पोखरा , १६ वैशाख ।पोखरा लेखनाथ महानगरपालिका-१४, मझेरीपाटनस्थित सहिद स्मृति आवासीय माध्यामिक विद्यालयको आठौ बाषिर्कोत्सव सम्पन्न भएको छ ।
विद्यालयको आइतबार एक कार्यक्रमबीच आठौं बाषिर्कोत्सव एवं पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हो ।
प्रमुख अतिथि एवं प्रदेश नं ४ का आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले प्रदेशनं ४ कै नमूना विद्यालय सहिद स्मृति आवासीय विद्यालय भएको बताए । उनले रिजल्ट शत प्रतिशत निकाल्नु र विद्यालयमै गाई, बंगुर, तरकारी खेती गर्नु एक नमूना विद्यालय कहलाएको बताए ।
सहिदका परिवार राम्रो शिक्षा आर्जन गर्नबाट बञ्चित हुन नपरोस भनेर २०६६ सालमा स्थापना भएको विद्यालयले सहिद परिवारलाई ठूलो राहत मिलेको मन्त्री चुमानले बताए ।
विद्यालय ब्यबस्थापन समितिका अध्यक्षसमेत रहेका प्रतिनिसभाका सदस्य हरि अधिकारी ‘कुमार’ले विद्यार्थीले गरेको प्रगतिबाट आफूहरु खुशी भएको बताए । पर्ढाईसँगै खेलकुदको क्षेत्रमा पनि यस विद्यालयका विद्यार्थी अब्बल रहेको अधिकारीको भनाई थियो ।
विद्यालयका प्रधानाध्यापक मोना गिरीले विद्यालयको बाषिर्क प्रतिवेदन प्रस्तुत गरेकी थिइन्। कार्यक्रममा शिक्षक गीता घिमिरेले स्वागत गरेकी थिइन् । विद्यार्थीहरुले नृत्यसँगै विभिन्न खेलकुदकला समेत प्रस्तुत गरेका थिए ।
Related News
सम्बन्धित समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
राष्ट्रपति पौडेललाई सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको बधाई
राष्ट्रपतिलाई प्रजातान्त्रिक विकास समाजले दियो बधाई
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
न्यायिक समितिबीच अनुभव साटासाट
hero news full width
मुख्य समाचार
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९