नमूना स्कूल बन्दै कालिका मा.वि.

आदर्श समाज सम्वाददाता
वैशाख २०, २०७५

पोखरा, १९ वैशाख ।पोखरा लेखनाथ महानगरपालिका वडा नं. २४, कास्कीकोटमा अवस्थित कालिका मा.वि.मा निजी विद्यालयबाट भर्ना हुन आउने विद्यार्थीहरुको संख्या बढ्दो छ। अहिले सरकारले विद्यार्थी भर्ना अभियान सञ्चालन गरिरहेका बेला र नया“ शैक्षिक सत्रको सुरु भइरहेको अवस्थामा कालिका मा.वि.मा पोखरा बजारका निजी विद्यालयका विद्यार्थीदेखि सराङ्कोट र कास्कीकोटका निजी विद्यालय छोडी यस विद्यालयमा आउने विद्यार्थीको संख्या तीस भन्दा बढी छ।

“बत्ती मुनी अँध्यारो” भनेझै पोखरादेखि नजिक रहेर पनि विकास निर्माण र सुविधाबाट टाढा रहेको यस स्थानका अधिकांश मानिसहरुको बर्साई“ सराइ पोखरा बजार र बेंसीतर्फ भएकाले गाउँघरमा बस्ने केटाकेटी विरलै मात्रै देख्न पाइन्छ।

वैदेशिक रोजगारमा जानेदेखि बजारतिर व्यापार व्यवसाय गर्नेका छोराछोरी सबै पोखराका निजी तथा सामुदायिक विद्यालयमा पढ्छन् जसले गर्दा कास्कीकोटका सबै आधारभूत र माध्यमिक विद्यालयमा विद्यार्थीको चाप घटेको छ। तर अहिले विकासका संरचनाहरु बढ्दै जाँदा कास्कीकोटमा नै बर्साई गर्नेको संख्यामा बढोत्तरी भएको छ।

“गाउँमै भौतिक र शैक्षिक सुविधा सम्पन्न विद्यालय हुँदाहुँदै बोर्र्डिङमा किन महंगो फिस तिरेर पढाउने, मैले त मेरो छोरीलाई यही भर्ना गर्छु स्थानीय अभिभावक तुलसी सुवेदीले भनिन्। खुशी मुद्रामा देखिएकी छोरी सपना सुवेदीले व्यक्त गरिन् “यस विद्यालयको पर्ढाई अति राम्रो र शिक्षकहरुको माया भावपूर्ण शिक्षणले गर्दा म यही भर्ना हुने निर्णय गरेकी हुँ।” उनीसंगै सोही कक्षामा भर्ना हुने विद्यार्थीको संख्या बढी नै छ।

विद्यालयको सामुन्नेमा रहेको वोर्र्डिङ् स्कूल छोडी कक्षा ८ मा भर्ना भएकी सपना नेपाली र कमल नेपालीले “आफूहरु सरकारी विद्यालयको पढाइ त साँच्चीको प्रभावकारी रहेछ, हामी त बोर्र्डिङमा राम्रो हुन्छ भन्ने भ्रममा रहेछौ, तर यहाँको शिक्षण प्रविधि र शिक्षकहरुको सामिप्यताले ऊर्जा थपेको छ, अव हामी हाम्रा भाइबहिनीलाई पनि यहीँ पढ्न ल्याउछौं।”

पोखराको अर्को बोर्र्डिङ स्कुलबाट कक्षा ८ उत्तीर्ण गरी कक्षा ९ मा भर्ना भएकी अंकिता भुजेलले भनिन् “मलाई त यहाँ पढ्न एकदमै रमाइलो भइरहेको छ, यत्तिका धेरै कम्प्युटर र प्रयोगात्मक कक्षाहरु, विज्ञान प्रयोगशाला, पुस्तकालय र खेलमैदान अनि सुविधा सम्पन्न भवनमा पढ्न पाउँदा खुशी र आनन्दित छु।” उनीजस्तै विभिन्न निजी विद्यालयबाट सोही कक्षामा पढ्नेको संख्या पनि यथेष्ट छ। निजी स्कूल छोडेर सोही कक्षामा भर्ना भएका सलोन बस्नेतलाई पनि यस स्कूलमा भर्ना भएर पढ्न पाउँदा खुशी र आफ्नो भविष्य सफल बन्नेमा ढुक्क छन्।

“मेरो छोराको भविष्य सफल बनाउन मैले छोरालाई सरहरुको काखमा राखिदिएको छु, म अव ढुक्क भएँ”- सोही वडाको खोरिया पानी निवासी गोरे भट्टराईले भने- “अव बोर्र्डिङ स्कूल पढाउने जमाना गए”। उनीले छोरा विशाललाई  बोर्र्डिङबाट झिकी कक्षा ६ मा भर्ना गराएका छन्।

२०२८ सालमा स्थापना भएको यस विद्यालयमा विगत ५ बर्षदेखि अंग्रेजी माध्यममा पढाइ हुदै आइरहेको छ भने विगत २ बर्ष देखि अंग्रेजी माध्यम र ५ बर्षदेखि कम्प्युटर विज्ञान विषयमा एसर्इइ परीक्षामा सम्मिलित हुंदै यस क्षेत्रकै उत्कृष्ट नतिजा ल्याउँदै आइरहेको छ।

यस शैक्षिक सत्रमा कक्षा ६ देखि कक्षा १२ सम्म सञ्चालनरत छन्। कक्षा १० सम्म सबै कक्षाहरु अंग्रेजी माध्यममा छन् भने ११ र १२ मा नेपाली माध्यमका शिक्षा र व्यवस्थापन विषयहरु २०६६ सालदेखि चलिरहेका छन्।

“विद्यालय क्षेत्रभित्र प्रवेश गरेपछि सम्पूर्ण शिक्षक तथा विद्यार्थीले अंग्रेजी माध्यममा बोल्नुपर्ने व्यवस्था गरेका छौं, जसले गर्दा अंग्रेजी भाषाको विकास र विद्यार्थी मैत्री बातावरण बनेको छ”- विद्यालयका प्रधानाध्यापक इश्वरीप्रसाद बस्ताकोटीले बताउनुभयो। विगत ३ बर्षदेखि मल्टिमिडियाको प्रयोग गरी अधिकांश विषयहरु ‘मल्टिमिडिया एप्स’को प्रयोग गरी अध्यापन गराइदै आइरहेको छ। शिक्षकहरुको लगनशीलता र विद्यार्थीहरुको मिहिनेतका कारण विगत बर्षहरुमा एसर्इइ र कक्षा १२ को परीक्षामा यस क्षेत्रकै उत्कृष्ट नतिजा ल्याउन सफलभएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशवहादुर अधिकारीले भन्नुभयो- हामीले भौतिक तथा शैक्षिक रुपमा विद्यालयलाई उठाइसकेका छौं, तर अनुगमनकारी निकाय भने निकम्वा बनेको देख्दा दुःख लाग्छ। उहाँले थप्नुभयो- “गा“उमा रहेका विद्यालको सुधार गरी चलाउनुको साटो विद्यालय र तह थप्ने अनुमति दिने प्रशासनको क्रियाकलापप्रति हाम्रो आपत्ति छ, त्यस्तो काम तत्काल बन्द होस् भन्ने हाम्रो अनुरोध छ।।” विद्यालयका सहायक प्रधानाध्यापक विष्णुहरि त्रिपाठीले अव यो विद्यालय जिल्लाकै उत्कृष्ट बन्नेगरी मिहिनेत बढाइएको बताउनुभयो।

करिब ४५ रोपनी क्षेत्रफलमा फैलिएको पक्की भवनहरु भएको विद्यालयमा आधुनिक सूचना प्रविधि प्रयोगशालाको व्यवस्था रहेको र कक्षा ६ देखि १० सम्म कम्प्युटर विषयको अध्ययन-अध्यापन भइरहेको छ।

विगत ५ बर्षदेखि कम्प्युटरमा एसर्इइमा समावेश हुंदै जिल्लाकै उत्कृष्ट नतिजा प्राप्त गरेका छौं र भविष्यमा अझै सफलता प्राप्त गर्दै ग्लोवल डिजिटल नागरिक तयार गर्ने प्रण गर्नुहुन्छ कम्प्युटर शिक्षक यादवप्रसाद भट्टराई। विद्यालयमा वाइम्याक्स प्रविधिको इन्टरनेट र वाइफाई सहितको कम्प्युटर ल्याव रहेको छ ।

विद्यालय सुधारका लागि अहोरात्र खटिएर प्रशासनिक र शैक्षिक कार्यक्रममा लाग्नु भएका विद्यालयका प्रधानाध्यापक इंश्वरीप्रसाद बस्ताकोटी आगामी ३ वर्ष भित्र एक हजार विद्यार्थी सहितको सफल र नमूना विद्यालय बनाउनेमा विश्वस्त हुनुहुन्छ। उता यस शैक्षिकसत्रदेखि यसै विद्यालयमा स्नातक तहमा शिक्षा विषयको कक्षा सञ्चालनको प्रक्रिया समेत अघि बढिसकेको छ। हाल यस विद्यालयमा २ सय ८५ जना विद्यार्थीहरु अध्ययनरत छन्।

Related News

सम्बन्धित समाचार

  • स्थानीयका कर्मचारी पनि आन्दोलित

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८०
    पोखरा । आफूहरूको माग सम्बोधन हुने गरी संघीय निजामती विधेयक ल्याउन दबाब दिँदै स्थानीय तहका कर्मचारीले पनि आन्दोलनको तयारी थालेका…
  • संविधानका ८ वर्ष : गण्डकीमा ६० ऐन पारित, ४२ क्षेत्रगत कानुन बनाउन बाँकी

    आदर्श समाज सम्वाददाता असाेज ३, २०८०
    पोखरा । संविधानको मर्म र भावनाअनुरुप जनताको विकास र समृद्धिको आकांक्षालाई पूरा गर्न संघीयताको व्यावहारिक कार्यान्वयन हुनुपर्नेमा जोड दिइएको छ…
  • कानुन कार्यान्वयनका लागि हो

    आदर्श समाज सम्वाददाता असाेज ३, २०८०
    विश्वले राम्रो भनेको संविधान हामीले नराम्रो कसरी भन्ने ? त्यति ठुलो युद्ध र आन्दोलनबाट निर्माण भएको संविधान जति खारिनुपर्ने हो,…
  • हाम्रो यात्रा विब्प्याँटो छ

    आदर्श समाज सम्वाददाता असाेज ३, २०८०
    मेरो दृष्टिकोणमा जुन संविधानलाई स्वीकार गरेर यहाँ आइपुग्यौं, अब रोकिएर सबैभन्दा पहिले नमिलेका कुरा मिलाउनुपर्छ । हामी विब्प्याँटो बाटोमा हिँडेका…
  • नियम बन्यो, नियत फेरिएन

    आदर्श समाज सम्वाददाता असाेज ३, २०८०
    संविधान एक पटक निर्माण गरेपछि सधैंका लागि तृप्त हुने कुरा होइन । आवश्यकता र परिवेश अनुसार संशोधन हुनुपर्ने हो ।…

hero news full width