पोखरा, १५ वैशाख । बिचारी चौतारा पोखरा विकास समाजको आयोजना र रिजनल हस्पिटलको प्राविधिक सहयोगमा स्याङ्जाको आँधीखोला गाउँपालिका वडा ३ राष्ट्र मावि परिसरमा शनिवार बृहत् स्वास्थ्य शिविर सम्पन्न भयो।
प्रमुख अतिथि रिजनल हस्पिटलका अध्यक्ष तथा वरिष्ठ माइक्रोवायोलोजिष्ट जगतबहादुर खड्कालेे बिचारी चौताराका बिरामी सेवा लिन आए हस्पिटलले गरीब असहाय बिरामीलाई निःशुल्क उपचार गर्ने र अन्य बिरामीलाई विशेष छुट सहित उपचार गराउने प्रतिबद्धता व्यक्त गरे।कार्यक्रममा आँधीखोला गाउँपालिकाका उपप्रमुख शर्मिला पौडेल, रिजनल हस्पिटलका वरिष्ठ फिजिसियन डा मनोज कोइराला, वरिष्ठ हार्डजोर्नी डा दिनेशकुमार विक, प्रसूति रोग विशेषज्ञ डा तारा गुरुङ, फिजिसियन रामकृष्ण गिरी, रिजनल कलेज अफ हेल्थ साइन्स एण्ड टेक्नोलोजीका निर्देशक चन्द्रकान्त पौडेल, आँधीखोला ३ का वडाध्यक्ष विष्णुबहादुर खत्री र रिजनल हस्पिटलका आजीवन सदस्य तथा विचारी चौतारा पोखरा विकास समाजका आजीवन सदस्य जितेन्द्र पौडेल, बिचारी चौतारा पोखरा विकासका अध्यक्ष आत्माराम पौडेल, सचिव माधव क्षेत्री लगायतले बोलेका थिए।शिविरमा पेट, छाती तथा मुटुरोग, हाडजोर्नी तथा नशा रोग, महिला तथा प्रसूति रोगका ४ सय जना बिरामीले सेवा लिए।
Related News
सम्बन्धित समाचार
गणतन्त्र दिवस ३ दिन मनाइने
भारतीय प्रधानमन्त्री मोदी भोलि नेपाल भ्रमणमा आउँदै
स्याङ्जा जिप दुर्घटनामा परिवारका सदस्य गुमाएका अर्जुन भन्छन्, ‘नसोचेको भयो’
विश्व गधा दिवस मनाइँदै, लोप हुने अवस्थामा गधा
स्वास्थ्य संस्थामा पनि दुई दिन बिदा
hero news full width
मुख्य समाचार
पोखराको मेयर र उपमेयरमा गठबन्धनको अग्रता कायमै
गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
जेठ ६, २०७९पोखराको मतगणना : उम्मेदवारै नभएकोलाई भोट, कतै १ मत
जेठ ६, २०७९नगर प्रमुखमा ५ र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित
जेठ ५, २०७९गण्डकीको बजेट अधिवेशन जेठ ११ देखि
जेठ ५, २०७९पोखरा महानगरमा मतान्तर बढाउँदै धनराज
जेठ ५, २०७९