिनी गाउँका कारण तालसहितको क्षेत्र पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको ढुम्बा आधारभूत विद्यालयका शिक्षक वसन्त गुरुङ बताउनुहुन्छ। तालसम्म पुग्न ठिनी खोलामा पुल नहुँदा समस्या भएको छ। वर्षात्बाहेकको समयमा काठको पुलले काम चलाउने गरिए पनि ठाडो खोलाका कारण वर्षात्मा पुल नै बगाएर लैजाने समस्या रहेको उनले बताए। “पर्यटकलाई सहज रूपमा पुयाउन पक्की पुल निर्माण गरिनु पर्छ, ” उनले भने।
मुक्तिनाथ मन्दिरबाट लुब्रा हुँदै ढुम्बा ताल भएर मार्फासम्म पदयात्रा गर्न वैकल्पिक पदमार्ग रहेका कारण पर्यटकलाई तालसम्म पुग्न सहज भएको छ। वैकल्पिक मार्ग हुँदै ढुम्बा ताल आएका पर्यटक ऐतिहासिक ठिनी गाउँ बास बस्छन्। पर्यटकलाई लक्ष्य गरी स्थानीयवासीको सक्रियतामा ठिनी गाउँमा घरबास कार्यक्रम समेत सञ्चालनमा छ।
तालबाट ठिनी गाउँ आधा घण्टाको पदयात्रापछि पुगिन्छ। पर्यटकको आगमन बढ्दै गएपछि काजी लामाको अध्यक्षतामा रहेको ढुम्बा ताल संरक्षण समिति आवश्यक पूर्वाधार निर्माणमा क्रियाशील बनेको छ। तालकै संरक्षणका लागि ताल वरपर तारबार लगाइएको छ भने अवलोकन गर्न आउने आन्तरिक पर्यटकलाई १० तथा बाहृय पर्यटकका लागि २० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ।
समितिले तालको संरक्षण एवं सरसफाइका लागि परिसरमा शौचालय निर्माण गर्ने भएको छ।
Related News
सम्बन्धित समाचार
हिमालय आँखा अस्पताललाई जापानको सहयोग
‘जहाँ ढुंगा ढुंगामा देवताको बास छ’
समता स्कुल पर्वतमा अक्षयकोष
६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
राष्ट्रियसभा उपाध्यक्षमा उर्मिलाको उम्मेदवारी
hero news full width
मुख्य समाचार
राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको शपथ
इञ्जिन ब्लेड फेदर यती एयर दुर्घटनाको कारण
माघ २४, २०७९पोखरा म्याराथन : हस्तलिखित नम्बरदेखि चिपसम्म
माघ २४, २०७९महानगरले सुरु गर्यो सशुल्क पार्किङ
माघ २४, २०७९पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
माघ २३, २०७९प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
माघ २२, २०७९