कैलाशको ४९ औ शाखा सिराहामा

आदर्श समाज सम्वाददाता
वैशाख २५, २०७५
kailash

पोखरा, २४ वैशाख। कैलाश विकास बैंक लिमिटेडले सिराहाको बेल्हामा ४९ औँ शाखा स्थापना गरेको छ।

शाखाको उद्घाटन कल्याणपुर नगरपालिकाका मेयर सूर्यनाथ मण्डलले सोमबार गरेका थिए।

यस नयाँ शाखा सहित बैंकको शाखा संख्या ४९ पुगेका छन् भने एटिएमको संख्या २२ पुगेका छन्। बैंकले निकट भविष्यमा पर्साजिल्लाको वीरगञ्ज, मनाङ जिल्लाको धारापानी तथा अन्य विभिन्न ठांउहरुमा शाखा सञ्चालन गर्ने तयारी गरिरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले बताए।

राष्ट्रियस्तरको यस विकास बैंकको चुक्ता पुँजी २ अर्ब ५२ करोड रहेको छ। संस्थाले हालसम्म २० अर्ब १४ करोड निक्षेप संकलन गरी १८ अर्ब ६६ करोड कर्जा प्रवाह गरेको जनाएको छ।

बैंकले अत्यधुनिक प्रविधिको उपयोग गर्दै आधारभूत बैंकि· सेवाको अलावा मोबाइल बैंकि·, एसएमएस बैंकि· इन्टरनेट बैंकि· सेवा, सेयर लगानीकर्ताको लागि सी-आस्वा सेवा, सुविधा भुक्तानी, रेमिटान्स सेवा सेवा प्रदान गर्दैआएको छ।

Related News

सम्बन्धित समाचार

  • अर्थतन्त्रमा सुधार आउने

    आदर्श समाज सम्वाददाता असाेज १५, २०७९
    लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा व्यवसायी र बैंकर्सबीच छलफल तथा अन्तक्र्रिया कार्यक्रम भएको छ । छलफल तथा शुभकामना…
  • ‘सिजीसँग यो पर्व, गरौं गर्व’

    आदर्श समाज सम्वाददाता असाेज १४, २०७९
    पोखरा । सिजी ब्रान्डले दसैं, तिहार तथा छठ पर्व लक्षित गर्दै नयाँ उपहार योजना बजारमा ल्याएको छ । ‘सिजीसँग यो…
  • चाडपर्वमा मात्र अनुगमन

    आदर्श समाज सम्वाददाता असाेज १४, २०७९
    पोखरा । दसैंतिहार लगायत ठूला चाडपर्व भित्रिएपछि पोखरा बजारमा अनुगमन तीव्र बन्यो । अरु बेला सुतेर बस्ने अनुगमनकर्ताहरु चाडपर्व भित्रिएपछि…
  • सिर्जना विकास केन्द्रमा पदस्थापना

    आदर्श समाज सम्वाददाता असाेज १३, २०७९
    पोखरा, १३ असोज । सृजना विकास केन्द्र, सिमलचौरका नवनिर्वाचित पदाधिकारीले बिहीबार सपथग्रहण गरेका छन् । केन्द्रको ४५ औं साधारण सभा तथा…
  • दसैंलक्षित भेडाच्याङ्ग्रा पोखरा

    धनबहादुर गुरुङ असाेज ११, २०७९
    पोखरा । जुम्लाका कमानसिंह थामी पोखरा १, जौबारीमा भेडाच्यांग्राको हुलसँगै भेटिन्छन् । गत वर्ष पनि उनी यसरी नै भेटिएका थिए…

hero news full width