पोखरा, ३० वैशाख । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आइतबार आहृवान गरेको नेपाल बन्दको प्रभाव पोखरामा आंशिक रुपमा परेको छ ।
सार्वजनिक सवारी, शिक्षण संस्था, कलकारखाना तथा मुख्य बजारका पसलहरुमा मात्र बन्दको प्रभाव पर्यो । नेकपाले राष्ट्रघातको पछिल्लो शृंखलाको रुपमा भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण, उक्त भ्रमणका क्रममा राष्ट्रघाती अरुण-३ को शिलान्यास, मोदीको भ्रमणको सुरक्षाका नाममा भारतीय सेनाको नेपाल प्रवेशमा विरोध गर्दै बन्द आयोजना गरेको जनाएको छ ।
नेकपाले नेपाल बन्दमा गरेको बम आक्रमण र आगजनीले जनजीवन भने धेरै जिल्लामा प्रभावित बन्यो । ठाउँठाउँमा बम आक्रमण र आगजनी गरेपछि स्थानीयहरुमा त्रसित भए । पोखरामा पनि चार ठाउँमा बम फेला पर्यो । तर प्रहरीले भने शक्तिशाली बम नभई तसाउने प्रयासमात्र गरेको जनाएको छ । पोखराको सैनिक वस्ती, बिरौटा, पृथ्वीचोक र अमरसिंहचोकमा झोलामा बम बनाउन प्रयोग गरिने बस्तु जोडजाम गरी तर्साउने काम भएको जिल्ला प्रहरी कार्यालय कास्की प्रवक्ता डिएसपी खड्कबहादुर खत्रीले जानकारी दिए । ‘बम भनिहाल्न मिल्दैन तर तर्साउने काम गरेको हो । त्यसलाई निस्क्रिय बनाइएयो,’ डिएसपी खत्रीले भने ।
आइतवार विहान पोखरा लेखनाथ महानगरपालिका २९, सैनिक वस्तीमा नेकपाका कार्यकर्ताहरुले बम राखेका थिए । नेपाली सेनाको डिस्पोजल टोलीले बम राखेको खबर पाएलगत्तै डिस्पोज गरेको हो । यस्तै, पूर्वान्हमा लेखनाथ महानगरपालिका १७ बिरौटास्थित पोखरा विमानस्थल अगाडि पनि बम फेला परेको थियो । नेपाली सेनाको टोलीले डिस्पोज गरेको थियो । अमरसिंहमा पनि त्यस्तै वस्तु भेटिएको थियो भने अपरान्ह पृथ्वीचोकस्थित सस्तो बजार अगाडि शंकास्पद वस्तु भेटियो । पोखरामा प्रदेशस्तरको सुरक्षा समितिको छलफल चलिरहँदा दिनदहाडै नेकपाका कार्यकर्ताहरुले आतंकित बनाउने काम गरे ।
नेकपाको यसअघिको बन्द भने शान्तिपूर्ण थियो । तर, यसपटक निर्वाचनक्रममा जस्तो ठाउँ ठाउँमा बम हानिएको छ ।
Related News
सम्बन्धित समाचार
वाइयुके सुपरमार्केट तीजगीत
राधाकृष्ण गुरुकुल विद्यालयको भवन उद्घाटन
शिवटोल विकासमा नयाँ कार्यसमिति
कास्की मोडनाइज्डमा अभिमुखीकरण
मिडिया फुटसल प्रतियोगिता हुने
hero news full width
मुख्य समाचार
भगिनी सम्बन्धको दुरुपयोग
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
भाद्र २, २०७९नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९