वाइवाइको पुरस्कार वितरण

आदर्श समाज सम्वाददाता
वैशाख १७, २०७५

पोखरा, १६ वैशाख। पोखरामा चौधरी ग्रुपको उत्पादन वाइवाइ चाउचाउको पुरस्कार वितरण गरिएको छ । गण्डकी क्षेत्रका करिब ३ सय जना व्यवसायीको उपस्थितिमा भएको लक्की ड्रमा नेत्र किराना नदीपुरलाई प्रथम पुरस्कार ४३ इन्चको सिजी टिभी उपहार परेको छ।

व्यवसायीलाई सय कार्टुन वाइवाइ चाउचाउ खरिदमा एउटा पहेँलो कुपन र पाँच सय कार्टुन चाउचाउ खरिदमा एउटा हरियो कुपन बोनस प्रदान गरिएको थियो। उक्त कुपनमध्ये लक्की ड्र गरी पुरस्कार वितरण गरिएको चौधरी ग्रुपका सिनियर म्यानेजर मिलन राणाले जानकारी दिए।

मुस्कान स्टोर्स र मीनबहादुर शेरचन स्टोर्सले द्वितीय पुरस्कारअन्तर्गत ३२ इन्चको सिजी टिभी उपहार हात पारेका छन्।

तृतीय पुरस्कार सामसुङ ग्यालेक्सी मोबाइल शिवशक्ति किराना स्टोर्स, तिवारी स्टोर्स र गौतम सपिङलाई परेको छ।

पहेँलो कुपनबाट सान्त्वना पुरस्कारअन्तर्गत २० जनालाई कोरियन ब्लाङकेट उपहार प्रदान गरिएको छ। हरियो कुपनबाट समेत १० जना व्यवसायीलाई उपहार प्रदान गरिएको राणाले जानकारी दिए।

वाइवाइ चाउचाउका वरिष्ठ महाप्रबन्धक एके दुवेदी लगायतले पुरस्कार वितरण गरेका हुन्।

Related News

सम्बन्धित समाचार

  • खाद्य लिमिटेडको बिक्री केन्द्र विस्तार

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    पोखरा, १० चैत । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गण्डकी प्रदेश कार्यालय पोखराले बिक्री केन्द्र विस्तार गरेको छ ।…
  • पोखरामा न्युरोडमा पाल्पा हाउस उद्घाटन

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    पोखरा । पोखराको न्युरोडमा स्थापित पाल्पा हाउसको औपचारिक उद्घाटन गरिएको छ । शुक्रबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र तानसेन नगरपालिकाका…
  • सिटी रेवान अध्यक्षमा दीपक तिमिल्सिना

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    पोखरा । पोखरा नगर रेष्टुरेन्ट तथा बार एसोसिएसन (सिटी रेवान) पोखराको अध्यक्षमा दीपक तिमिल्सिना सर्वसम्मत निर्वाचित भएका छन् । संस्थाको…
  • पोखरामा खुल्यो होटल पौवा

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०७९
    पोखरा । होटल पौवा प्रालिले पोखराको लेकसाइडमा होटल पौवाको ११ औं शाखा बिस्तार गरेको छ । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’…
  • होटल पौवाको ११ औं शाखा पोखरामा

    आदर्श समाज सम्वाददाता चैत्र ८, २०७९
    पोखरा । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ मन्त्रका साथ नेपाली हस्पिटालिटी सहित पहिलो सेवा प्रारम्भ गरेको होटल पौवा प्रालिले पोखराको लेकसाइडमा…

hero news full width