पोखरा, ३० वैशाख। होमस्टे व्यवस्थित र व्यावसायिक बनाउन घरबास व्यवस्थापन तालिम दिइएको छ ।
गाउँ पर्यटन प्रबर्द्धन मञ्च नेपाल -भिटोफ) प्रदेश ४ को आयोजनामा पोखरामा भएको तालिममा पर्यटन बोर्ड पोखराका प्रमुख सूर्य थपलियाले राज्यले होमस्टेलाई दिने सेवासुविधा र प्रक्रियाबारे, नेपाल एकेडेमिक अफ टुरिज्म एण्ड होटल मेनेजमेन्ट (नाथम) का प्रशिक्षक राजित महर्जनले होटल व्यवस्थापनसम्बन्धी तालिम, तारानाथ पहारीले मिडिया र होम स्टेको सम्बन्ध, विष्णु तिमिल्सिनाले लेखाप्रणालीको बारेमा, तारा गौतम र सुशीला भण्डारीले प्राथमिक उपचारको बारेमा प्रशिक्षण दिएका थिए ।
भिटोफका निवर्तमान अध्यक्ष तथा कार्यक्रम संयोजक तारानाथ पहारीले गाउँका सम्भावनालाई पहिचान गरेर चुनौती निराकरण गर्दै एक गाउँ, एक उत्पादन नीतिलाई अवलम्बन गर्दै प्रदेश ४ लाई होमस्टेको राजधानी बनाउनु पनेमा जोड दिए ।
सिरुवारी होम स्टेका जुमबहादुर गुरुङ र कालावाङ घरेडी होम स्टेका अध्यक्ष प्रकाश गुरुङले तालिमले होम स्टे सञ्चालनमा धेरै सहयोग पुगेको बताए।
दुर्इदिनसम्म सञ्चालन भएको सो कार्यशालामा स्याङ्जाको सिरुवारी, पित्लेक देउराली, रामकोट र सुन्तलावारी, कास्कीको याङ्जाकोट, ताङ्तिङ, कालाबाङ घरेडि, चिलाउने खर्क र भुजेल गाउँ, तनहँुको तनहुँसुर, वन्दिपुर र दुम्सी दरै, बाग्ालुङको जलजला, भकुण्डे र अतिथि सत्कार, गोर्खाको पसलाङ र वारपाक, नवलपरासीको प्रि्रहर र अमलटारी, लम्जुङको पुरानो कोट, मनाङको ओडार होम स्टेका सञ्चालक सहभागी भएका थिए।
सहभागीलाई प्रशिक्षक रोजित महर्जन, पूर्व महासचिव नवराज अधिकारी, तारानाथ पहारी लगायतले प्रमाणपत्र वितरण गरेका थिए।
भिटोफ प्रदेश ४ का अध्यक्ष रवीन्द्रराज पौडेलको अध्यक्षतामा भएकोका कार्यक्रममा स्वागत उपाध्यक्ष राजु दाहाल र सञ्चालन सदस्य सन्तोष सापकोटाले गरेका थिए।
Related News
सम्बन्धित समाचार
बाबुको निधनपछि १९ वर्षीया साधनाको उपचारमा सकस
नागरिक विधेयक प्रक्रियामा
मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
ओटेफको स्थापना दिवसमा बटुक र ज्येष्ठ नागरिकलाई भोजन
गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९शिक्षामा राज्यको लगानीअनुरुप अपेक्षित प्रतिफल हासिल हुन सकेन: राष्ट्रपति
श्रावण ३१, २०७९राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा, पोखराका मेयर आचार्यले गरे चुनावको ब्रिफिङ
श्रावण ३१, २०७९गोरखा भूकम्पको ७ वर्ष : पीडित राख्ने भवन भएन पूरा
श्रावण ३१, २०७९