एमाले-माओवादी एकता जटिल बन्दै   

आदर्श समाज सम्वाददाता
वैशाख १६, २०७५

काठमाडौं, १५ वैशाख। एकताको लागि विवादित विषयमा सहमति गर्ने जिम्मा भएको शीर्ष नेतृत्वले पनि सहमति जुटाउन नसकेपछि एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रिया जटिल बन्दै गएको छ। उच्चस्तरीय कार्यदल तहमा सहमति हुन नसकेपछि सहमतिको जिम्मा दुवै दलका अध्यक्षलाई दिइएको थियो।

एकताका लागि जनयुद्धलाई हेर्ने दृष्टिकोण, केन्द्रीय समितिमा समायोजनको प्रतिशत, चुनाव चिन्ह लगायतमा विवाद कायम छ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच शुक्रबार र शनिबार लगातार छलफल भए पनि कुनै निष्कर्ष निस्कन सकेन।

दुवै नेताबीच शनिबार बिहान पनि करिब २ घण्टा लामो वार्ता भएको थियो। श्रोतका अनुसार शनिबार त एकताको विषयमा कुनै कुराकानी समेत नगरी वार्ता टुंगिएको छ।

गृहमन्त्री रामबहादुर थापा समेतको उपस्थितिमा प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्ता सुरक्षा व्यवस्थापनका विषयमा मात्र केन्द्रित भएको जनाइएको छ।

शुक्रबार साँझ पनि एकतालाई टुंगाउन छलफल गरेका ओली र दाहालबीचको वार्ता बिनानिष्कर्ष टुंगिएपछि शनिबार बिहान वार्ता गर्ने सहमति भएको थियो।

वार्तामा प्रदेशहरुमा सुरक्षा निकायहरुको व्यवस्थापन कसरी गर्ने भन्ने सम्बन्धमा ओली, दाहाल र थापाबीच कुराकानी भएको स्रोतले बतायो। शुक्रबारको वार्ता एकतामा सबैभन्दा जटिल विषय बनेको केन्द्रीय कमिटीको घोषणासहित पार्टीएकतामा केन्द्रित थियो। दाहालको केन्द्रीय कमिटीमा बराबरी स्थानको दावी र ओलीको बराबरी स्थान दिन नसक्ने जवाफका कारण मिल्न सकेको छैन। शीर्ष तहमा सहमति जुट्न नसक्दा एकता घोषणा कहिले हुने भन्नेमा अन्योलता बढ्दै गएको छ।

यसैबीच, नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रतिशतको आधारमा एमाले र माओवादीबीच पार्टीएकता नहुने बताएका छन्। पार्टीको आन्तरिक कार्यक्रममा भाग लिन गोरखा पुगेका नेता श्रेष्ठले पत्रकार सम्मेलनमा बोल्दै सम्माजनक तवरले समानताको नीति अनुरुप एकता हुने बताए। प्रतिशतको आधारमा पार्टीएकता नहुने र प्रतिशतको विषय बाहिर चर्चाको विषयमात्रै भएको उनको भनाई थियो।

एकीकृत भएपछि ६० प्रतिशत जनताको प्रतिनिधित्व गर्ने पार्टीहुने भएकाले नेता कार्यकर्ताको व्यवस्थापनमा केही समस्या देखिए पनि जटिल भने नरहेको उनको भनाइ छ।

वैचारिक लाइन फरक रहेको दुर्इ ठूला पार्टीको एकीकरण सहज नभए पनि इतिहासको आवश्यकता र जनताको चाहना मुताविक पार्टीएकता गर्न लागेको उनले दाबी गरे।

दुर्इ अध्यक्षबीच छलफल पछि बस्ने पार्टीएकता संयोजन समितिको बैठकले पार्टीएकता घोषणाको मिति तय गर्ने श्रेष्ठले जानकारी दिए।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width