पोखरा, १६ वैशाख । पोखरा जेसीजले सामुदायिक विकास क्षेत्रअन्तर्गत जेसीज विकइण्ड-२०१८ को दोस्रो दिन निर्मलपोखरीस्थित जनजागृति आधारभूत विद्यालयमा स्वास्थ्य शिविर तथा दन्त परीक्षण कार्यक्रम गरेको छ।
पोखरा हस्पिटल एण्ड रिर्र्सच सेन्टरको र डर्क्र्टस डेन्टल एण्ड इम्प्लान्ट सेन्टरको प्राविधिक सहयोगमा सञ्चालित सो शिविरमा झन्डै ४ सय जना बिरामीले विशेषज्ञ डाक्टरबाट आफ्नै घर आँगनमा निःशुल्क स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिएको जेसीज सप्ताहन्त कार्यक्रमका मूल संयोजक देवराज शर्माले बताए।
प्रमुख अतिथि वडाध्यक्ष खगराज आचार्यले जनतालाई सरकारले अब यसैगरी सबै सेवा सुविधा प्रदान गर्न आफू लागिपर्ने बताए ।
पोखरा हस्पिटलका वरिष्ठ फिजिसियन डा र डर्क्र्टस डेन्टलका वरिष्ठ डेन्टिस्टद्वारा प्रमुख अतिथिको स्वास्थ्य र दाँत परीक्षण गरी कार्यक्रम शुभारम्भ गरिएको थियो।
विशेषज्ञ डाक्टरसहितको ३५ जना भन्दा बढी प्राविधिक टोलीबाट पेट, छाती, नशा, छाला, महिला, बालबालिका, हाडजोर्र्नी, क्षयरोग, उच्च रक्तचाप, मधुमेह दन्तरोग लगायत विभिन्न रोगको परीक्षण गरिएको हो ।
पोखरा जेसीजका निवर्तमान अध्यक्ष शिवप्रसाद कोइरालाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य सीतादेवी विक, जनजागृति आधारभूत विद्यालयका अध्यक्ष तथा शिवालय टोल विकास संस्थाका अध्यक्ष भोजराज पौडेल, विद्यालय प्रअ किरणचक्र भट्टराई, निर्मलपोखरी स्वास्थ्य चौकीका प्रमुख प्रताप पौडेल लागायत रहेका थिए।
जेसीज सप्ताहन्त कार्यक्रमका मूल संयोजक तथा पोखरा जेसीजका उपाध्यक्ष देवराज शर्माले कार्यक्रममाथि प्रकाश पारेका थिए भने सञ्चालन महासचिव गणेश गिरीले गरेका थिए । कार्यक्रममा स्वागत शिविर कार्यक्रम संयोजक विवेक पोख्रेल र धन्यवाद मन्तव्य भाइराज रानामगरले गरेका थिए।
त्रिदिवसीय कार्यक्रमको पहिलो दिन पोखरा लेखनाथ महानगरपालिकाका वडाध्यक्ष र कार्यपालिका सदस्यलाई संसदीय सभा प्रणाली तथा प्रभावकारी बैठक सञ्चालन तालिम गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
प्रतिष्ठानमा प्रशिक्षक प्रशिक्षण
अरुणा लामा–तारादेवीको स्मृतिमा साँझ
इञ्जिन ब्लेड फेदर यती एयर दुर्घटनाको कारण
स्थापना दिवसमा प्रेस चौतारीद्वारा स्टेसनरी वितरण
पोखरा म्याराथन : हस्तलिखित नम्बरदेखि चिपसम्म
hero news full width
मुख्य समाचार
‘जहाँ ढुंगा ढुंगामा देवताको बास छ’
राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको शपथ
माघ २४, २०७९महानगरले सुरु गर्यो सशुल्क पार्किङ
माघ २४, २०७९६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
माघ २३, २०७९पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
माघ २३, २०७९प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
माघ २२, २०७९