पोखरा, २४ वैशाख। नेपालका लागि श्रीलंकाका राजदूत परेराले नेपाल र श्रीलंकाबीच सांस्कृतिक, ऐतिहासिक र धार्मिक सम्बन्ध ६० वर्ष पुरानो रहेको बताए ।
पोखरा उद्योग वाणिज्य संघको आतिथ्यमा भएको कार्यक्रममा उनले नेपाली भिक्षुहरु श्रीलंकामा वुद्ध दर्शन अध्ययन गर्न आउने जानकारी गराउँदै विश्वकै ५५ औं स्थानमा पर्ने श्रीलंका पर्यटन, धार्मिक, उच्च शिक्षा, स्वास्थ्य उपचारका लागि उपयुक्त स्थान रहेको हुंदाँ श्रीलंकामा भ्रमण तथा व्यवसाय लगानीका लागि आग्रह गरे।
संघका अध्यक्ष विश्वशंकर पालिखेले श्रीलंकाका राजदूतलाई पोखरामा स्वागत गर्ने अवसर प्राप्त भएकोमा आभार व्यक्त गरे।
उनले नेपाल र श्रीलंकाबीच रामायणकालदेखि सम्वन्ध रहंदै आएको चर्चा गर्दै नेपालकी छोरी सीताको भारतका युवराज रामसँग भएको वैवाहिक सम्बन्ध र श्रीलंकाका महाराज रावणले सीताको अपहरण गरेको प्रसंग राखे ।
नाटा पोखरा च्याप्टरका अध्यक्ष सन्तोष पोखरेलले दुर्इ देशबीचको पर्यटन प्रवर्द्धनमा विशेष जोड दिन आग्रह गर्दै भारतबाट लुम्बिनी आउने श्रीलंकाली पर्यटकलाई लुम्बिनीमात्रै नभई बुद्ध धर्मसँग सम्बन्धित अन्य स्थानका साथै नेपालका प्रमुख पर्यटकीय स्थलको पनि भ्रमण गर्ने वातावरण श्रृजना गर्ने सम्वन्धमा आवश्यक पहल गर्न अनुरोध गरे।
कार्यक्रम सञ्चालन संघका महासचिव दामु अधिकारीले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
मधेसमा ‘बोक्सी हुन्न’ अभियान
भगिनी सम्बन्धको दुरुपयोग
बाबुको निधनपछि १९ वर्षीया साधनाको उपचारमा सकस
नागरिक विधेयक प्रक्रियामा
मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९शिक्षामा राज्यको लगानीअनुरुप अपेक्षित प्रतिफल हासिल हुन सकेन: राष्ट्रपति
श्रावण ३१, २०७९राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा, पोखराका मेयर आचार्यले गरे चुनावको ब्रिफिङ
श्रावण ३१, २०७९