पोखरा, १६ वैशाख ।जेठको १७ गतेदेखि २० गतेसम्म तेस्रो चरणको अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सव हुने भएको छ। यस पटकको महोत्सवमा मुख्य आकर्षण म्याराथन हुने अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सव समितिद्धारा आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गरायो।
अन्नपूर्ण आधारशिविरबाट शुरु भई माछापुच्छ्रे आधारशिविर, बगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, घुर्जुङ, चुँइले, टाडापानी, भैंसीखर्क हुँदै घान्द्रुकसम्म अन्नपूर्ण म्याराथन हुने बताइएको छ।
व्यवसायिक म्याराथन धावक, ट्रेकिङ व्यवसायमा लागेका ट्रेर्कर्स, वीभागीय आर्मी, पुलिस, शसश्त्र प्रहरीका म्याराथन धावक, स्थानीय क्लब र जिल्लाका धावकहरुले म्याराथनमा सहभागी बन्ने बताइएको छ। अन्नपूर्ण दिवस अर्थात जुन ३ तारिखका दिन फ्रान्सेली नागरिक मौरिस हजोर्कको नेतृत्वमा अन्नपूर्ण हिमालको सफल आरोहण गरेको अवसर पारेर महोत्सवमा अन्नपूर्ण म्याराथनको आयोजना गर्न लागिएको अध्यक्ष ललित गुरुङले जानकारी दिए।अन्नपूर्ण क्षेत्र म्याराथनका लागि उपयुक्त क्षेत्र रहेको एक प्राविधिक अध्ययन टोलीले प्रतिवेदन बुझाएको गुरुङले बताए। म्याराथनमा प्रथम पुरस्कार एक लाख, दोस्रो पुरस्कार ७० हजार र तेस्रो पुरस्कार ५० हजार नगदसहित पदक र प्रमाणपत्र रहेको बताइएको छ। म्याराथनमा टप टेनसम्मका धावकहरुलाई पुरस्कारको व्यवस्था र सहभागीलाई पदक तथा प्रमाणपत्रको व्यवस्था रहेको आयोजकले बताएको छ।
नेपाल ओलम्पिक कमिटीका पूर्व सदस्य खड्कबहादुर रानाभाटले अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सवका लागि म्याराथन नौलो र आकर्षक इभेण्ट बन्ने बताए। उनले म्याराथनलाई आगामी बर्ष निरन्तरता दिने बताए। म्याराथनका लागि रुटहरु उपयुक्त रहेको बताउँदै रानाभाटले स्थानीयहरु नै म्याराथनका लागि सचेत रहेको उल्लेख गरे।
महोत्सवमा म्याराथनबाहेक अन्नपूर्ण गाउँपालिका अन्तर वडास्तरिय भलिबल, क्लबस्तरिय महिला पुरुष बास्केटबल र ४५ बर्ष भन्दा माथिका भेट्रान्स पुरुष भलिबल प्रतियोगिता हुनेछन्।
गाउँपालिका अन्तर वडास्तरिय भलिबल प्रतियोगिताका विजेतालाई ६० हजार, उपविजेता ४० हजार, क्लवस्तरिय पुरुष तथा महिला भलिबलतर्फ विजेतालाई ८० हजार र उपविजेतालाई ५० हजार तथा ४५ बर्ष भन्दा माथिको भेट्रान्स पुरुष भलिवलका विजेतालाई खसी र बोका पुरस्कार छ।
महोत्सवमा खेलकुदबाहेक स्थानीय कला शैली र परम्परागत झाँकी प्रदर्शनी, लोकदोहरी, डाँडागाउँ युवा क्लबको नृत्यसहितको सांस्कृतिक कार्यक्रम, भुर्जुङको सांस्कृतिक कार्यक्रमको आयोजना गरिने आयोजकले बताएको छ।
त्यस्तै, पर्यटनसम्बन्धी बृत्तचित्र प्रदर्शनी वालननृत्य, चित्रकला प्रदर्शनी, घान्द्रुक स्रोत केन्द्रस्तरिय निवन्ध लेखन प्रतियोगिता, घान्द्रुकका अग्रज पर्यटन व्यवसायी सम्मान लगायतका कार्यक्रमहरु हुनेछन्।
अन्नपूर्ण आधारशिविरमा महोत्सव उद्घाटन गर्ने कार्यक्रम छ। महोत्सवमा पत्रकार सम्मान तथा अन्नपूर्ण आधारशिविर पदयात्रा मार्गका योजनाकार जिम्मी रोर्बर्ट्सको परिवारलाई सम्मान गर्ने कार्यक्रम छ।
‘पर्यटनका लागि सबै मौसम’ भन्ने मूल नारासहित यसअघि अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सव अन्तरगत पहिलो चरण असोज र दोस्रो चरणको महोत्सव पुसमा आयोजना गरिएको थियो।
Related News
सम्बन्धित समाचार
एउटै क्लबका २ टिम फाइनल पुगेपछि समझदारीमा विजेता घोषणा
माछापुच्छ्रेमा वडास्तरीय भलिबल
सहारालाई गिनिजको सहयोग
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
hero news full width
मुख्य समाचार
विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
निर्माण व्यवसायीले बुझाए ज्ञापन
माघ ६, २०८१माघमा दाइँ गरेर पर्यटक बोलाउँदै पिटिसी
माघ ६, २०८१महानगरमा स्वास्थ्यका ५१ कर्मचारीलाई बिदा
माघ ६, २०८१गण्डकीमा मगर र गुरुङ भाषा : सरकारी कामकाजी बनाउन प्रक्रिया थालनी
माघ ६, २०८१पोखरा महोत्सवमा शान्तारानी यसरी ढलिन्
माघ ५, २०८१