हेमजा, १६ बैशाख ।माछापुच्छे्र गाउँपालिका-३, घाचोकस्थित शुक्लागण्डकी माविमा जारी विराट शैक्षिक श्रीमद्भागवत धन धान्याञ्चल महायज्ञको छैठौं दिन आइतवारसम्म गरी कूल ८३ लाख ५६ हजार ७ सय २५ दान संकलन भएको छ । आइतवार मौसम प्रतिकूलताकाबीच पनि भक्तजनको भने उल्लेख्य सहभागिता देख्न सकिन्थ्यो ।
आइतवार मात्रै यज्ञमा रु. १२ लाख ४४ हजार ४ सय ४१ संकलन भएको छ । सबैभन्दा बढी घाचोकनिवासी गुणाकर दवाडीको परिवारबाट १ लाख २३ हजार १ सय ६५ दान भएको छ ।
त्यस्तै, आइतवारै घाचोक निवासी कृष्णकुमार श्रेष्ठबाट १ लाख १३ हजार ३ सय ३३, घाचोक खरिबोट निवासी राधिका केसीबाट १ लाख ११ हजार १ सय ११, तुलसी लम्सालबाट ८५ हजार १ सय ३८, पूर्णकला लम्सालबाट ५७ हजार ५ सय ५७, गोपाल पोखरेलबाट ५१ हजार १ सय ५१, निलकण्ठ लम्सालबाट ५१ हजार १ सय ५१, पदमराज पोखरेलबाट ५१ हजार १ सय ११, पोखरा विरौटानिवासी चन्द्रकान्त वरालबाट ५१ हजार १ सय ८ पनि महायज्ञमा दान भएको मूल आयोजक समितिका सहकोषाध्यक्ष स्थानेश्वर लम्सालले जानकारी दिए ।
त्यस्तै, घाचोकस्थित सुनौलो पाटन आमा समूहबाट ३३ हजार १ सय १५, घनस्याम पोखरेलबाट २५ हजार ५ सय २५, घाचोक हाल पोखरा निवासी मीनबहादुर गुरुङको परिवारबाट २५ हजार ५, माछापुच्छे्र २ हाल पोखरा १६ निवासी बमबहादुर गुरुङको परिवारबाट २० हजार १ सय १० एवं स्वः सुरतबहादुर क्षेत्रीको सम्झनामा कलावती र्घर्तीक्षेत्रीबाट २० हजार २० दान सहयोग प्राप्त भएको छ ।
अन्य विभिन्न व्यक्ति एवं संघसंस्थाले पनि आ-आफ्नो क्षमता अनुसारको दान गरेको मूल आयोजक समितिका संयोजक रविलाल पोखरेलले बताएका छन् ।
आइतवार महायज्ञमा जिल्ला शिक्षा कार्यालयका प्रतिनिधिहरुले समेत सहभागिता जनाएका थिए । आइतवार भागवत वाचन गर्दै युवा पण्डित कमलनयन गौतमले हालको सामान्य शिक्षामा नैतिक शिक्षाको अभाव रहेको चर्चा गर्दै बुबाआमाले आफ्ना छोराछोरीलाई संस्कारयुक्त तथा नैतिकवान् बनाउनपर्नेमा जोड दिए । उनले श्रीमदभागवतको मावन जीवनमा महत्वपूर्ण भुमिका रहेको टिप्पणी गर्दै धनको अहंकारले मानिसले मुक्ति नपाउने र दानीलाई कहिल्यै हानी नहुने पनि औँल्याएका थिए । यज्ञ मंगलवारसम्म चल्ने जनाइएको छ।
Related News
सम्बन्धित समाचार
बलात्कार मुद्दाको हदम्याद हटाउने प्रधानमन्त्रीको आश्वासन
प्रदेश सभामा मुख्यमन्त्री पाेखरेलकाे संवाेधन : संघीयता सुदृढीकरण, अधिकार र स्रोत प्राप्तिका लागि संघ सरकारसँग संघर्ष जारी छ
‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
५ सचिवको सरुवा
मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट, समृद्धिका लागि सहकार्यमा जाेड
hero news full width
मुख्य समाचार
काे हुन् पाेखराका मेयर धनराज आचार्य ?
धनराज पोखराको १६ औं मेयर
जेठ १२, २०७९करोडौं मूल्यको अतिक्रमित जग्गा फिर्ता ल्यायौं –योगेन्द्रमान श्रेष्ठ
जेठ १२, २०७९संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
जेठ ११, २०७९नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
जेठ ११, २०७९चुनावको जात्रा, मकैको व्यापार
जेठ ११, २०७९