काठमाडौं, २२ वैशाख। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यसहित ५ जना व्यवसायी पक्राउ परेका छन्।
सरकारले यातायात क्षेत्रमा जारी सिन्डिकेट प्रथा खारेज गर्ने निर्णयविरुद्ध आन्दोलन चर्काएको भन्दै प्रहरीले कर्माचार्यसहितका व्यवसायीलाई काठमाडौँको बानेश्वरको एक होटलबाट शनिबार साँझ पक्राउ गरेको हो। पक्राउ परेका कर्माचार्य आन्दोलन मूल समितिको संयोजक पनि हुन् ।
पक्राउ पर्नेमा उनीसहित महासंघका वरिष्ठ उपाध्यक्ष विजय स्वाँर, उपमहासचिव वसन्त भण्डारी, कोषाध्यक्ष किरण खड्का र एक व्यवसायी समेत रहेको महानगरीय प्रहरी परिसरका प्रमुख वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले जानकारी दिए।
पक्राउ परेकालाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ। सिन्डिकेट खारेज गर्ने सरकारको नीतिविरुद्ध लागेको र अत्यावश्यक सेवा अवरुद्ध गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको पोखरेलले बताए।
महासंघले शुक्रबार सिन्डिकेट हटाउने सरकारी निर्णयको बिरोधमा सांकेतिक हड्ताल गरेको थियो । तर, सरकारले शुक्रबार नै सेवा रोक्ने संघ तथा समितिका पदाधकिारीलाई पक्राउ गर्न शुरु गरेको थियो ।
सिन्डिकेट पक्षधर व्यवसायीले शुक्रबार देशभर सार्वजनिक यातायात ठप्प पारेपछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले यातायात संघ र समितिका पदाधिकारीसहित सिन्डिकेट पक्षधर यातायात व्यवसायीलाई पक्राउ गर्न निर्देशन दिएका हुन् । यता, शुक्रबार राति नै महासंघले विज्ञप्ति निकालेर आफ्ना पक्राउ परेका व्यवसायीलाई छाड्न सरकारसँग माग गरेको थियो । शनिबार साँझसम्म पक्राउ परेका व्यवसायीलाई नछाडे २७ गतेदेखिको अनिश्चितकालीन हड्ताल अघि सार्ने योजना महासंघको थियो ।
यही विषयमा छलफल गर्न शनिबार साँझ जम्मा भएका महासंघका पदाधिकारीलाई प्रहरीले पक्राउ गरेको हो । योसँगै सरकारले अत्यावश्यक सेवामा हड्ताल गर्नेलाई त्यसै नछाड्ने स्पष्ट सन्देश दिएको छ।
गृहमन्त्रीको निर्देशनलाई प्रहरीले समेत निकै छिटो र सहज ढंगले पालना गर्दा यातायात क्षेत्रमा देखिएको सिण्डिकेटको जरो उखेलिने अवस्था देखिएको सामाजिक सञ्जालमा टिप्पणी भइरहेको छ । सरकारको यो कदमको नागरिक स्तरबाट व्यापक समर्थन भइरहेको छ।
हड्ताल नगर्ने कागजसहित रिहा
रुपन्देहीबाट पक्राउ परेका यातायात व्यवसायी समितिका पदाधिकारीसहित १२ जना आइन्दा हड्ताल नगर्ने कागज गरेर छुटेका छन् । सिन्डिकेट खारेजीको विरोधमा यातायात हड्ताल गरेर आन्दोलनमा उत्रिएपछि उनीहरु शुक्रबार बुटवल र भैरहवाबाट पक्राउ परेका थिए ।
‘आइन्दा राज्यका कानुन उल्लंघन हुने गरी अत्यावश्यकीय सेवा अन्तर्गतको यातायात हड्ताल नगर्ने कागजमा हस्ताक्षर गरे पछि छोडियो’, इलाका प्रहरी कार्यालय बुटवलमा पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी प्रहरी प्रमुख श्याम ज्ञवालीले भने । बुटवलबाट ४ जना र भैरहवाबाट ८ जना यातायात व्यवसायी समितिका पदाधिकारी र कर्मचारी रिहा भएका हुन् ।
प्रहरीले पश्चिम नेपाल बस व्यवसायी समितिका उपाध्यक्ष जीवन बन्जाडे, महासचिव पदम गाहा, सहसचिव चेतनारायण बेल्बासे र बुटवल यातायातका उपाध्यक्ष अशोककुमार श्रेष्ठलाई पक्राउ गरेर हिरासतमा राखिएको थियो ।
Related News
सम्बन्धित समाचार
युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
ढल्केबरको तरबुजा बेंसीसहरमा
पेट्रोलकाे भाउ बढेर लिटरकै १ सय ८० पुग्याे, खाना पकाउने ग्यासको मूल्य २ सय बढ्यो
स्वर्णिम वाग्लेको अतृप्त अवसर लोकार्पण
नेपाल अडिटर्स एसोसियसन (अडान) गण्डकीमा पदमबन्धु पोखरेल
hero news full width
मुख्य समाचार
पोखराको स्थगित मतगणना अझै सुरु भएन
वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
जेठ १०, २०७९सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
जेठ १०, २०७९कास्कीमा एकमात्र महिला वडाध्यक्ष
जेठ १०, २०७९धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९