हेमजा, ११ वैशाख। कास्कीको माछापुच्छ्र्रे गाउँपालिका-३, घाचोकस्थित शुक्लागण्डकी माविमा मंगलबारदेखि विराट शैक्षिक श्रीमद्भागवत धनधान्याञ्चल महायज्ञ शुरु भएको छ। विद्यालयले प्राविधिक शिक्षालयको पूर्वाधार निर्माण गर्ने उद्देश्यले महायज्ञ आयोजना गरेको हो।
महायज्ञ उद्घाटन गर्दै प्रमुख अतिथि मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङले प्राविधिक शिक्षा सञ्चालन गर्ने विद्यालयको उद्देश्यमा प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताए। उनले देशलाई चाहिने दक्ष प्राविधिक जनशक्ति उत्पादनतर्फ लाग्नुपर्नेमा जोड दिए ।
उनले प्रदेश सरकारले आगामी असार १ गते ३० देखि ४० अर्ब बराबर बजेट ल्याउने तयार गरेको पनि जानकारी दिए। उनले प्रदेशको गरिबी निवारणका निम्ति होमस्टेको अवधारण विस्तार गर्न लागेको र पाँच वर्षभित्र प्रदेशका तीन सय गाउँमा होमस्टे सञ्चालनको तयारी गरेको बताए। यस्तै पाँच वर्षभित्र प्रदेशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने उनको उद्घोष थियो। पोखरादेखि माछापुच्छे्र गाउँपालिकाको केन्द्र जोड्न सडक स्तरोन्नतिमा प्रदेश सरकारको यथोचित सहयोग रहने उनको भनाइ छ।
महायज्ञका प्रमुख वाचक भागवत्भाष्कर युवापण्डित कमलनयन गौतमले यज्ञलाई भगवान्को प्रतीकसँग तुलना गर्दै यज्ञमा गरिएको दानको ठूलो महत्व रहने चर्चा गरे। उनले महायज्ञको पवित्र उद्देश्यमा साथ दिन आग्रह गरे।
माछापुच्छ्र्रे गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले प्राविधिक शिक्षाको महत्व दिनानुदिन बढ्दै गएको जनाए। उनले पोखरासँग गाउँपालिका जोड्ने सडकको स्तरोन्नतिमा पहल गरिदिन मुख्यमन्त्रीसँग आग्रह गरे।
गाउँ शिक्षा अधिकारी लोकनाथ आचार्यले प्राविधिक शिक्षाले स्वरोजगार सिर्जना गर्ने बताए ।
विद्यालयका प्रधानाध्यापक शान्तिरमण पोखरेलले कक्षा ९ देखि १२ सम्म प्राविधिक शिक्षा प्रदान गर्ने योजना रहेको बताए ।
मंगलवार कुल ७ लाख १४ हजार ९३ रकम संकलन भएको छ। जसमा घाचोकका इन्द्रबहादुर गुरुङको परिवारबाट २ लाख १ सय ११, अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापन समिति घाचोकबाट १ लाख ५१ हजार १ सय ५१, घाचोकका हरिश्चन्द्र लम्सालबाट १ लाख ११ हजार १ सय ११, सांसद सूर्यबहादुर केसीबाट १ लाख ११ हजार १ सय ११, घाचोक घर भै हाल काठमाडौं निवासी रामप्रसाद गुरुङबाट १ लाख १ सय ११ सहयोग प्राप्त भएको यज्ञका प्रचारप्रसार संयोजक कृष्ण दवाडीले बताए।
महायज्ञको शुभारम्भ पूर्व सोमवार गाउँपालिकाका ९ वटै वडाहरुमा मोटरसाइकल र्याली तथा माइकिङ गरिएको थियो। मंगलबार बिहान ७ बजेबाट वडाका सम्पूर्ण टोलमा शान्तिकलश सहित शोभायात्रा निकालिएको थियो।
वैशाख १८ गतेसम्म चल्ने उक्त महायज्ञबाट ५ करोड रुपैयाँ संकलन गर्ने आयोजकको लक्ष्य छ।
महायज्ञ मूल आयोजक समितिका संयोजक रविलाल पोखरेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष टेकनशोभा गुरुङले स्वागत र महासचिव मौसम कार्कीले सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
मन्त्री र सचिवलाई कर्मचारीको म्यासेज :निजामती सेवा ऐनको मस्याैदा नै विभेदकारी भयो
दलितले भान्सा छोएपछि खाना फालियो, आरोपित २ पक्राउ, वडाध्यक्षसहित २ जना फरार
स्थानीयद्वारा तालचोक बेगनासताल सडक मर्मत
स्वर्णिमको बहिर्गमनले कांग्रेसमा निम्तिने क्षयीकरण
सरकार फेरिएको फेरियै, द्वन्द्वपीडितको घाउ उस्तै ?
hero news full width
मुख्य समाचार
गोविन्दराज जोशी र विकास कोइरालाको कारवाही फुकुवा
उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता
चैत्र १९, २०७९पोखरा सम्पन्न एसिया ट्राइयाथलन कप बब र मार्गरेटालाई
चैत्र १८, २०७९मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
चैत्र १८, २०७९मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
चैत्र १८, २०७९रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
चैत्र १७, २०७९