लमजुङ, १९ वैशाख। लमजुङमा क्रियाशील पत्रकारिता पुरस्कार स्थापना गरिएको छ।
स्वतन्त्र पत्रकार संघ नेपाल, लमजुङ शाखाका नवनिर्वाचित जिल्ला अध्यक्ष चन्द्रकान्त पौडेलले संघमा आवद्ध मुलुकभरका क्रियाशील पत्रकारमध्येबाट हरेक वर्ष एक जनालाई पुरस्कृत गर्ने गरी सो पुरस्कार स्थापना गरेका हुन्।
संघको जिल्ला अधिवेशन उद्घाटन समारोहबीच सो पुरस्कार स्थापनाको घोषणा गरिएको हो।
यसै वर्षदेखि वितरण गरिने सो पुरस्कारको राशि ५ हजार ५ सय रुपैयाँ सहित सम्मानपत्र रहेको छ। पुरस्कारको निरन्तरताका लागि तत्काल २५ हजार रुपैयाँको अक्षयकोष स्थापना गरिएको र कोषको रकम थप गरी ५० हजार पुर्याउने पौडेलले जानकारी दिए। साथै उनले संगठन विस्तारमा समेत आफू सक्रिय रहने प्रतिबद्धता जनाए।
अधिवेशन उद्घाटन गर्दै संघका महासचिव नवराज पहाडीले स्वतन्त्र पत्रकारिता नै आजको अपरिहार्यता रहेको बताए। उनले यसको आवश्यकता र महत्व दिनप्रतिदिन बढिरहेको बताए। ‘पत्रकार बन्नु त स्वतन्त्र बन्नु, स्वतन्त्र नै हो पत्रकार भन्नु नाराबाट संघको उद्देश्य पुष्टि भएको बताउँदै विभिन्न जिल्लामा शाखा विस्तारमा आफूहरू जुटिरहेको बताए।
उनले स्वतन्त्र व्यक्तिले मात्र निर्भिक रूपमा कसैको पक्षमा नलागी समाचार लेख्न सक्ने बताए।
कार्यक्रममा पत्रकारद्वय चन्द्रकान्त पौडेल र सुधा ढकाल पहाडीले आफ्ना धारणा राखेका थिए।
शाखाका जिल्ला अध्यक्ष कृष्ण आलेको अध्यक्षतामा भएको कार्यक्रममा शाखाका उपाध्यक्ष वेलबहादुर थापाले स्वागत र सदस्य कुमार पौडेलले सञ्चालन गरेका थिए। जिल्ला अध्यक्ष आलेले प्रतिवेदन प्रस्तुत गरेका थिए।
यसैबीच, अधिवेशनले संघ अध्यक्षमा चन्द्रकान्त पौडेललाई चयन गरेको छ। संघ उपाध्यक्ष वेलबहादुर थापा, सचिव कुमार पौडेल र कोषाध्यक्ष सुधा ढकाल पहाडी छन्। सदस्य अञ्जना पौडेल, इन्द्र सुयल र वीना दुलाल तथा निवर्तमान अध्यक्ष कृष्ण आले केन्द्रीय पार्षद चयन भए।
समिति सल्लाहकारमा रुद्रनिधि तिवारी, विष्णुकुमार श्रेष्ठ र तीर्थ पराजुली छन्।
Related News
सम्बन्धित समाचार
वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
नौमती बाजाः जीतको पर्याय
सार्वजनिक बिदाका दिन चलेका सरकारी गाडी नियन्त्रणमा
महानगरमा बिदा नहुने
hero news full width
मुख्य समाचार
पोखराको स्थगित मतगणना अझै सुरु भएन
कास्कीमा एकमात्र महिला वडाध्यक्ष
जेठ १०, २०७९धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
जेठ ९, २०७९होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९