आंशिक प्राध्यापक संघको आन्दोलन जारी

आदर्श समाज सम्वाददाता
वैशाख २०, २०७५

पोखरा, १९ वैशाख। त्रिभुवन विश्वविद्यालयअर्न्तर्गत न्यून वेतनमा कार्यरत आंशिक प्राध्यापकले आन्दोलन जारी राखेका छन् । सो आन्दोलनमा प्राध्यापक सम्बद्ध संघ संगठनले समेत एक्यबद्धता जनाएका छन् ।

आन्दोलनप्रति नेपाल प्रगतिशील प्राध्यापक संगठन, प्रजातन्त्रवादी प्राध्यापक संघ र नेपाल राष्ट्रिय प्राध्यापक संगठन पृथ्वीनारायण क्याम्पसले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी आन्दोलनप्रति ऐक्यबद्धता जनाएका हुन्।

आंशिक शिक्षकलाई करारमा लैजाने निर्णयबाट वर्तमान सरकार पछि हटेको भन्दै प्राध्यापकहरु आइतबारदेखि आन्दोलनमा उत्रिएका हुन्। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले आंशिक शिक्षकलाई करारमा लैजाने निर्णय गरे पनि वर्तमान सरकार कार्यान्वयन गर्नबाट पछि हटेको विरोधमा उनीहरु आन्दोलित भएका हुन्।

प्रगतिशील प्राध्यापक संगठन पीएन क्याम्पस कावा अध्यक्ष विष्णु अधिकारीले त्रिविवि प्रशासनको रवैया र अर्कमण्यताका कारण लामो समयसम्म समस्या समाधान हुन नसकेको अवस्थामा आंशिक प्राध्यापकका जायज माग यथाशीघ्र सम्बोधन गरी करारमा समायोजन गर्न जोडदार माग गरेका छन् ।

प्रजातन्त्रवादी प्राध्यापक संघ, पीएन क्याम्पस इकाइ समिति सचिव बोधराज ढकालले आंशिक प्राध्यापकको यो आन्दोलन रहर नभइ बाध्यता भएको र विगतको करारमा लैजाने निर्णय शीघ्र कार्यान्वयनका लागि माग गरेका छन् ।

संघ इकाइ समिति अध्यक्ष दीपेन्द्र पराजुली र सचिव बोधराज ढकालद्वारा बुधबार प्रकाशित विज्ञप्तिमा आंशिक शिक्षकलाई करारमा नलगिए अझ सशक्त ढंगले आन्दोलनमा उत्रिनेे चेतावनी दिइएको छ।

‘आफूलाई जनउत्तरदायी मान्ने वर्तमान सरकार गैरजिम्मेवार बनेर आंशिकलाई करारमा लैजाने निर्णय कार्यान्वयनबाट पछि हट्नु अत्यन्तै दुर्भाग्यपूर्ण, लज्जास्पद र खेदजनक छ,’ विज्ञप्तिमा उल्लेख छ। साथै विज्ञप्तिमा त्रिविवि प्रशासनले सरकारको गैरजिम्मेवारी कार्यलाई टुलुटुलु हेरेर बसेको भन्दै असहमति जनाइएको छ।

नेपाल राष्ट्रिय प्राध्यापक संगठन पीएन क्याम्पस अध्यक्ष यादवराज उपाध्याय र सचिव बाबुराम शर्माले विज्ञप्ति मार्फत् आंशिक प्राध्यापकको माग सम्बोधन गरी आंशिकबाट पूर्णकालीन अर्थात करार सेवामा समायोजन गर्न माग गरिएको छ ।

यसैबीच, त्रिविवि आंशिक प्राध्यापक संघ केन्द्रीय संघर्ष समितिको बुधबार बसेको बैठकले आन्दोलनका थप कार्यक्रम समेत र्सार्वजनिक गरेको छ ।

जसमा वैशाख २० गते सम्पूर्ण क्याम्पस प्रमुख, विभागीय प्रमुख र प्रशासनको कार्य कक्षमा तालाबन्दी गर्ने, सम्पूर्ण क्याम्पसको मूल गेटमा कालो व्यानर राख्ने, वैशाख २२ गते देशभरिका सम्पूर्ण आंशिक प्राध्यापकबाट त्रिवि केन्द्रीय कार्यालय घेराउ र धर्ना कार्यक्रम गर्ने संघका केन्द्रीय अध्यक्ष डा महेशकुमार गजुरेलले बताए ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width