पोखरा, २४ वैशाख । सर्वसाधारणमा ट्राफिक सचेतना जगाउने उद्देश्यले कास्कीमा सञ्चालन भएको ट्राफिक सप्ताह सोमबार सकिएको छ।
‘पैदल यात्रा गर्दा फुटपाथको प्रयोग गरौं, ट्राफिक नियम जानौं पनि, मानौं पनि’ भन्ने मूलनाराका लागि सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय, माछापुच्छ्रे बैंक र रेडक्रस सोसाइटी कास्कीले संयुक्त रुपमा आयोजना गरेका थिए।
समापनमा प्रमुख अतिथि रेडक्रस सोसाइटी कास्कीका सभापति डोलराज पाण्डेले मानवजीवन सबैभन्दा अमूल्य भएकाले जीवनरक्षाका लागि दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले गरिरहेको सेवा प्रवाहमा सहकार्य गरेको बताए। कार्यक्रमको अध्यक्षको आसनबाट बोल्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक ऐनबहादुर मल्लले ट्राफिक सप्ताह सम्पन्न गर्न सहयोग गर्ने संघसंस्था एवं व्यक्तिलाई धन्यवाद व्यक्त गरे।
वैशाख १७ देखि शुरु कार्यक्रमअन्तर्गत विद्यार्थी, पैदलयात्री र चालकलाई ट्राफिक सचेतना तथा जेब्राक्रसबारे प्रशिक्षण, ट्राफिक सचेतनासम्बन्धी झण्डै १५ हजार पर्चा, पम्प्लेट वितरण, वृत्तचित्र प्रदर्शनी लगायत सचेतनामूलक कार्यक्रम गरिएको थियो।
सप्ताहव्यापी कार्यक्रमबारे प्रतिवेदन प्रस्तुत गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी नायव निरीक्षक शिवबहादुर थापाले कार्यक्रमवाट प्रत्यक्ष रुपमा १ लाख ५० हजारभन्दा बढी सर्वसाधारण लाभान्वित भएको जानकारी दिए। उनले गगनगौंडादेखि नौडाँडा र पोखरा महानगरपालिकाभित्र विशेष कार्यक्रम आयोजना गरिएको बताए।
ट्राफिक सप्ताहमै आयोजित निबन्ध लेखन प्रतियोगितामा प्रथम हुने सिर्जना माविका विवेक काफ्ले, द्वितीय भाष्कर मेमोरियल स्कूलकी दीक्षा बास्तोला, तृतीय गण्डकी आवासीय माविकी मोनिका गौतम र सान्त्वना भएकी बाराही माविकी अपेक्षा शर्मालाई नगदसहित पुरस्कृत समेत गरिएको थियो। कार्यक्रम सञ्चालन रेडक्रस कास्कीका कोषाध्यक्ष सुरेन्द्र गुरुङले गरेका थिए।
Related News
सम्बन्धित समाचार
मन्त्री र सचिवलाई कर्मचारीको म्यासेज :निजामती सेवा ऐनको मस्याैदा नै विभेदकारी भयो
दलितले भान्सा छोएपछि खाना फालियो, आरोपित २ पक्राउ, वडाध्यक्षसहित २ जना फरार
स्थानीयद्वारा तालचोक बेगनासताल सडक मर्मत
स्वर्णिमको बहिर्गमनले कांग्रेसमा निम्तिने क्षयीकरण
सरकार फेरिएको फेरियै, द्वन्द्वपीडितको घाउ उस्तै ?
hero news full width
मुख्य समाचार
गोविन्दराज जोशी र विकास कोइरालाको कारवाही फुकुवा
उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता
चैत्र १९, २०७९पोखरा सम्पन्न एसिया ट्राइयाथलन कप बब र मार्गरेटालाई
चैत्र १८, २०७९मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
चैत्र १८, २०७९मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
चैत्र १८, २०७९रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
चैत्र १७, २०७९