प्रदेश ४ स्तरीय सुरक्षा गोष्ठी

'विप्लवका क्रियाकलाप सुरक्षामा चुनौती’

आदर्श समाज सम्वाददाता
वैशाख ३१, २०७५
security

पोखरा, ३० वैशाख । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित क्षेत्रीय, जातीय संगठनका क्रियाकलाप नै मुख्य सुरक्षा चुनौती रहेको प्रदेश ४ अन्तर्गतका जिल्लाका सुरक्षाप्रमुखले बताएका छन् ।

शान्तिसुरक्षा र विपत व्यवस्थापनलगायत विषयमा छलफल गर्न पोखरामा आइतबार आयोजित प्रदेश ४ स्तरीय एकदिने सुरक्षा गोष्ठीमा उनीहरुले विप्लव माओवादीले गरेका गतिविधि नै प्रमुख चुनौतीका रुपमा लिए ।

संयोगले नेकपा आह्वानमा भएको नेपाल बन्दकै दिन गोष्ठी चलिरहँदा पोखरा विमानस्थल अगाडि र लेखनाथ सैनिक वस्तीमा बम डिस्पोज गर्नुपरेको थियो।

राज्य पुनर्संरचनापछि गृहमन्त्रालयद्वारा आयोजित पहिलो गोष्ठीको गृहमन्त्री रामबहादुर थापाले उद्घाटन गरेका हुन् ।

गोष्ठीमा सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिँदै गृहमन्त्री रामबहादुर थापा बादलले संविधान र कानूनविपरीत गरिने जुनसुकै अवाञ्छित क्रियाकलाप नियन्त्रण गर्नुपर्ने बताए ।

गृहमन्त्रीको भनाइ उद्घृत गर्दै मन्त्रालयका सहसचिव तथा प्रवक्ता रामकृष्ण सुवेदीले स्थानीय र प्रदेश सरकारबीच समन्वय, यातायात सिन्डिकेटको अवस्था, सुशासन लगायत आवश्यक कानून नबनुञ्जेल शान्तिसुरक्षाका लागि आवश्यक समन्वय गरी अगाडि बढ्न निर्देशन दिएका थिए ।

यस्तै गोष्ठीमा विद्यमान सुरक्षा अवस्था, चुनौती र समाधानबारे प्रस्तुति र छलफल भएको छ । विभिन्न तहका धम्की, गुण्डागर्दी, लागुऔषध नियन्त्रण, राजनीतिक आवरणमा गरिने क्रियाकलाप निस्क्रिय पार्ने लगायत विषयमा गोष्ठीमा छलफल केन्द्रित रहेको थियो ।

कार्यक्रममा अनुचित कार्यको निगरानी, भष्टाचारमा शून्य सहनशीलता, टोल टोलमा प्रहरी कार्यक्रम, साना हतियार प्रयोगमा प्रतिबन्ध, मदिराजन्य प्रदार्थको रोकथाम, लागुऔषध नियन्त्रण, अपराधमा हुने राजनीतिकरण लगायत विषयमा समेत छलफल भएको प्रवक्ता सुवेदीले बताए ।

मुलुक संघीयतामा गएसँगै केन्द्र र प्रदेश र स्थानीय तहको सुरक्षामा कसरी एकरुपता ल्याउने, विभिन्न क्षेत्रको सिन्डिकेट अन्त्य गरी व्यवस्थापन कसरी गर्ने, मौसमी सुरक्षा, विपद् व्यवस्थापन लगायत गृहमन्त्रीबाट जारी ८२ बुँदे कार्ययोजना र ३७ बुँदे निर्देशनबारे गोष्ठी केन्द्रित थियो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी महानिर्देशक शैलेन्द्र खनाल, प्रदेश ४ का आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमान, गृहसचिव प्रेमकुमार राई, राष्ट्रिय अनुसन्धान विभागका दिलीपराज रेग्मी, नेपाली सेनाका उपरथी शरदकुमार गिरी, प्रदेश ४ का प्रदेशका प्रमुख सचिव लक्ष्मण अर्याल लगायत प्रदेश ४ का विभिन्न ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानका जिल्लास्तरीय प्रमुख गरी करिब १ सय जनाको सहभागिता थियोे ।

सम्बन्धित जिल्लाका सुरक्षा प्रमुखहरुले आ-आफ्नो जिल्लाको व्यवस्था अवस्थाबारे जानकारी गराएका थिए ।

सोमबार बिहान पत्रकार सम्मेलन गरी गोष्ठीको निष्कर्ष र आगामी रणनीतिबारे जानकारी गराइने छ ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width