पोखरा, १५ वैशाख। नयाँ वर्ष २०७५ अवसरमा पोखरा लेखनाथ महानगरपालिका वडा १३ स्थित युवा टोल सुधार समिति कुँडहरले शनिवार रक्तदान कार्यक्रम गरेको छ।
‘समाज विकासमा युवाको भुमिका’ भन्ने मूलनाराका साथ आयोजित कार्यक्रममा ६२ जनाले रक्तदान गरेका थिए।
वडा प्रहरी कार्यालय रामबजारका प्रहरी निरीक्षक दीपकबहादुर केसीले पहिलो रक्तदाता हेमन्त श्रेष्ठलाई ब्लडब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेका थिए।
कार्यक्रममा उनले रक्तदान गरिएको रगतले मानिसलाई बचाउन सक्ने भन्दै कार्यक्रमको प्रशंसा गरे।
संस्थाका सल्लाहकार नारायण गुरुङले सामाजिक क्षेत्रको विकासमा क्रियाशील बनेका युवालाई साथ र सहयोग गर्नुपर्नेमा जोड दिए।
त्यस अवसरमा संस्थापक अध्यक्ष रामकुमार राई, अरण्यज्योति पुस्तकालयका अध्यक्ष राजेन्द्र भण्डारी, समाजसेवी विश्व श्रेष्ठ, आदर्श समाज दैनिकका कार्यकारी सम्पादक नवीन सिग्देल लगायतले बोलेका थिए।
युवा टोल सुधार समिति कुँडहरका अध्यक्ष विकास श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम सचिव सुरज भण्डारीले सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
ढिकुरपोखरीमा तीजमेला हुने
फोनिज गण्डकीलाई फुटसल उपाधि
जातीय भेदभावविरुद्ध प्रशिक्षण
‘अनुशासित र सभ्य समाज निर्माणमा महानगरको साथ’
रेडक्रसमार्फत विपद् जोखिम न्यूनीकरण प्रविधि हस्तान्तरण
hero news full width
मुख्य समाचार
विमानस्थल संचालन नयाँ वर्षमै : पर्यटमन्त्री श्रेष्ठ
टुक्रे योजनाले काम दिगो भएन
श्रावण २६, २०७९स्याङ्जामा कर्मचारीको धर्ना
श्रावण २६, २०७९संघीयताको पहिचान नै प्रदेश संरचना : मुख्यमन्त्री पोखरेल
श्रावण २५, २०७९संघ तथा प्रदेश चुनाव :असोज २३ उम्मेदवारी दर्ता
श्रावण २५, २०७९पोखरामा मनाइयो विश्व आदिवासी दिवस
श्रावण २५, २०७९