काठमाडौं, १९ वैशाख। साढे ३३ किलो सुन तस्करी प्रकरणमा संलग्न ७ प्रहरी अधिकृतसहित ६३ जनाविरूद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको छ। तस्करी प्रकरणमा पक्राउ परेका ७ प्रहरी अधिकारीसहित अन्य २९ जनालाई बुधबार अदातलमा उपस्थित गराएको थियो भने अन्यलाई फरार अभियुक्त बनाएर मुद्दा दर्ता गरिएको हो।
अदालतका श्रेस्तेदार नवराज दुलालले अपहरण, कर्त्तव्य ज्यान र संगठित अपराधअर्न्तर्गत मुद्दा दर्ता गरिएको जानकारी दिए। बहालवाला प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहानीसहित पूर्वडीआईजी गोविन्द निरौला, एसपी विकासराज खनाल, डीएसपीद्वय प्रजित केसी, सञ्जय राउत, सइ बालकृष्ण सन्जेल र जवान विष्णुबहादुर खड्काविरुद्ध संगठित अपराधसम्बन्धी मुद्दा दर्ता भएको छ।
त्यस्तै, विमानस्थलका कर्मचारी लालबहादुर मगर, हेमन्त गौचन, वीरेन्द्रमान श्रेष्ठ, सम्बिर तोलाङ्गे, बालकृष्ण श्रेष्ठ, दोरम खत्री, कपिलराज पुरी, गोपाल श्रेष्ठ, पुण्य लामा, राजन थापा, राजु महर्जन, अमर डंगोल, तुलाराम थारू, व्यापारीहरु महावीर गोल्यान, राजेन्द्रमान शाक्य र राप्रपा नेता भुजुङ गुरुङविरुद्ध पनि संगठित अपराधमा मुद्दा दर्ता भएको छ। सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेति गोरे भने अझै फरार छन्। उनी भारतमा लुकेर बसेको हुन सक्ने आशंका गरिएको छ। विराटनगर पोखरीया कन्यामार्गमा त्यस स्कोर्र्पियो गाडीको डिकीमा सनमको शव फेला परेपछि घटना रहस्यमय बनेको थियो। त्यसबेला पक्राउ परेका टेकराज मल्ल, कृष्ण भन्ने नरेन्द्र कार्की र मोहन काफ्लेले मोरङ प्रहरीसमक्ष आफै पनि पीडित भएको बयान दिएपछि महाशाखाको अनुसन्धानमाथि प्रश्न उठेको थियो। र, सरकारले गृहमन्त्रालयका सहसचिव इश्वर पौडेलको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो। अनुसन्धानक्रममा समितिले लामो समयदेखि संगठित रुपमा भइरहेको सुन तस्करीको जालो पत्तो लगाएको थियो। बुधबार अदालतमा बहालवाला र पूर्व गरी ६ प्रहरी अधिकारी, ३ व्यापारी, सनम शाक्य हत्यामा जोडिएका ६ प्रतिवादी र विमानस्थलमा कार्यरत १३ प्रतिवादीविरुद्ध मुद्दा दर्ता हुनेछ।
Related News
सम्बन्धित समाचार
दलितले भान्सा छोएपछि खाना फालियो, आरोपित २ पक्राउ, वडाध्यक्षसहित २ जना फरार
स्थानीयद्वारा तालचोक बेगनासताल सडक मर्मत
स्वर्णिमको बहिर्गमनले कांग्रेसमा निम्तिने क्षयीकरण
सरकार फेरिएको फेरियै, द्वन्द्वपीडितको घाउ उस्तै ?
अपराध अनुसन्धानमा संलग्न प्रहरीलाई तालिम
hero news full width
मुख्य समाचार
पोखरा सम्पन्न एसिया ट्राइयाथलन कप बब र मार्गरेटालाई
मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
चैत्र १८, २०७९मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
चैत्र १८, २०७९रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
चैत्र १७, २०७९पोखरामा माइक्रोको ठक्करले स्कुटर चालकको मृत्यु
चैत्र १७, २०७९भ्रष्टाचार बढार्न प्रजिअलाई कुचो
चैत्र १७, २०७९