पोखरा, २४ वैशाख। प्रथम प्रदेशस्तरीय औद्योगिक प्रदर्शनी तथा रोजगार मेला सोमबार सकिएको छ।
समापनमा प्रमुख अतिथि फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले घरेलु उद्योगको विकासले नै मुलुकको समृद्धि सम्भव रहेको जिकिर गर्दै यसको सर्म्बर्द्धन र प्रवर्द्धनमा राज्यले विशेष जोड दिनुपर्ने बताए।
उनले व्यक्ति स्वरोजगार बनेमा व्यक्तिगत जीवनयापनमात्र नभइ मुलुककै आर्थिकस्तर उच्च हुने बताए। उनले आफ्नो नगरपालिकाअन्तर्गत प्रत्येक वडामा १० जना ब्युटिसियनका साथै कपाल काट्ने तालिम लगायत स्वरोजगार तालिम दिइरहेको जानकारी पनि दिए।
नेपाल घरेलु तथा साना उद्योग महासंघका पूर्व उपाध्यक्ष एवं सल्लाहकार गजकुमारी गुरुङले रोजगारीको आधार उद्योग भएकाले यसमा जोड दिनुपर्ने बताइन्। श्रम, रोजगार तथा सूचना केन्द्र पोखराका कार्यालय प्रमुख भरत काफ्ले सहजकर्ताको भूमिकामा आफू रहेको बताए।
महासंघ प्रदेश ४ का अध्यक्ष हरिहर पौडेलले मेलामा आशा गरे अनुरुप दर्शक भित्रिएको जानकारी दिए। मेलामा घरेलु तथा साना उद्योग र रोजगारसम्बन्धी ५० वटा स्टल रहेका थिए। मेलामा खाद्यान्न, कपडा, कस्मेटिक, हस्तकला, अचार लगायत उद्योगको स्टल रहेका थिए।
महासंघ कास्कीका अध्यक्ष महाप्रसाद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सुवास सिग्देलले स्वागत तथा सचिव पशुपति शर्माले सञ्चालन गरेका थिए।
सो मेलाको उद्घाटनमा प्रदेश ४ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले १३ हजार रोपनीमा औद्योगिक क्षेत्र बनाउने घोषणा गरेका थिए। मेला चार दिनसम्म चलेको थियो ।
Related News
सम्बन्धित समाचार
सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
नौमती बाजाः जीतको पर्याय
सार्वजनिक बिदाका दिन चलेका सरकारी गाडी नियन्त्रणमा
महानगरमा बिदा नहुने
गणतन्त्र दिवस ३ दिन मनाइने
hero news full width
मुख्य समाचार
कास्कीमा एकमात्र महिला वडाध्यक्ष
धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
जेठ ९, २०७९होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
जेठ ९, २०७९