वन उपभोक्ता महासंघ महानगरमा त्रिपाठी

आदर्श समाज सम्वाददाता
वैशाख २६, २०७५

हेमजा, २५ वैशाख। सामुदायिक वन उपभोक्ता महासंघ पोखरा लेखनाथ महानगरपालिकाको सोमवार सम्पन्न प्रथम अधिवेशनले कमलमणि त्रिपाठीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।

समिति उपाध्यक्षमा कमलकुमार भुजेल, सचिवमा कृष्णकुमारी पौडेल र कोषाध्यक्षमा राधिका अधिकारी छन् । सदस्य वेदनाथ ओझा, पार्वती सुवेदी, अम्बिका आचार्य, उमा बास्तोला, पद्मा बराल, विश्वनाथ लामिछाने, लक्ष्मण आचार्य, रमेश विश्वकर्मा, ऋषिराम तिवारी, रमादेवी आचार्य, अञ्जु अधिकारी र वेलबहादुर थापा चयन भए ।

अधिवेशनले कृष्णकुमारी विक संयोजक तथा धु्रवराज पौडेल, शिवबहादुर कार्की, माया नेपाली र नारायणप्रसाद बराल सदस्य रहेको लेखा तथा अनुगमन समिति, चित्रप्रसाद लामिछाने संयोजक र भूपराज पोख्रेल, कृष्णकुमारी अधिकारी, सदनकुमार महत एवं मनु बस्नेत सदस्य रहेको न्यायिक समिति पनि गठन गरेको छ।

यस्तै, प्रदेश अधिवेशनको प्रतिनिधिका लागि पुरुष सदस्यबाट जितबहादुर बस्नेत, दिनेश श्रेष्ठ, हरि बास्तोला र कमलकुमार भुजेल तथा महिला सदस्यबाट सुनमाया नेपाली, पार्वती सुवेदी, अम्विका आचार्य र रमादेवी आचार्यलाई सर्वसम्मत चयन गरेको छ।

प्रमुख अतिथि केन्द्रीय सदस्य डोलकुमारी सापकोटाले सामुदायिक वनको अधिकार स्थापित गर्न महासंघको स्थापना गरिएको दावी गर्दै उक्त अधिकार प्राप्तिका लागि स्वयं उपभोक्ता नै एकजुट हुनुपर्नेमा जोड दिइन्।उनले प्रदेश ४ को महासंघमा पोखरा लेखनाथ कमिटिको ठूलो भूमिका रहने पनि औ’ल्याइन्।

महासंघ कास्कीका अध्यक्ष कालीदास सुवेदीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारे । सुवेदीले वन उपभोक्ता महासंघलाई स्वयमसेवी संगठन भएको संज्ञा दिँदै सामुदायिक वन कर छुट संस्था भएको बताए। महासंघ स्याङ्जा अध्यक्ष दोवबहादुर कार्कीले नवगठित समितिको पूर्ण सफलताको कामना गरेका थिए। गठित समितिका पदाधिकारीलाई प्रमुख अतिथि सापकोटाले शपथ ग्रहण गराएकी थिइन्।महासंघ पोखरा लेखनाथ महानगरपालिका तदर्थ समितिका सह-संयोजक चित्रप्रसाद लामिछानेको  अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा तदर्थ समिति सचिव कृष्णकुमारी पौडेल देवकोटाले स्वागत तथा महासंघकी जिल्ला महासचिव सुनमाया नेपालीले सञ्चालन गरेकी थिइन्।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width