शुक्लागण्डकी महायज्ञमा दानको ओइरो

पाँचौ दिनसम्म ७१ लाख बढी संकलन

आदर्श समाज सम्वाददाता
वैशाख १६, २०७५
hemja photo (5)

हेमजा, १५ वैशाख। घाचोकस्थित शुक्लागण्डकी माविमा जारी विराट शैक्षिक श्रीमद्भागवत धनधान्याचल महायज्ञको पाँचौ दिन शनिवार दानको ओइरो लागेको छ। अन्य दिनको तुलनामा महायज्ञमा भक्तजनको समेत बाक्लो उपस्थिति थियो ।

शनिवार मात्रै २९ लाख ५५ हजार ५ सय ५ रुपैयाँ दान संकलन भएको छ। जसअनुसार सबैभन्दा बढी घाचोक निवासी लक्ष्मीप्रसाद तथा थानकुमारी पोखरेलको परिवारबाट तुलादान समेत गरी २ लाख २७ हजार ३ सय ११ दान भयो ।

यसरी महायज्ञमा हालसम्म ७१ लाख १२ हजार २ सय ८४ दान रकम संकलन भएको महायज्ञका महासचिव मौसम कार्कीले जानकारी दिए।

शनिवार माछापुच्छे्र १, हाल पोखरा ८ निवासी भीमबहादुर गुरुङको परिवारबाट १ लाख ५१ हजार १ सय ११, घाचोक निवासी गोविन्दप्रसाद पोखरेलबाट १ लाख ५१ हजार १ सय ५, तुलसी पौडेलबाट १ लाख ११ हजार १ सय ११, चन्द्रबहादुर भुजेलबाट १ लाख ११ हजार १ सय ११, शिवराम लम्सालबाट १ लाख १ हजार १ सय ११, घाचोक गाविसका भूपू अध्यक्ष विश्वेश्वरप्रसाद लम्सालबाट १ लाख १ सय ११ दान सहयोग प्राप्त भएको छ।

त्यसैगरी घाचोक हाल अमेरिका निवासी हितमान गुरुङबाट १ लाख, टेकबहादुर गुरुङबाट १ लाख, प्रेमबहादुर पुनबाट ६४ हजार, घाचोक निवासी मीनराज लम्सालबाट ५७ हजार ७ सय, मोहनराज पौडेलबाट ५५ हजार ५ सय ५५, मोतीलाल पोखरेलबाट ५५ हजार ५ सय ५५, छली तथा टीकाराम लम्सालबाट ५५ हजार ५ सय ५५, टीकाराम तथा तुलसी दाहालबाट ५५ हजार ५ सय ५५, प्रेमलाल पोखरेलबाट ५५ हजार १ सय ५५, भीमाकर सुवेदीबाट ५१ हजार ५ सय १५ रुपैयाँ दान गरियो ।

यस्तै लाहाचोकका खुशीमान गुरुङबाट ५१ हजार १ सय ११, घाचोककी मैना लम्सालबाट ५१ हजार १ सय ५, टुकबहादुर परिवारबाट ५१ हजार १ सय, ढाकामोहन पोखरेल (विश्वमोहन) बाट ५० हजार ५ सय ५, घाचोक निवासी जगन्नाथ लम्साल हाल अमेरिकाबाट ५० हजार, सन्तोष केसीबाट ५० हजार, कृष्ण भण्डारीबाट ५० हजार, २०५७ र ०५८ एसएलसी व्याचका भूपू विद्यार्थीबाट संयुक्त २८ हजार ६०, भुर्जुङखोलाकी भेषकुमारी आचार्यबाट २५ हजार ५ सय २५, पोखरा १९ का चेतनाथ गौतम तथा रेखा लम्सालबाट २५ हजार, पूर्व सांसद शारदा पौडेलबाट २५ हजार, नेपाली काँग्रेस कास्कीले २५ हजार दान गरिएको छ ।

त्यस्तै क्रियाशील आमा समूह धौलाकोटे भाइसमाजबाट २१ हजार १ सय २१, मिलिजुली आमा समूहबाट २१ हजार १ सय १५, गैरे समाजबाट २१ हजार १ सय ५, घाचोक हाल पोखरा निवासी बुद्घबिहादुर गुरुङबाट २१ हजार, रुपाकुमारी हमालबाट २० हजार १ सय ५, स्व छविलाल पौडेलका छोरा विश्वराजबाट २० हजार १ सय ५ तथा सम्झना गुरुङ हाल अमेरिकाले २० हजार महायज्ञमा शनिवार दान गरे।

अन्य विभिन्न व्यक्ति एवं संघसंस्थाले पनि गक्ष अनुसार दान गरेको मुल आयोजक समितिका कोषाध्यक्ष अर्जुनप्रसाद पोखरेलले जानकारी दिए। शनिबार महायज्ञमा बोल्दै पूर्व सांसद शारदा पौडेलले यज्ञबाट आफ्नै घरको रोटोपिठो खाई घरआँगनमा प्राविधिक शिक्षा सिक्ने माछापुच्छे्र गाउँपालिकावासीको चाहना चाँडै पूरा हुने औँल्याउदै समग्र गाउँपालिकावासीले तन, मन, धन दिएर यज्ञ सफल बनाउनुपर्ने बताइन् । युवा पण्डित कमलनयन गौतमले धर्म स्वतःस्फूर्त धारण गर्ने वस्तु भएकाले कुनै लोभ, प्रलोभनमा परेर धर्म परिवर्तन गर्न खोज्नु निन्दनीय हुने उल्लेख गरे। उनले धनको अहंकारले मुक्ति नभइने स्पष्ट पार्दै दानीलाई कहिल्यै हानी नहुने चर्चा गरे। महायज्ञमा हालसम्ममा सबैभन्दा बढी रकम दान गर्ने वयोवृद्घ एवं विद्यालयका भूतू प्रअ हरिदत्त पोखरेलले प्राविधिक शिक्षाका लागि धेरै वर्षको पहलपछि यतिबेला महायज्ञ गरिएको भन्दै सबैलाई यज्ञमा खुलेर सहयोग गर्न आग्रह गरे। उनले परिआए विद्यालयलाई अझै सहयोग गर्न तयार रहेको बताए।

विद्यालय प्रअ एवं महायज्ञ मूल आयोजक समिति महासचिव शान्तिरमण पोखरेलले विशुद्घ प्राविधिक शिक्षालयको संकल्प स्वरुप यज्ञ गरिएको स्पष्ट पार्दै संकलित रकम प्राविधिक शिक्षालयको बीउ पँुजीका रुपमा खडा गरिने बताए। महायज्ञ सञ्चालन र जनसहभागिताले उक्त पवित्र संकल्पलाई घाचोकवासीले अनुमोदन गरेको उनको ठहर छ। महायज्ञ मंगलवारसम्म चल्नेछ ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width