पोखरा, २२ वैशाख। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले शनिबार आह्वान गरेको नेपाल बन्दको प्रभाव सार्वजनिक बिदा भएकोले तुलनात्मक रुपमा कम पर्यो। पोखरामा शैक्षिक संस्था सहित यहाँका उद्योग व्यवसाय शनिबार बन्द नै हुने गर्छ। तर, यातायात नचल्दा यात्रुले भने सास्ती खेपे।
यातायात व्यवसायीको शुक्रबारदेखि शुरु भएको आन्दोलनअन्तर्गत शनिबार सवारी चल्ने बताए पनि नेकपाको पूर्वघोषित बन्द आहृवानले सार्वजनिक सवारी आवागमन ठप्प हुन पुगेको हो। लामो तथा छोटो दुरीका सवारीसाधन नचल्दा सर्वसाधारण मारमा परे ।
नेकपाले आफ्ना नेता, कार्यकर्ता र शुभचिन्तकमाथि सरकारले गरेको धरपकड, गिरफ्तारी गरेको भन्दै बन्द आहृवान गरेको थियो। विचार राख्ने, सभा जुलुस गर्ने अधिकारमाथि पनि प्रतिबन्ध लागएको भन्दै बन्द आह्वान गरिएको नेकपाका महासचिव विप्लवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
बन्दमा पोखराका मुख्य चोकचोकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो। बन्दको क्रममा स्थानीय तथा प्रदेश सरकारले आमउपभोक्तालाई यातायात विकल्प सहितको सुरक्षा दिने भने पनि सो हुन सकेन। सदाको शनिबारजस्तै पोखरामा उद्योग व्यवसाय, कलकारखाना तथा साना पसल बन्द भए । जिल्ला प्रहरी कार्यालय कास्कीले बन्दक्रममा कोही पनि पक्राउ नपरेको जनाएको छ। यद्यपि, नक्कली बमले आतंकित पार्न खोजेको एसपी अशोक सिंहले बताए। बन्द आह्वानकै दिन पोखरा-५ स्थित नेपाल विद्युत् प्राधिकरण कार्यालयको गेट अगाडि शंकास्पद वस्तु भेटियो। रातो तार निकालेर कालो प्लाष्टिकले बेरेर राखिएको वस्तुलाई नेपाली सेनाको कालिभञ्जन गणको बम डिस्पोजल टोलीले निस्तेज पार्यो। प्रहरीका अनुसार शनिबार मध्यान्ह करिब १२ बजे भेटिएको उक्त वस्तु दिउँसो करिब १ बजेर ५५ मा डिस्पोज गरिएको हो। एसपी सिंहले सो वस्तु बम नभएको र क्यान बियरको बोत्तलमा तार र प्लाष्टिक बेरेर तसाउने उद्देश्यले राखिएको जानकारी दिए। शंकास्पद वस्तुका कारण भने स्थानीय त्रसित बनेका थिए। उता, लमजुङमा शनिबार ३ स्थानमा बम फेला परेपछि जनजीवन आतंकित बन्यो । नेपाली सेनाको डिस्पोजल टोलीले भने सुरक्षित रुपमा बम डिस्पोज गर्यो । सुन्दरबजार नगरपालिका, मध्यनेपाल नगरपालिका र मस्र्याङ्दी गाउँपालिकामा बम फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
Related News
सम्बन्धित समाचार
‘जहाँ ढुंगा ढुंगामा देवताको बास छ’
समता स्कुल पर्वतमा अक्षयकोष
६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
राष्ट्रियसभा उपाध्यक्षमा उर्मिलाको उम्मेदवारी
पर्वतीय संग्रहालयले स्थापना दिवस मनायो
hero news full width
मुख्य समाचार
राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको शपथ
इञ्जिन ब्लेड फेदर यती एयर दुर्घटनाको कारण
माघ २४, २०७९पोखरा म्याराथन : हस्तलिखित नम्बरदेखि चिपसम्म
माघ २४, २०७९महानगरले सुरु गर्यो सशुल्क पार्किङ
माघ २४, २०७९पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
माघ २३, २०७९प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
माघ २२, २०७९