दुवै छोरा अपाङ्गताले विचल्ली

लायन्स आदर्श चौतारीको सहयोग

आदर्श समाज सम्वाददाता
वैशाख २०, २०७५
DSC00586

पोखरा, १९ वैशाख। लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले अपाङ्गता भएका एकै घरका दुर्इ जनालाई आर्थिक सहयोग गरेको छ।

क्लबले पोखरा लेखनाथ महानगरपालिका वडा १३ आर्वास्थित डिहीका एकैघरका अपाङ्गता दाजुभाइ ३१ वर्षीय क्षेत्रबहादुर नेपाली र २६ वर्षीय शिवकुमार नेपालीलाई सहयोग गरेको हो।  क्लबका रिजन चेयरपर्सन बालाकृष्ण शर्मा, एक्सटेन्सन चेयरपर्सन कमल बस्नेत, चार्टर्ड प्रेसिडेण्ट बासु कोइराला र क्लबका अध्यक्ष दयाशंकर गौतमले उनीहरुकी आमा देवकुमारी नेपालीलाई सहयोग हस्तान्तरण गरेका थिए।

क्लबले सहयोग स्वरुप नगद २५ हजार प्रदान गरेको छ। क्लबका रिजन चेयर पर्सन बालाकृष्ण शर्माले ५ हजार तथा क्लबका कोषाध्यक्ष किशोर रञ्जितका पिता लोकबहादुर रञ्जितले ८ हजार बराबरको खाद्यान्न सहयोग गरेका थिए।

अपाङ्ता भएका क्षेत्रबहादुर र शिवकुमार जन्मेदेखिकै अपाङ्गता हुन्। पूर्णबहादुर/देवकुमारी नेपालीका ५ सन्तानमध्ये २ छोरा नै अपाङ्गता रहेकोमा ३ छोरी भने साङ्ग छन्।

आर्थिक अवस्था कमजोर रहेको नेपाली परिवार आफैले अपाङ्गता भएका छोराहरुको लालनपालन गर्दै आएको छ। । तीन छोरीमध्ये २ जनाको बिहे भैसकेको छ भने जेठी छोरी सीता नेपाली आमा/बाबा र अपाङगता भएका भाइहरुको सहारा बनेकी छन्। आमा/छोरी आलोपालो मेलापात गरी परिवार चलेको छ।

‘एक त आर्थिक अवस्था कमजोर, त्यसमाथि दुर्इ अपाङ्गता छोरा के गर्ने, जसोतसो परिवार आजसम्म धानिएको छ,’ आमा देवकुमारी नेपालीले भनिन्, ‘एक वर्षअघिदेखि विभिन्न व्यक्ति तथा संघसंस्थाको सहयोग आउन थालेको छ।’

चार वर्षको उमेरसम्म त भ्यागूतो उफ्रेझैं उफ्री-उफ्री डुल्थे, त्यसपछि भने थलिएको उनको भनाइ छ।  घरीघरी हाँस्न खोज्ने तर बोल्न नसक्ने, टाउको तलको शरीर गुटुमुटिएको, खुट्टाले टाउको धानिएको अवस्थामा छन् उनीहरु। देख्नेहरु भावविहृवल बन्छन्।

राहत लिएर नेपालीको घरमा पुगेका लायन्स आदर्श चौतारीका रिजन चेयरपर्सन बालाकृष्ण शर्माले उनीहरुको अवस्थाले आफूलाई भावविहृवल बनाएको बताए। ‘उनीहरुलाई आजसम्म बचाउन पनि परिवारको निकै ठूलो मेहनत छ,’ उनले भने। क्लबका एक्सटेन्सन चेयरपर्सन कमल बस्नेतले उनीहरुका लागि सहयोग जुटाउन पहल गर्ने बताए। आर्थिक अवस्था कमजोर रहेको र एउटै घरमा अपाङ्गता दाजुभाइ रहेको सुनेपछि क्लब सहयोग गर्न जुटेको अध्यक्ष दयाशंकर गौतमको भनाइ छ। ‘दुःख र समस्यामा रहेकाको सेवा गर्नु नै धर्म हो,’ उनले भने, ‘यो परिवारलाई सहयोग गर्नका लागि सबै जुटौं।’

क्लबका चार्टर्ड प्रेसिडेन्ट बासु कोइराला र सचिव शिव नेपालीले सो परिवारलाई सहयोग गर्नु सबैको कर्त्तव्य भएको बताए।

Related News

सम्बन्धित समाचार

  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…
  • शताब्दी काव्यपुरुष गोपाल वैद्य ‘किञ्जल्क’ को निधन

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । शताब्दी काव्यपुरुष गोपाल वैद्य ‘किञ्जल्क’ को निधन भएको छ । उनको गएराति ११ बजे फेवा सिटी हस्पिटलमा उपचारका…
  • पोखरामा बोलबम सुरु, धार्मिक पर्यटनमा टेवा

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । ‘बोलबमको ध्वनिले, शान्ति पाऊन् साराले’ भन्ने मूलमन्त्रका साथ पोखरामा यस वर्ष पनि बोलबम पदयात्रा सुरु भएको छ ।…
  • विपदमा देशभर ३८ जनाको मृत्यु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    काठमाडौं । यस वर्ष बाढी, पहिरोलगायतका विपद‍्मा परी सोमबार दिउँसोसम्म मुलुकभर १ सय ३१ जनाको मृत्यु भएको छ । विपद‍्मा…

hero news full width