????????????????????????????????????
पोखरा, १६ वैशाख। यस बर्षको र्एसइर्इ परिक्षामा सहभागी विद्यार्थीहरुलाई उत्कृष्ट शैक्षिक जीवनसम्बन्धी परामर्श तथा उत्प्रेरणा तालिम प्रदान गर्दै जेसीज विकइण्ड-२०१८ सकिएको छ। पोखरा जेसीजले सामुदायिक विकास क्षेत्र अन्तर्गतको महत्वपूर्ण कार्यक्रमको तेस्रो दिन शैक्षिक जीवनसम्बन्धी परामर्श तथा उत्प्रेरेणा तालिम प्रदान गरेको थियो।
‘फरक अनुभूतिका लागि परिवर्तन स्वीकारौ’ त्रिदिवसीय कार्यक्रमको पहिलो दिन पोखरा लेखनाथ महानगरपालिकाका वडाध्यक्ष र कार्यपालिका सदस्यहरुलाई संसदीयसभा प्रणाली तालिम तथा प्रभावकारी बैठक सञ्चालन तालिम कार्यक्रम गरेको थियो। दोस्रो दिन पोखरा लेखनाथ महानगरपालिका वडा नम्वर २१ निर्मलपोखरीस्थित जनजागृति आधारभूत विद्यालयमा पोखरा हस्पिटल एण्ड रिर्र्सच सेन्टर र डर्क्र्टस डेन्टल एण्ड इम्प्लान्ट सेन्टरको प्राविधिक सहयोगमा निशुल्क स्वास्थ्य शिविर तथा दन्त परिक्षण कार्यक्रम गरेको थियो ।
पोखरा जेसीजका निवर्तमान अध्यक्ष जेसी शिवप्रसाद कोइरालाको अध्यक्षतामा सम्पन्न समापन समारोहका अन्य अतिथिहरुमा पोखरा जेसीजका पूर्व अध्यक्ष तीलकराम पौडेल, सिनेटर विष्णुवहादुर थापा, जेसी छवि सुवेदी, पोखरा लेडी जेसीजका अध्यक्ष सन्तु पौडेल मुख्य प्रायोजकका प्रवन्ध निर्देशक अनिल लामिछाने लगायतको उपस्थिति थियो ।
मानव सेवालाई मूलमन्त्र मान्ने पोखरा जेसीजले कार्यक्रमबाट वचत रकम पोखरा छोरेपाटनस्थित मानव सेवा आश्रममका असहाय, वृद्धवृद्धाहरुलाइ खाजा खुवाई सहयोग प्रदान गरेको जेसीज सप्ताहन्त कार्यक्रमका मूल संयोजक जेसी देवराज शर्माले बताए।
वर्ष २०१८ को जेसीज सप्ताहन्त कार्यक्रमका मूल संयोजक तथा पोखरा जेसीजका कार्यकारीणी उपाध्यक्ष जेसी देवराज शर्माले कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सहयोगी संस्थाहरुप्रति धन्यवाद व्यक्त गरेका थिए। संयोजक सुमन पहारीले स्वागत र महासचिव जेसी गणेश गिरीले कार्यक्रम सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
५ सचिवको सरुवा
मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट, समृद्धिका लागि सहकार्यमा जाेड
वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
hero news full width
मुख्य समाचार
संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
जेठ ११, २०७९चुनावको जात्रा, मकैको व्यापार
जेठ ११, २०७९बजेट अधिवेशन आजदेखि
जेठ ११, २०७९पोखराको पन्ध्राैं मेयर धनराज आचार्य, ६ हजार मतान्तर
जेठ ११, २०७९पोखराको स्थगित मतगणना फेरि सुरु
जेठ १०, २०७९