पोखरा, २२ वैशाख। चर्चित लोकगायक खड्ग गर्बुजामगर पोखरामा शनिबार एकल साँझमा प्रस्तुत भए। मगर सांस्कृतिक संघद्वारा आयोजित एकल साँझमा उनले सालैजो (पानी खायो बाघैले), यानीमाया, सोरठी, कौरा, शिरफूल, ठाडो भाका लगायत १७ वटा गीत प्रस्तुत गरे।
‘म्याग्दी तिरैतिर’ बोलको पहिलो गीत गाएर लोक गायनयात्रा शुरु गरेका खड्गले दोस्रो गीत ‘यानीमाया’ गाए। शारीरिकरुपमा अपांगता भएका खड्गले पोखरा सभागृहको हलमा आफ्नो एकल साँझमा एक दर्जन एकल गीत र आधा दर्जन जति युगल गीत गाए।
जीवनमा ठूलो चोट लागेर गायन क्षेत्रमा प्रवेश गरेका खड्गले पहिलो गीत ‘हाँसी खेली सुन रिमै’ बोलको गीतबाट एकल साँझको शुरुवात गरेका थिए। जुन गीत खड्ग अपांगता बनेपछि गाएको पहिलो गीत थियो। २०४२ सालमा म्याग्दीको अर्निभीरबाट लडेर खड्ग घाइते बनेका थिए। उनका दुवै खुट्टा चल्दैनन् र ह्वीलचियरको सहारामा गुड्छन्।
‘म देश र नेपाली संगीतको सेवा गर्न कलाकार भएको होइन, म आफ्नो वेदना पोख्न गीत गाउँदागाउँदै सामान्य गाइनेमात्रै भएको हुँ,’ खड्गले साँझ शुरुअघि गायनयात्राबारे भने, ‘मैले जति पनि सम्मान र माया पाएको छु, गीतसंगीत र अपांगता भएकै कारण पाएको छु र जति उपेक्षित, अपहेलित र विभेदित भएको छु, अपांगता भएकै कारण भएको छु।’
‘पानी खायो बाघैले’ सालैजो भाकामा अन्तिम युगल गीत गाएर एकल साँझ अन्त्य गरेका थिए। ‘बाबरी फूलेको’, ‘डाली पलायो’, ‘शिरफुले माया’ लगायत युगल गीतमा खड्गलाई मीना गर्बुजा, नीता पुन र मीरा रोकाले साथ दिए। प्रदेश ४ का भूमि व्यवस्था, कृषि सहकारीमन्त्री लेखबहादुर थापामगरले मादल बजाएर एकल साँझ उद्घाटन गरेका हुन्। सो क्रममा मन्त्री थापामगरले मगरहरुको भाषा, लिपी, कला र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा खड्गले लेखेका आफ्नै आत्मकथा ‘मोडिएको बाटो’ को मन्त्री थापाले विमोचन समेत गरे। काठमाडौं नयाँ बानेश्वर थापागाउँस्थितस्थित घोस्ट राइटिङ नेपालद्वारा प्रकाशित कृतिको सम्पादन पत्रकार अमृत दाहालले गरेका हुन्। करिव ४३ भन्दा बढी शीर्षकमा आफ्नो बाल्यकाल, पारिवारिक अवस्था, लोकगीत गायनयात्रा, जीवनमा आफूले भोगेका सम्मान एवं अपमान, संघर्षका कथा र प्राप्त उपलब्धिलाई समेटेर खड्गले किताबको आकार दिएका छन्। उनले पुस्तकमा लेखेका छन्, ‘मैले यो पुस्तक ठूलो नाम कमाउँला भनेर लेखेको होइन। धेरै धन कमाउँला भनेर पनि लेखेको होइन। जीवनलाई अलिखित रुपमै मेरो मृत्युसँग अन्त्य हुन दिनुभन्दा लिखित दस्तावेजका रुपमा एउटा पुस्तकको आकार दिन पाए मेरो मृत्युपछि वा अघि जसले पढे पनि मेरो जीवन-संघर्षबारे थाहा पाओस् भन्ने नै मूल ध्यय हो।’
रेडियो नेपालद्वारा २०५४ मा आयोजित देशव्यापी लोकगीत प्रतियोगितामा तृतीय हुन सफल खड्ग गर्बुजामगर २०५९ मा गोरखा दक्षिणबाहुबाट सम्मानित भएका थिए। त्यसैगरी, जनकल्याण पुरस्कार थापाथली काठमाडौं-२०५६, उत्कृष्ट राष्ट्रिय प्रतिभा पुरस्कार-२०५७, मास्टर मित्रसेन स्मृति प्रतिष्ठान सम्मान-२०६१, विश्वशान्ति सांगीतिक कार्यक्रम अभिनन्दन-२०६१, गोरखा म्यूजिक सम्मान-२०६३ लगायत साढे ३ दर्जनभन्दा बढी पुरस्कार तथा सम्मानबाट उनी सम्मानित भइसकेका छन्।
Related News
सम्बन्धित समाचार
स्पोर्टस् अवार्डलाई लगातार सहयोग
डिजिटल पेडागोजीसम्बन्धी कार्यशाला
दीपशिखा र ट्याग परियोजनाबीच सम्झौता
संस्कार समाज नेपालद्वारा सम्मान
प्रहरीले नागरिकसँग कस्तो व्यवहार गर्ने ?
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
चैत्र ७, २०७९गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९