मानव सेवा आश्रमलाई लालीगुरा“स टोलको सहयोग

आदर्श समाज सम्वाददाता
वैशाख २३, २०७५
lali

पोखरा, २२ वैशाख।लालीगुरा“स टोल विकास संस्था, पोखरा-८ ले मानव सेवा आश्रमलाई विभिन्न सामग्री सहयोग गरेको छ।

संस्थाले शनिबार आश्रमको लागि २ थान लो-बेड, १ थान म्याटे्रस, २ थान म्याट र ७ थान टावेल सहयोग गरेको हो।

उक्त सामग्री प्रमुख अतिथि ब्रोडकास्टिङ एशोसिएसन अफ नेपाल (वान) महासचिव दुर्गा अधिकारीले आश्रमका परिकल्पनाकार एवं केन्द्रीय अध्यक्ष रामजी अधिकारी, अभिभावक राजेश फुँयाल र अभियन्ता होमनाथ तिमिल्सिनालाई संयुक्त रुपमा हस्तान्तरण गरेकी हुन्।

सो अवसरमा प्रमुख अतिथि वान महासचिव दुर्गा अधिकारी, आश्रमका परिकल्पनाकार एवं केन्द्रीय अध्यक्ष रामजी अधिकारी, अभिभावक राजेश फुँयाल र अभियन्ता होमनाथ तिमिल्सिना, आश्रमका वीरगञ्ज शाखा संयोजक अंशु कार्की, विश्व हिन्दू महासंघ कास्की उपाध्यक्ष पार्वती पौडेल लगायतले बोलेका थिए।

संस्थाकी अध्यक्ष मेनुका बरालको अध्यक्षतामा भएको कार्यक्रममा आदर्श समाज दैनिकका व्यवस्थापक समेत रहेकी संस्थाकी उपाध्यक्ष दुर्गादेवी बास्तोलाले कार्यक्रमको बारेमा जानकारी दिएकी थिइन्।

कार्यक्रम सञ्चालन सचिव मंगली बास्तोलाले गरेकी हुन्।

Related News

सम्बन्धित समाचार

  • कृष्ण भुजेललाई सहिद घोषणा गर्न माग

    आदर्श समाज सम्वाददाता जेठ ९, २०७९
    पोखरा । संसदीय चुनाव २०५४ का क्रममा साविक कालिका गाविसमा अमानवीय तरिकाले हत्या गरिएका कृष्ण भुजेललाई सहिद घोषणा गर्न माग…
  • सोंपाल समाजको ९ लाख सहयोग

    आदर्श समाज सम्वाददाता जेठ ९, २०७९
    पोखरा । बेलायतमा च्यारिटी कमिसनमा रजिस्टर भएको संस्था साेंपाल समाज युकेले आँधीखोला गाउँपालिका १ बेझाङको आधारभूत विद्यालयलाई सहयोग गरेको छ…
  • चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा क्यालेन्डर विमोचन

    आदर्श समाज सम्वाददाता जेठ ८, २०७९
    पोखरा । चलचित्र पत्रकार संघको २३ औं वार्षिकोत्सव तथा राष्ट्रिय चलचित्र पत्रकारिता दिवस–२०७९ अवसरमा चलचित्र पत्रकार संघ कास्कीले शनिबार शुभकामना…
  • ५ रुपैयाँ प्रति किलो काक्रो

    आदर्श समाज सम्वाददाता जेठ ८, २०७९
    हेमजा । हेमजाको सुइँखेतमा यतिबेला काँक्रोको उत्पादन अत्यधिक छ । तर काँक्रोले उचित मूल्य नपाउँदा किसान मर्कामा परेका छन् ।…
  • पोखरा महानगरको प्रमुखमा गठबन्धन र उपप्रमुखमा एमालेको अग्रता

    रासस जेठ ८, २०७९
    गण्डकी । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र उपप्रमुखमा नेकपा ९एमाले०का उम्मेदवारले अग्रता…

hero news full width