लेखनाथ, १६ वैशाख। प्रदेश नं ४ का भूमी ब्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले कृषिलाई उत्पादनमुखी बनाउनुपर्नेमा जोड दिएका छन् ।
पोखरा लेखनाथ महानगरपालिका वडा नं ३३ मा निर्माणाधीन बंगुर ब्यवसाय औधोगिक क्षेत्रमा आइतवार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री थापागरले माटो र हावापानी सुहाउनेगरी कुन ठाउँमा के को उत्पादन गर्न सकिन्छ त्यसबारे नीतिगत तरिकाले नै प्रदेश सरकार अगाडी वढेको बताए।
कृषिमा आधारित अर्थतन्त्रलाई बलियो बनाउनका लागि अवको तिन वर्षमा कृषि उत्पादनमा आत्मनिर्भर र पाँच वर्षमा निर्यात गर्न सक्नेगरी केन्द्र, प्रदेश र स्थानीय सरकार अगाडी बढेको विचार राखे। मन्त्री थापामगरले भूमी ऐनको पालन गर्दै ब्यवसायिक उत्पादनतर्फ अग्रसर हुन आग्रह गरे ।
सोही अवसरमा भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव सरदचन्द्र श्रेष्ठले कृषि उत्पादनलाई विश्वास गर्दै आधुनिक तरिकाले सामुहिक लगानीको माध्यमबाट अगाडी वढ्नुपर्ने सुझाव दिए । क्षेत्रीय कृषि निर्देशक मनबहादुर पुनले निर्वाहामुखी कृषिलाई छोडेर ब्यवसायिकमुखी हुन सवैलाई आग्रह गरे। निर्माण समितिका अध्यक्ष कृष्णबहादुर गुरुङले योजनाको वस्तुस्थिति र भावी योजनाबारे जानकारी गराएको कार्यक्रममा पशु विकास र्फमको तर्फबाट शम्भु पाण्डे, पोखरा लेखनाथ वडा नं ३३ का वडाअध्यक्ष शिवप्रसाद आचार्य, बंगुर ब्यवसायी कृषक उमेश पुन, केन्द्रीय बंगुर, कुखुरा प्रवद्धन कार्यालयका अधिकृत मोती लामिछाने लगायतले सम्भावनाको खोजी गर्दै कृषिमा आधारित उद्योगलाई वढवा दिनुपर्नेमा जोड दिए।
बंगुर विल्डर कृषि सहकारी संस्थाका अध्यक्ष योगबहादुर आचार्यको अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष प्रेमकुमारी रानाले स्वागत र निर्माण समितिका सचिव यदुप्रसाद आचार्यले कार्यक्रम सञ्चालन गरेका थिए।
पोखरा लेखनाथ महानगरपालिका वडा नं ३३ मा करिव एक सय ४० रोपनी क्षेत्रफलभित्र निर्माणाधीन वंगुर ब्यवसाय औधोगिक क्षेत्रमा नेपाल सरकारको ७० प्रतिशत र ब्यवसायीको ३० प्रतिशत गरी कूल २२ करोडको लागतमा ब्ववस्थित बंगुरपालन योजनालाई अगाडी वढाइएको हो । योजनाको पहिलो चरणमा करिव पाँच करोड लगानी गरेर जग्गा ब्ववस्थापनदेखि १६ वटा ब्यवस्थित खोर निर्माण गरिसकिएको छ ।
Related News
सम्बन्धित समाचार
मधेसमा ‘बोक्सी हुन्न’ अभियान
भगिनी सम्बन्धको दुरुपयोग
बाबुको निधनपछि १९ वर्षीया साधनाको उपचारमा सकस
नागरिक विधेयक प्रक्रियामा
मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९शिक्षामा राज्यको लगानीअनुरुप अपेक्षित प्रतिफल हासिल हुन सकेन: राष्ट्रपति
श्रावण ३१, २०७९राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा, पोखराका मेयर आचार्यले गरे चुनावको ब्रिफिङ
श्रावण ३१, २०७९