पोखरा, २२ वैशाख । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १८ औं वाषिर्कोत्सव अवसरमा पोखरा शाखा र पेशागत बिमा अभिकर्ता संघ पोखराको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम भएको छ ।
कार्यक्रम उद्घाटन गर्दै रक्तसञ्चार केन्द्र क्षेत्रीय कार्यालय पोखराका प्रमुख ध्रुव लामिछानेले रक्तदान कार्यक्रम गरेर संस्थाले सामाजिक उत्तरदायित्व निर्वाह गरेको बताए । उनले कम्पनीको वाषिर्कोत्सव अवसरमा कम्पनीको सफलताको कामना समेत गरे ।
अभिकर्ता संघ पोखराका सभापति तारादेवी बरालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल लाइफ पोखरा क्षेत्रीय कार्यालयका प्रमुख सोनबहादुर मगर, निप्स पोखरा च्याप्टरका अध्यक्ष केशवराज ढकाल, सामाजिक अभियन्ता हरिशचन्द्र शर्मा, डिजिटल साउण्ड एण्ड भिजन प्रबन्ध निर्देशक मनोहरप्रसाद क्षेष्ठ, निप्स पोखराका निवर्तमान अध्यक्ष सुनयना पालिखे लगायतले बोलेका थिए ।
कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स पोखरा शाखा प्रमुख अनन्त अधिकारी, सिनियर एजेन्सी मेनेजर नेत्रप्रसाद ढकाल, अभिकर्ता संघ कास्कीका सचिव दामोदर सापकोटा लगायत बोलेका थिए । कार्यक्रममा ८२ युनिट रगत रंकलन भएको थियो ।
Related News
सम्बन्धित समाचार
स्पोर्टस् अवार्डलाई लगातार सहयोग
डिजिटल पेडागोजीसम्बन्धी कार्यशाला
दीपशिखा र ट्याग परियोजनाबीच सम्झौता
संस्कार समाज नेपालद्वारा सम्मान
प्रहरीले नागरिकसँग कस्तो व्यवहार गर्ने ?
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
चैत्र ७, २०७९गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९