विमानस्थल विस्तार हुन नसक्दा ठूला विमान आएनन्

आदर्श समाज सम्वाददाता
वैशाख २५, २०७५
Bharatpur Airport (2)

चितवन, २४ वैशाख । भरतपुर विमानस्थलको धावनमार्ग विस्तार हुन नसक्दा ठूला विमानले यहाँबाट सेवा दिन सकेका छैनन्। यात्रुको चाप दिनानुदिन बढ्दै गए पनि विमान कम्पनीहरुले थोरै सिट क्षमताका विमानबाटै सेवा दिनुपर्ने बाध्यता रहेको छ। साना विमानले पनि पूरै सिट क्षमतामा यात्रु बोक्न पाएका छैनन्।

भरतपुर नागरिक उड्डयन कार्यालयका प्रमुख पवनकुमार गौतमका अनुसार २०१८ सालबाट सञ्चालनमा आएको विमानस्थल सोही समयको आवश्यकतालाई मध्यनजर गरी निर्माण गरिएको भए पनि विस्तार हुन नसक्दा समस्या भएको हो। उनका अनुसार ६२ विगाहा क्षेत्रफलमा फैलिएको विमानस्थलको धावनमार्ग १ हजार २ सय मिटर लामो छ। विमानस्थल वरपर मापदण्डविपरीत घर निर्माण भएका कारण पूरै धावनमार्ग पनि विमानले प्रयोग गर्न सक्दैनन्। जसका कारण साना विमान समेत उडान अवतरणमा समस्या हुने गरेको गौतमले बताए।

यती एयरलाइन्स भरतपुरका प्रबन्धक राजेशसिंह कम्पनीको ३० सिट क्षमताको जेटस्टिम विमानले धावनमार्ग पर्याप्त नहुँदा २०/२२ जनासम्म मात्रै यात्रु बोक्दै आएको बताउँछन्। अहिले भइरहेको धावनमार्गको अवतरण क्षेत्र -दक्षिण-पूर्व) मा बनाइएका मापदण्डविपरीत निजी संरचनाका कारण पूरै धावनमार्ग प्रयोग गर्न कठिन हुने सिंहले बताए।

बुद्ध एयर भरतपुरका प्रबन्धक भक्त बस्नेत धावनमार्ग छोटो हुनु र विमान अवतरण क्षेत्रमा मापदण्डविपरित संरचनाका कारण साना विमानले पनि क्षमता अनुसारको यात्रु बोक्न नसकेको बताउँछन्। उच्च तापक्रम र पर्याप्त धावनमार्गको अभावमा विमानले क्षमता अनुसारको यात्रु बोक्न कठिन भएको उनले बताए। बुद्धले ४७ सिट क्षमताको एटिआर ४२ मार्फत् उडान भर्दै आएको छ। ठूला जहाज अवतरण नहुँदा एक दिनमा ११ वटासम्म उडान भर्नुपर्ने बाध्यता रहेको बस्नेतले बताए। धेरै सिट क्षमताका विमानबाट सेवा दिन सकिए थोरै उडानले सस्तो भाडादरमा सेवा दिन सकिने उनको भनाइ छ।

विमानस्थलको क्षेत्र विस्तारका लागि नजिकै रहेको सेनाको घोडा प्रजनन् केन्द्र रहेको व्यारेक नै उपयुक्त मानिँदैआएको छ। तर, सेनाले मुख्य शहरको नजिक विमानस्थल हुनुभन्दा शहरबाट टाढा विमानस्थल राख्न सके राम्रो हुने तर्क राख्दै आफुले प्रयोग गर्दै आएको जमिन दिन नसक्ने जवाफ दिएको गौतमले बताए।

नागरिक उड्ड्यन कार्यालय भरतपुरले २०७२ माघ १८ गते सेनालाई पत्र पर्ठाई जग्गा माग गरेको थियो। माघ २१ गते नै सेनाले जग्गा दिन नसकिने जवाफ दिएको थियो।

दुर्इ कार्यालयबीच जग्गाको विषयमा पत्राचार भए पनि सरकारी स्तरबाट विमानस्थल विस्तारका लागि पहल हुन सकेको छैन।

भरतपुर काठमाडौंबाट ५० नटिकल माईल दुरीमा रहेको छ। भरतपुर काठमाडौं सोर्फी भाडादर ३ हजार ६ सय रुपैयाँ तिर्नुपर्ने बाध्य छ। भरतपुर विमानस्थलबाट सोर्फी दैनिक औसतमा ५ सय यात्रुले यात्रा गर्दै आएका छन्। बुद्ध, यती र सिम्रिक एयरले यहाँबाट नियमित उडान भर्दै आएका छन्। यतीको जेट स्ट्रीम र बुद्धको बीचक्राफ्ट, एटिआर-४२ जस्ता आधुनिक विमानले उडान भर्ने गरेको विमानस्थलका प्रबन्धक गौतमले बताए।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width