पोखरा, १५ वैशाख। नेपाल नेत्रहीन विद्यार्थी फाउन्डेसन -एफएनबिएस) को पोखरामा तेस्रो साधारण सभा सम्पन्न भएको छ।
गोरखा र कास्कीमा गरी ५ वटा नेत्रहीन शाखाका करिब १ सय जना नेत्रहीन विद्यार्थीको हकहितमा कार्यक्रम गर्दै आएको संस्थाले विद्यार्थीलाई आत्मनिर्भर बनाउने लक्ष्य रहेको संस्थाका प्रोग्राम कोर्र्डिनेटर तथा सदस्य सचिव शिवलाल धितालले जानकारी दिए।
धितालले गण्डकी आवासीय माविमा २९ वर्षको सेवापछि सहयोगी संस्था स्थापना गर्न आफू अभिप्रित भएको उल्लेख गरे।
उनले आवश्यकता अनुसार नेत्रहीन विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने, उपचार हुन सक्ने नेत्रहीन विद्यार्थीका आँखाको उपचार गराउने, विश्वमा हालै आविष्कार हुँदै गएका नेत्रहीन विद्यार्थीको पढाइलाई अर्थपूर्ण र प्रभावकारी बनाउन उपयोगी इलेक्ट्रोनिक्स डिभाइस उपलब्ध गराउने संस्थाको योजना रहेको सुनाए। नेत्रहीन शाखा रहेका गोरखा र पोखराको विद्यालयमा कार्यरत शिक्षकलाई शिक्षण ओरियन्टेसन कार्यक्रम सञ्चालन गर्दै आएको संस्थाले जानकारी दिएको छ।
प्रमुख अतिथि महिला सशक्तिकरण नेपालकी कार्यकारी निर्देशक लक्की क्षेत्री कार्कीले फाउन्डेसनको योजना तथा नीति अत्यन्त पवित्र र मानवीय सेवा भावको रहेकाले उपयोगी हुने बताइन्। उनले आफ्नातर्फबाट सहयोग गर्ने वचन समेत दिइन्।
पोखरा उद्योग वाणिज्य संघकी उपाध्यक्ष तथा फाउनडेसनकी सदस्य विन्दु कोइराला सुवेदीले संस्थाको उद्देश्य अनुरूप चल्ने दाबी गर्दै सबैको हातेमालो आवश्यक भएको औँल्याइन्।
साधारण सभामा फेरिल्यन्ड मन्टेश्वरीका प्राचार्य शशिकला धिताल कोइरालाले संस्थाको प्रगतिको कामना गर्दै आफ्नोतर्फबाट हुन सक्ने सहयोग सधैँ रहने जनाइन्।
संस्थाका अध्यक्ष सूर्य क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा कर्माफ्लाइटस् पोखराको कन्ट्री डाइरेक्टर प्रेमबहादुर कुँवरले संस्थाको आवश्यकता बताउँदै सहकार्य गर्न इच्छुक रहेको धारणा राखे।
संस्थाका अध्यक्ष सूर्य क्षेत्रीले संस्थालाई सहयोग गर्ने स्वदेशी तथा विदेशी दातालाई धन्यवाद दिए।
कार्यक्रममा नव वर्ष २०७५ शुभकामना आदानप्रदान समेत गरिएको थियो।
Related News
सम्बन्धित समाचार
हिमालय आँखा अस्पताललाई जापानको सहयोग
‘जहाँ ढुंगा ढुंगामा देवताको बास छ’
समता स्कुल पर्वतमा अक्षयकोष
६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
राष्ट्रियसभा उपाध्यक्षमा उर्मिलाको उम्मेदवारी
hero news full width
मुख्य समाचार
३४ वटा ऐन संशोधन गर्दै गण्डकी सरकार
कांग्रेस नेता घलेको निधन
माघ २४, २०७९चिकित्सक संघमा लोकतान्त्रिक समूहको वर्चश्व
माघ २४, २०७९राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको शपथ
माघ २४, २०७९इञ्जिन ब्लेड फेदर यती एयर दुर्घटनाको कारण
माघ २४, २०७९पोखरा म्याराथन : हस्तलिखित नम्बरदेखि चिपसम्म
माघ २४, २०७९