हेमजा, २५ वैशाख। सामुदायिक वन उपभोक्ता महासंघ रुपा तथा माछापुच्छे्र गाउँपालिकाको प्रथम अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ ।
रुपा गाउँपालिकाको अधिवेशनले बुद्घबिहादुर घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। कार्यसमिति उपाध्यक्षमा समुद्र ओझा, सचिवमा देवी सुवेदी, कोषाध्यक्षमा तिलबहादुर खड्का तथा सदस्यमा तीथ पौडेल, यदुराज सिंह, माया राना, सोमबहादुर सुनारी, विमला खनाल, यामकुमारी गुरुङ, लक्ष्मी गुरुङ, शिवदेवी भुजेल, मनबहादुर आचार्य र रामचन्द्र ओझा छन्।
विष्णुप्रसाद सुवेदी संयोजक रहेको लेखा तथा अनुगमन तथा इश्वरीकुमारी पौडेल संयोजक रहेको न्यायिक समिति पनि गठन गरिएको छ ।
यस्तै, अधिवेशनले प्रदेश प्रतिनिधिका लागि पुरुषबाट कालीदास सुवेदी, अइनुलमदित मियाँ, सोमबहादुर सुनारी र टेकनाथ घिमिरे तथा महिलाबाट सरिता कुमाल, शारदा घिमिरे, जसमती गुरुङ र लिला ओझालाई सर्वसम्मत चयन गरेको छ।
गाउँपालिका अध्यक्ष नवराज ओझाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा, गाउँपालिकाकी उपाध्यक्ष लालसुब्बा गुरुङ, महासंघका कास्की अध्यक्ष कालीदास सुवेदी, महासचिव सुनमाया नेपाली, कोषाध्यक्ष लक्ष्मी सुवेदी अधिकारी, वडा ५ का अध्यक्ष टेकबहादुर गुरुङ लगायतले धारणा राखेका थिए। कार्यक्रम तदर्थ समितिका सहसंयोजक रामचन्द्र खनालको अध्यक्षतामा भएको हो ।
उता, माछापुच्छे्र गाउँपालिकाको अधिवेशनले चूडामणि अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ ।
समिति उपाध्यक्षमा हीमा अधिकारी, सचिवमा सीतादेवी अधिकारी, कोषाध्यक्षमा सुनिता भुजेल तथा सदस्यमा अनन्तप्रसाद अधिकारी, भगवती गौतम, दुर्गादत्त पौडेल, बाबुराम तिम्सिना, सीता पौडेल र वेदहरि अधिकारी चयन भए ।
अधिवेशनले खिमलाल गौतम संयोजक तथा गायत्री अधिकारी र रीता गुरुङ सदस्य रहेको लेखा तथा अनुगमन समिति र शकुन्तला ढकाल अधिकारी संयोजक तथा सोमनाथ अधिकारी र नर्वदा गौतम सदस्य रहेको न्यायिक समिति पनि गठन गरेको छ।
यस्तै, प्रदेश प्रतिनिधिका लागि पूर्णलाल भण्डारी, बाबुराम अधिकारी, डण्डपाणि अधिकारी, शकुन्तला ढकाल अधिकारी, मालती अधिकारी र सुनिता भुजेललाई छनोट गरेको छ।
वडा ६ का अध्यक्ष हरिशचन्द्र ढुंगानाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा कार्यक्रम उद्देश्यमाथि महासंघका जिल्ला अध्यक्ष कालीदास सुवेदीले प्रकाश पारेका थिए।
सो अवसरमा महासंघका जिल्ला सचिव दिनेश श्रेष्ठ, कोषाध्यक्ष लक्ष्मी सुवेदी अधिकारी, जिल्ला सदस्य अम्बिका आचार्य लगायतले नवगठित समितिलाई शुभकामना दिएका थिए।
तदर्थ समितिका संयोजक शकुन्तला ढकाल अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम तदर्थ समितिकी सचिव मालती अधिकारीले सञ्चालन गरेकी थिइन्।
Related News
सम्बन्धित समाचार
आत्महत्या रोक्न परिवारको मुख्य भूमिका
निर्वाचनका लागि ४० दल दर्ता
संघीयताको पहिचान नै प्रदेश संरचना : मुख्यमन्त्री पोखरेल
संघ तथा प्रदेश चुनाव :असोज २३ उम्मेदवारी दर्ता
३३ कार्यालय प्रमुखमाथि कारबाही
hero news full width
मुख्य समाचार
कोरोनापछि गाईजात्रा रौनक
मुखियाका गाउँमा न्यायिक समिति : पहिलो मुद्दामै मिलापत्र
श्रावण २७, २०७९रत्न मन्दिर र हिमागृह खोल्न माग
श्रावण २७, २०७९विमानस्थल संचालन नयाँ वर्षमै : पर्यटमन्त्री श्रेष्ठ
श्रावण २६, २०७९टुक्रे योजनाले काम दिगो भएन
श्रावण २६, २०७९स्याङ्जामा कर्मचारीको धर्ना
श्रावण २६, २०७९