पोखरा, २४ वैशाख । पत्रकार रमेश पौडेल उत्कृष्ट समाचार समाचारदाताको रुपमा सम्मानित भएका छन् ।
गोरखापत्र संस्थानको ११८ औं वाषिर्कोत्सवका अवसरमा काठमाडौंमा सोमबार आयोजित समारोहमा प्रदेश ४ का उत्कृष्ट समाचारदाताको रुपमा पौडेललाई नगद ५ हजार ५ सय ५५ रुपैयाँ र सम्मानपत्र सहित सम्मान गरिएको हो । उनी दुर्इ दशकदेखि गोरखापत्रमा पोखरा समाचारदाताको रुपमा कार्यरत छन् ।
रेडियो बाराहीका कार्यकारी निर्देशक समेत रहेका पौडेल यसअघि दयाशंकर स्मृति पत्रकारिता पुरस्कार, गजेन्द्र भण्डारी स्मृति पत्रकारिता पुरस्कार, नेपाल टेलिभिजन उत्कृष्ट पत्रकारिता, पर्वतीय पर्यटन पत्रकारिता पुरस्कार लगायतबाट पुरस्कृत हुनुको साथै दर्जनौ संघसंस्थाबाट सम्मानित भएका छन् ।
नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्याक्ष तथा वानका निवर्तमान केन्द्रिय उपाध्यक्ष पत्रकार पौडेल नेपाल टेलिभिजनका पोखरामा समाचारदाता पनि हुन् ।
समारोहमा सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पौडेलसहित प्रदेशतर्फ १ बाट सचिन पोखरेल, , २ बाट कन्हैलाल केशरी, ३ बाट राममणि दाहाल, ५ बाट छविलाल पाण्डे, ६ बाट ललित बसेल र ७ का प्रकाशविक्रम शाह तथा काठमाडौँ उपत्यकाबाट देवबहादुर कुँवरलाई नगदसहित सम्मानित गरेका थिए ।
यस्तै, गोरखापत्र राष्ट्रिय पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार भैरव रिसाललाई प्रदान गरियो । पुरस्कार राशि ५५ हजार ५ सय ५५ र सम्मानपत्र छ ।
Related News
सम्बन्धित समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
राष्ट्रपति पौडेललाई सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको बधाई
राष्ट्रपतिलाई प्रजातान्त्रिक विकास समाजले दियो बधाई
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
न्यायिक समितिबीच अनुभव साटासाट
hero news full width
मुख्य समाचार
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९