पोखरा, २४ वैशाख । सामाजिक परिचालकले दिनहुँ पोखरा लेखनाथ महानगरपालिका कार्यालयको गेट कुर्न थालेको १६ दिन नाघिसक्यो । तर, उनीहरुको माग अझै पूरा भएको छैन । दैनिक पूर्वान्ह ११ देखि दिउँसो २ बजेसम्म धर्नामा बस्छन्, नाराबाजी गर्छन् जान्छन् । तर कहिलेकाहिँ उनीहरुलाई धरपकड पनि हुन्छ ।
वैशाख १४ गते १ जना वडाध्यक्ष सहित नगरप्रहरीबाट दुर्र्व्यवहार भएको थियो । आइतबार त २ जना घाइते नै हुने गरी नगरप्रहरीले बुट बसाको भन्दै महिलाहरु मिडियासम्म आइपुगेका छन् । पुरुष नगरप्रहरीले ब्यानर राख्न नदिएपछि प्रतिवाद गर्दा संगीता भण्डारी र शान्ति मल्ल ठकुरी कुटिएको कमला बास्तोला खनालले जानकारी दिइन् ।
‘पुरुषहरुले महिलालाई बुट बजारेका छन् । हाम्रो आन्दोलन कति शान्तिपूर्ण छ सबैलाई थाहा छ’ उनले भनिन्, ‘आइतबार पनि हामी ११ बजेतिर ब्यानर गेटमा टाँसेर धर्ना शुरु गर्न लागेका थियौं । एक घण्टाअघि नै प्रहरी र नगरप्रहरी रहेछ । हामीलाई ब्यान टाँस्न दिएनन् । अनि नगरप्रहरी महिलाविरुद्ध दमनमा उत्रिए । सुत्केरी र गर्भवती घाइते हुने गरी लात्तीले कुटे ।’ उनले असइ पुरुषोत्तम थापाले बुटले हानेको बताइन् । आइतबारको घटनापछि मानवअधिकार आयोग र इन्सेक प्रतिनिधिले सोमबार अनुगमन समेत गरेका छन् ।
आइतबार १५ दिन पूरा भएको सर्न्दर्भमा ऐक्यबद्धता जनाउने कार्यक्रम पनि शुरु भएको उनले बताइन् ।
Related News
सम्बन्धित समाचार
पोखरामा सामुदायिक थियटरको माग
प्रहरी कार्यालयको भवन शिलान्यास
अमरसिंहको ६७ औं वार्षिकोत्सव
सेनाले गर्यो बम डिस्पोज
तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
कार्यकारी अधिकार खोज्दै समन्वय समिति
चैत्र १४, २०७९बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
चैत्र १३, २०७९पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९फिर्के र सिमसार दोहन रोक्न ध्यानाकर्षण
चैत्र १३, २०७९