पोखरा, २५ बैशाख। पोखरा-१३ आर्वास्थित रतन पाण्डे माविको मंगलबार ६१ औं वाषिर्कोत्सव सम्पन्न भएको छ ।
प्रमुख अतिथि प्रदेश सांसद मनबहादुर गुरुङले २०१४ सालमा स्थापना भएको विद्यालयले अझै पनि प्रगति गर्न नसक्नुमा दुःख व्यक्त गर्दै विद्यालयको स्तरउन्नतिको लागि सबै पक्ष लाग्नुपर्ने बताए।
वडाध्यक्ष दर्शन लामाले विद्यालयमा जाने सडक निर्माणमा जोड दिने आश्वासन दिए। वडा कार्यालयले यस वर्ष विद्यालयमा भर्ना हुने विद्यार्थीको लागि निःशुल्क पोशाकको व्यवस्था गरेको छ।
समारोहमा विद्यालयका प्रअ डिल्लीराम बरालले विद्यालयको शैक्षिक तथा आर्थिक प्रतिवेदन पेश गरेका थिए। उक्त अवसरमा आगामी शैक्षिक सत्रका लागि १ करोड ६७ लाख रुपैयाँको बजेट सार्वजनिक गरिएको छ। आगामी वर्ष विद्यालयको श्रोत जुटाउन महायज्ञ सञ्चालन गर्ने र विद्यार्थीको हितको लागि स्कूल बस सञ्चालन गर्ने, प्राविधिक शिक्षा सञ्चालन गर्ने लक्ष्य पनि विद्यालयले लिएको छ।
कार्यक्रममा विद्यालयका प्रमुख सल्लाहकार तोयानाथ बराल, पूर्व जिविस उपसभापति श्रीनाथ बराल, नेकपा एमाले वडा १३ का संयोजक जितबहादुर सुनार, काँग्रेसका वडा सभापति विष्णुप्रसाद बराल, माओवादी केन्द्रका प्रतिनिधि सरोजनारायण बराल, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष देवराज पौडेल, र्सूयप्रसाद बराल, वसन्त शर्मा अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।यस्तै, शिक्षक अभिभावक संघका अध्यक्ष रामचन्द्र बराल, निवर्तमान प्रअ दामोदर बराल, नेपाल रेडक्रस सोसाइटी जिल्ला सदस्य मंगल नेपाली, छिमेकी विद्यालय अमरज्योति निमाविका प्रअ विमलबहादुर बराल, विजयपुर स्वास्थ्य चौकीका प्रमुख ज्ञानु पौडेल, शिक्षाप्रेमी शिवबहादुर पौडेल लगायतले बोलेका थिए ।
यसैबीच, विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नको लागि विद्यालय व्यवस्थापन समितिका सदस्य कृष्णकुमारी बराल तथा पूर्व प्रअ कृष्णराज बरालले १ लाख ११ हजार १११ रुपैयाँको अक्षयकोष स्थापना गरेका छन्।
त्यसैगरी विद्यालयका पूर्व विद्यार्थी तथा सिर्द्धार्थ ज्वेर्लर्सका प्रोप्राइटर राजु सुनारले ५५ हजार ५ सय ५५ रुपैयाँको अक्षयकोष स्थापना गरेका छन्।
कार्यक्रममा इ-लाइब्रेरी स्थापनामा सहयोग गर्ने विष्णुप्रसाद भण्डारी र पशुपति भण्डारी, पूर्व प्राथमिक तहका उत्कृष्ट शिक्षक सुमित्रा बराल, प्रावि तहका उत्कृष्ट शिक्षक विष्णुमाया आचार्य, दीर्घसेवा सम्मानबाट सरस्वती बराल, निमावि तहमा राधा बराल, संगीता पोखरेल, मावि तहमा विज्ञान विषयका शिक्षक मीनबहादुर केसीलाई सम्मान गरिएको थियो। त्यसैगरी टेकनाथ बराललाई उत्कृष्ट अभिभावक, कक्षा १० का छात्र सुदीप बराललाई वर्ष विद्यार्थीको रुपमा सम्मान गरिएको थियो । शिक्षक थानराज बराल र शिक्षक शकुन्तला बराललाई बिदाइ गरिएको थियो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वसन्तराज बरालको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सहायक प्रअ सोमनाथ अधिकारीले गरेका थिए।
विद्यालय स्थापनाको ६२ औं वर्षमा प्रवेश गर्दा सम्म कक्षा १० कै कक्षामा सीमित छ । २०५८ देखि मावि तहको पढाइ शुरु भए पनि सरोकारवालाले चासो नदिँदा कक्षा थप हुन नसकेको बताइन्छ ।
विद्यालयमा हाल १ सय ८० जना विद्यार्थी मात्र पढ्छन् । तीमध्ये यर्स शैक्षिक सत्रमा ७८ जना विद्यार्थी भर्ना भएका थिए ।
Related News
सम्बन्धित समाचार
होटल संघ गण्डकीमा हरि शर्मा
कृष्ण भुजेललाई सहिद घोषणा गर्न माग
सोंपाल समाजको ९ लाख सहयोग
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा क्यालेन्डर विमोचन
५ रुपैयाँ प्रति किलो काक्रो
hero news full width
मुख्य समाचार
पोखराको स्थगित मतगणना अझै सुरु भएन
वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
जेठ १०, २०७९सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
जेठ १०, २०७९कास्कीमा एकमात्र महिला वडाध्यक्ष
जेठ १०, २०७९धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९