पोखरा, २२ वैशाख । महाकाव्यकार माधव वियोगीद्वारा लिखित ‘डायमनश्री’ महाकाव्य शुक्रबार लोकार्पण गरिएको छ।
विराटनगरको परोपकार सामुदायिक भवनको सभाकक्षमा भएको एक समारोहमा कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले सो महाकाव्य लोकार्पण गरेका हुन्।
महाकाव्य लोकार्पण गर्दै कुलपति उप्रेतीले पोखराले छन्द र महाकाव्यको समुचित विकासमा गहन र महत्वपूर्ण योगदान दिने माधव वियोगीजस्तो प्रतिभा जन्माएको बताए।
साथै उनले निरन्तरको साधना र प्रतिबद्धताले नै महाकाव्य सिर्जना गर्न सकिन्छ भन्दै डायमण्डशमशेरको विषयमा महाकाव्य रचिनु आफैमा महत्वपूर्ण कार्य भएको बताए।
डायमनश्री महाकाव्यमाथि समालोचनात्मक टिप्पणी गर्दै डा गोविन्दराज भट्टराईले महाकाव्यले आख्यानकार डायमण्डशमशेर राणाको जीवनी, व्यक्तित्व र कृतित्वलाई सम्पूण्ारूपमा प्रकाश पारेको बताए। उनले छन्दको समूचित र स्वाभाविक प्रयोगले महाकाव्य पठनीय र ओजपूर्ण बनेको समेत बताए।
समालोचक डा तुलसी भट्टराईले छोटो समयमा ठूलाठूला महाकाव्य रचेर वियोगीले सबैलाई चकित पारेको बताए।
महाकाव्यका स्रष्टा माधव वियोगीले नेपालको प्रजातान्त्रिक आन्दोलन र ऐतिहासिक उपन्यास लेखनमा डायमण्डशमशेरले पुर्याएको योगदानको कदर स्वरूप महाकाव्यको नायक बनाएको बताए।
डायमनसमशेर राणाको जन्मशताव्दीको सन्दर्भमा आयोजित सो कार्यक्रममा प्राज्ञ विवश पोखरेल, हिरण्यलाल श्रेष्ठ, रघुशमशेर राणा, कविराज न्यौपाने, रामबहादुर पहारी, कलानिधि पहारी, ज्ञानु अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए।
सो अवसरमा राम्जी तिमिल्सेना र हरि गौतमले डायमण्डशमशेरसम्बन्धी कार्यपत्र पेश गरेका थिए। डा गोविन्दराज भट्टराईको अध्यक्षतामा भएको सो कार्यक्रममा स्वागत प्राज्ञ दधिराज सुवेदी र सञ्चालन गोकुल अधिकारीले गरेका थिए।
Related News
सम्बन्धित समाचार
ट्होटेंमा राष्ट्रपतिको आगमनले तमुहरु उत्साहित
विन्ध्यवासिनी माविमा विद्यार्थी सम्मान
मासबार आमा समूहमा शारदा
नेतृत्व विकास तालिम
दीपशिखा पुस्तकालयमा अन्तक्र्रिया
hero news full width
मुख्य समाचार
राष्ट्रपति भण्डारी आज पोखरा आउँदै, भोलि दिउँसाेमात्र फर्कने
नागरिकता विधेयक फिर्तापछि तरंग
श्रावण ३०, २०७९गण्डकीको होमस्टे : पाहुना जाँदैनन्, पैसामात्रै खर्च
श्रावण ३०, २०७९ट्होटेका दिन साउन ३१ गते पाेखरामा स्थानीय बिदा
श्रावण २९, २०७९आत्महत्या रोक्न परिवारको मुख्य भूमिका
श्रावण २९, २०७९कोरोनापछि गाईजात्रा रौनक
श्रावण २८, २०७९