पोखरा, २२ वैशाख। मुक्तक विधामा कलम चलाउने स्रष्टालाई वाषिर्क पुरस्कृत गर्ने उद्देश्यका साथ अक्षयकोषकोे स्थापना गरिएको छ।
गीताञ्जली साहित्य परिवार पोखराद्वारा शनिबार आयोजित एक कार्यक्रमबीच मुक्तकमणि तीर्थराज अधिकारी परिवारले आफ्ना पिता माताको स्मृतिमा अक्षयकोष घोषणा गरेका हुन्।
अधिकारी परिवारले १ लाख ५१ हजार १ सय ११ रुपैयाँको चेक गीताञ्जली साहित्य परिवारका अध्यक्ष शिवप्रसाद गौतमलाई हस्तान्तरण गरेका हुन्।
माता रुक्मिणा अधिकारी र पिता नारायणदत्त अधिकारीको स्मृतिमा उनको परिवारले मुक्तकमणि राष्ट्रिय पुरस्कार सञ्चालनका लागि गीताञ्जली साहित्य परिवारलाई रोजेका हुन्।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ समालोचक प्राडा वासुदेव त्रिपाठीले कविशिरोमणि लेखनाथ पौड्यालको अन्तिम चतुष्पदीय मुक्तक वाचन गरेर कार्यक्रम उद्घाटन गरे। उनले २०२० को दशकमा कविता विधामाथि विभिन्न वादले अप्ठ्यारोमा पारिरहेको बेला लेखनाथ पौडेलका कविताले नयाँ धार समातेर अगाडि बढेको स्मरण गरे।
उनले थपे, ‘हिजो लेखनाथ पौडेलसँगै वाङ्मयका फुटकर विधामा पोखराको प्रभावकारी भूमिका रहेजस्तै मुक्तकमणि तीर्थराज अधिकारीको भूमिका रहेको छ।’ उनले भाषा र साहित्यबारे मात्र समय खर्च गरेनन्, पोखराका सन्दर्भमा पनि मनमा लागेका केही कुरा भने। पोखराको सौन्दर्यको वर्णन गर्दै उनले सुन्दर नगरीको सुन्दरतालाई जोगाउन र आफूलाई स्वस्थ राख्न ठूला घर नबनाउन र घर बनाउँदा हिमाल देखिने गरेर बनाउन सुझाए।
त्रिपाठीले भने, ‘पछिल्लो पुस्ताले जीवन शुरु नहुँदै टेक्सन भयो भनेको सुनेका छौं, त्यो सबै भएको जिन्दगीको बाटो हिँडन नजानेर हो ।’ उनले साहित्यिक, सांस्कृतिक र आध्यात्मिक जागरणले जीवन, जीवनजस्तो असल बन्ने भएकाले जुन बाटोमा लागे तापनि मनदेखि लाग्नुस् भने। पछिल्लो पुस्ताका स्रष्टालाई सम्बोधन गर्दै त्रिपाठीले भने, र्ँकर्म गर फल त्रि्रो अधिकारभित्रको कुरामा पर्दैन, मिल्न-नमिल्न पनि सक्छ।’
अध्यक्षको आसनबाट बोल्दै परिवारका अध्यक्ष शिवप्रसाद गौतमले कोषको ब्याजबाट प्रत्येक वर्ष मुक्तक विधामा एक प्रतिभालाई पुरस्कृत गर्ने जानकारी दिए।
परिवारले यस अगाडि गीताञ्जली साहित्य रत्न पुरस्कार र तुल्सीमुहा अहिल्या बालसाहित्य पुरस्कार सञ्चालन गर्दै आएको बताए।
एकल मुक्तकवाचनका नायक तथा अक्षयकोषदाता मुक्तकमणि अधिकारीले पछिल्लो समय परदेशमा रहे तापनि बाबा आमाको स्मृतिमा अक्षयकोष स्थापनाका लागि नेपाल आएको बताए।
कार्यक्रममा लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पद्यराज ढकाल, परिवारका संस्थापक अध्यक्ष कृष्ण भण्डारी मुमुक्षु, सल्लाहकार शंकर ज्ञवाली, उपाध्यक्ष रामनाथ अधिकारीलगायत बोलेका थिए।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट, समृद्धिका लागि सहकार्यमा जाेड
वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
नौमती बाजाः जीतको पर्याय
सार्वजनिक बिदाका दिन चलेका सरकारी गाडी नियन्त्रणमा
hero news full width
मुख्य समाचार
नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
चुनावको जात्रा, मकैको व्यापार
जेठ ११, २०७९बजेट अधिवेशन आजदेखि
जेठ ११, २०७९पोखराको पन्ध्राैं मेयर धनराज आचार्य, ६ हजार मतान्तर
जेठ ११, २०७९पोखराको स्थगित मतगणना फेरि सुरु
जेठ १०, २०७९पोखराको स्थगित मतगणना अझै सुरु भएन
जेठ १०, २०७९