हेमजा, १५ बैशाख। ए एण्ड बी इन्टरनेशनल हस्पिटल पोखरा -साविक एबी केयर) तथा सामुदायिक सेवा तथा सामुदायिक प्रहरी सेवा केन्द्र पोखरा-२५, हेमजाको संयुक्त आयोजनामा हेमजामा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ।
शिविरमा हाडजोर्नी तथा नशा, मधुमेह, थाइराइड, उच्च रक्तचाप, प्यारालाइसिस, पेट, छाती तथा मुटुरोग एवं प्रसूति र स्त्री रोगको परीक्षण गरिएको थियो।
उक्त शिविरबाट ५ सय २४ जनाले सेवा लिएका छन्। जसअनुसार २ सय ५० जनाको हाडजोर्नी तथा नशा, १ सय ७५ जनाको फिजिसियन र ९९ जनाको प्रसूति तथा स्त्री रोगको परीक्षण गरिएको ए एण्ड बी इन्टरनेशनल हस्पिटल प्रबन्ध निर्देशक ऋषि खतिवडाले जानकारी दिए।
सो स्वास्थ्य परीक्षण शिविर हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा रविमोहन ढकालको नेतृत्वमा भएको हो। जसमा ५ जना चिकित्सकसहित २३ जना स्वास्थ्यकर्मी सहभागी थिए। हेमजाकी जेष्ठ नागरिक देवु बास्तोलाको छाती जाँच गरी शिविरको शुभारम्भ गरिएको हो।
कार्यक्रम सामुदायिक सेवा तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेमजाकी अध्यक्ष विष्णु बास्तोलाको अध्यक्षतामा सम्पन्न भएको हो।
Related News
सम्बन्धित समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
राष्ट्रपति पौडेललाई सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको बधाई
राष्ट्रपतिलाई प्रजातान्त्रिक विकास समाजले दियो बधाई
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
न्यायिक समितिबीच अनुभव साटासाट
hero news full width
मुख्य समाचार
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९