काठमाडौँ, ३० वैशाख । बाह्र वर्षमा मुलुकभरबाट २१ हजारभन्दा बढी बालबालिका र युवा बेपत्ता भएका छन्।
बालबालिका तथा खोजतलास समन्वय केन्द्रका अनुसार आर्थिक वर्ष २०६३/६४ देखि २०७४/७५ सम्म केन्द्रमा २१ हजार ४३५ बालबालिका र युवा हराएको उजुरी परेको छ। चालु आवको ८ महिनामा मात्र देशभरबाट १ हजार ६ सय ८ बालबालिका हराएको उजुरी परेको छ। केन्द्रका अनुसार ५ देखि १८ वर्ष उमेर समूहका बालबालिका र युवा गरीबी, गालीगलौज र घर छाडेर भाग्ने गरेका छन्।
केन्द्रका प्रमुख एवं प्रहरी नायब उपरीक्षक सीताराम रिजालले चालु आवमा हराएका १ हजार ६ सय ८ मध्ये ६ सय ६५ पुरुष र ९ सय ४३ महिला हराएको उजुरी केन्द्रमा परेको जानकारी दिए। “चालु आवको साउनदेखि चैत मसान्तसम्म हराएकामध्ये ५ सय ३९ जनालाई फेला पारेका छौँ”, उनले भने। फेला परेकामध्ये सबैलाई परिवारको जिम्मामा लगाइसकिएको उनको भनाइ थियो।
बाह्र वर्षमा हराएका २१ हजार ४ सय ३५ मध्ये पुरुष १० हजार ४ सय ६२ र महिला १० हजार ९ सय ७३ छन्। सोमध्ये १० हजार ७ सय ४४ फेला परेको र १० हजार ६ सय ९१ अझै बेपत्ता छन्।
यसैगरी चालु आवमा बेवारिसे ३ सय २६ जना फेला पारेका छन्। फेला पारिएका बेवारिसेमध्ये २ सय ३ लाई परिवारसँग पुनर्मिलन गराइदिएको, १ सय २१ लाई संरक्षणगृहमा राखिएको र २ जना पुनः बालगृहबाट भागेको केन्द्रले जनाएको छ। आव २०६३/६४ देखि २०७४/७५ सम्म ४ हजार ४ सय ९९ जना बेवारिसे अवस्थामा फेला परेका छन्। तीमध्ये २ हजार ९ सय ८१ पुरुष र १ हजार ५ सय १८ महिला छन्। बेवारिसे अवस्थामा फेला पारिएकामध्ये ३ हजार ४ सय ३८ लाई सम्बन्धित परिवारको जिम्मा लगाइएको र ८ सय ८३ जनालाई संरक्षणमा राखिएको छ।
यसैगरी संरक्षणमा राखिएको अवस्थामा १२ वर्षका अवधिमा १ सय ६९ जना भागेका छन्।
“परिवारको पत्ता नलागेका र घर फर्काउन सक्ने अवस्थामा नरहेकाहरूलाई संरक्षणगृहमा राखिएको हो”, प्रमुख रिजालले भने। केन्द्रीय बालकल्याण समितिका अधिकृत रामबहादुर चन्दले गरीबी, मानव बेचबिखन, सामाजिक मूल्यमान्यता, परिवारले बेवास्ता गर्नुलगायत कारणले हराउने गरेको जानकारी दिए।
उनले हराएकाहरूलाई खोजी गर्न सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको बताए। चन्दले हराएका बालबालिकालाई चाँडो खोजी गर्नका लागि समितिलेसम्बन्धीत निकायलाई खबरदारी गर्ने काम गरिरहेको पनि स्पष्ट पारे ।
Related News
सम्बन्धित समाचार
नौमती बाजाः जीतको पर्याय
सार्वजनिक बिदाका दिन चलेका सरकारी गाडी नियन्त्रणमा
महानगरमा बिदा नहुने
गणतन्त्र दिवस ३ दिन मनाइने
भारतीय प्रधानमन्त्री मोदी भोलि नेपाल भ्रमणमा आउँदै
hero news full width
मुख्य समाचार
कास्कीमा एकमात्र महिला वडाध्यक्ष
धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
जेठ ९, २०७९होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
जेठ ९, २०७९