पोखरा, २५ वैशाख। हेमजाको गौरीशंकर माविले कास्की जिल्लास्तरीय १० औं राष्ट्रपति कप उपाधि जितेको छ ।
कास्की जिल्ला खेलकुद विकास समितिद्वारा पोखरा रंगशालामा आयोजित प्रतियोगितामा सहभागी ७१ विद्यालयलाई पछि पार्दै उसले समग्रमा ८ स्वर्ण७ काँस्य र १ रजत पदक प्राप्त गरी उपाधि जितेको हो ।
गौरीशंकरले एथलेटिक्समा ८ स्वर्ण५ रजत र १ काँस्य र कब्बडीमा २ रजत प्राप्त गरेको थियो। गौरीशंकर २०७२ को पनि च्याम्पियन हो । उसले प्रथम पुरस्कार १५ हजार सहित रनिङ शिल्ड प्राप्त गरेको छ। यस्तै विद्यालयले विद्यालयमा खेलकुद पूर्वाधारका लागि थप नगद ३५ हजार समेत पायो ।
साविक च्याम्पियन टप्स माविले ५ स्वर्ण२ रजत र ७ काँस्यमा चित्त बुझाउँदै दोश्रो स्थान हासिल गरेको छ। उसले एथलेटिक्समा १ रजत र ६ काँस्य, उसुमा ४ स्वर्ण१ रजत र १ काँस्य तथा भलिबलमा १ स्वर्णजतेको हो। २०७०, २०७१ र २०७३ को च्याम्पियन टप्सले यसपालि पुरस्कारस्वरुप १२ हजार प्राप्त गर्यो ।
प्रतियोगितामा त्रिवेणी बेार्डिङले तेश्रो भयो । समग्रमा ५ स्वर्ण१ रजत र ७ काँस्य पदक हासिल गरेको उसले एथलेटिक्सतर्फ५ स्वर्ण१ रजत र ६ काँस्य तथा कब्बडीमा १ रजत प्राप्त गरेको हो। पुरस्कार ९ हजार पायो ।
यस्तै, त्रिवेणीकै विद्यार्थी विवेक अधिकारी -एथलेटिक्स छात्र) उत्कृष्ट खेलाडी घोषित भए। छात्रामा शान्तिदीपकी कब्बडी खेलाडी बुद्धीमाया मगर उत्कृष्ट खेलाडी घोषित भइन्।
जिल्ला खेलकुद विकास समितिले उनीहरुलाई जनही १० हजार छात्रवृत्तिस्वरुप प्रदान गरिएको कार्यालय प्रमुख प्रकाश बरालले बताए ।
विजयीलाई पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति अध्यक्ष खगराज पौडेल, जिल्ला खेलकुद विकास समिति अध्यक्ष याम गुरुङ, राखेप कर्मचारी प्रतिष्ठानका अधिकृत लेखनाथ कट्टेल र शुकुमार थापा, पश्मिाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगी लगायतले ट्रफी, मेडल, कप, प्रमाणपत्र र नगद वितरण गरेका थिए। प्रतियोगिता वैशाख २१ देखि पोखरा रंगशालामा चलेको हो ।
सो अवसरमा जेठ १८ देखि सञ्चालन हुने प्रदेशस्तरीय १० औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छनौटमा परेका खेलाडीको नाम समेत घोषणा गरिएको थियो। क्षेत्रीयस्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई यस वर्षेखि प्रदेशस्तरीय बनाइएको हो।
Related News
सम्बन्धित समाचार
प्रखेप सदस्यसचिव नियुक्ति प्रकरणमा अदालत भन्छ : योग्य उम्मेदवारको मात्र परीक्षा लिनू
पोखरा सम्पन्न एसिया ट्राइयाथलन कप बब र मार्गरेटालाई
पोखरामा वडास्तरमा खेलकुद
प्रदेश सरकारबाट क्रिकेट खेलाडी सम्मानित
वडाध्यक्ष कप व्याडमिन्टन
hero news full width
मुख्य समाचार
स्वर्णिमको बहिर्गमनले कांग्रेसमा निम्तिने क्षयीकरण
सरकार फेरिएको फेरियै, द्वन्द्वपीडितको घाउ उस्तै ?
चैत्र १८, २०७९मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
चैत्र १८, २०७९मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
चैत्र १८, २०७९रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
चैत्र १७, २०७९पोखरामा माइक्रोको ठक्करले स्कुटर चालकको मृत्यु
चैत्र १७, २०७९